प्रतिबन्धित औषधि जफत

प्रतिबन्धित औषधि जफत

झापाको अर्जुनधारा नगरपालिकाको बजार अनुगमन टोलीले आज खुदुनाबारी र आइतबारे बजार क्षेत्र अनुगमनका क्रममा प्रतिबन्धित औषधि जफत गरेको छ । नगरपालिकाका स्वास्थ्य संयोजक एवम् अनुगमन सदस्य मुकुन्द बस्नेतका अनुसार नेपाल औषधि विभागमा दर्ता नभएका मेडासलिक स्किन साइन, इलोसन इएचटीलगायत प्रतिबन्धित औैषधि जफत गरिएको छ । झापाको बिर्तामोड र भद्रपुरमा व्यवसाय गर्दै आएका धर्म साहको पसलबाट उक्त प्रतिबन्धित औषधि फेला परेको हो । अनुगमन टोलीले म्याद गुज्रेका खाद्यवस्तु जफत गरेको छ । नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक कमला खतिवडाको नेतृत्वको टोलीले खुदुनाबारी बजार क्षेत्रका ४२ पसलमा अनुगमन गरेको थियो…

Read More

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नौँ : प्रहरी महानिरीक्षक

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन । पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए ।शान्तिपूर्वक घुम्ने वातावरण निर्माण गर्न पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दी, लफङ्गा र अवाञ्छित गतिविधि नियन्त्रण गर्नेतर्फ सम्पूर्ण प्रहरीलाई सजग हुन उनले निर्देशन दिए । सकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियान सफल पार्न यहाँका व्यवसायी लागेका छन् । यहाँ आउने पर्यटकको सुरक्षा थप मजबुत बनाउन टाँडी प्रहरीलाई सात मोटरसाइकल, १०…

Read More

सङ्घीयताको संस्थागत गर्ने उद्देश्य : मुख्यमन्त्री राउत

सङ्घीयताको संस्थागत गर्ने उद्देश्य : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता संस्थागत गर्ने उद्देश्यमा आफूहरु लागिरहेको बताएका छन । सङ्घीयता संस्थागत नभएसम्म नागरिकले त्यसको अनुभूति गर्न नसक्ने उनको भनाइ छ । सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री राउतले आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्राप्त अधिकारको स्थायित्व, बाँकी अधिकार प्राप्ति र सङ्घीयताको संस्थागत विकास गर्न आफ्नो सरकार केन्द्रित रहेको बताएका हुन । सबैले अधिकार प्राप्त नगरेसम्म सङ्घीयताले पूर्णता नपाउने उनको दाबी छ । संविधानमा रहेको असन्तुष्टिको सम्बोधन गर्न पनि सङ्घर्ष जारी रहेको मुख्यमन्त्री राउतले बताए । प्रदेश दुई सरकारले…

Read More

बीमा ऐनको मस्यौदामा दर्जन भन्दा बढी संसोधनको सुझाव

बीमा ऐनको मस्यौदामा दर्जन भन्दा बढी संसोधनको सुझाव

प्रस्तावित बीमा ऐनको मस्यौदामा बीमा व्यवसायीले एक दर्जन भन्दा बढी संसोधनको आवश्यकता औँल्याएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधी सभाको अर्थ समितिमा बीमा ऐनको मस्यौदामा सुझाव दिन पुगेका बीमा व्यवसायीहरुले बर्सेनी लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था खारेजी, बीमा करार लिखित नै हुनुपर्ने व्यवस्था खारेजी लगायतका एक दर्जन सुझाव दिएका हुन् । बैठकमा व्यवसायी कमलेश कुमार अग्रवालले बीमा करार लिखित नै हुनुपर्ने व्यवस्थाले बीमा क्षेत्रको विकास हुनै नसक्ने बताउनुभयो । अर्का व्यवसायी राजेन्द्र मल्लले बीमा कम्पनीले बर्सेनी लाइसेन्स नविकरण गर्नुपर्ने व्यवस्था खारेज हुनुपर्ने धारणा राख्नुभयो । व्यवसायीहरुले सञ्चालक समितिको भत्ता बीमा प्राधिकरणले…

Read More

सिफारिस राजदुतविरुद्द कुनै उजुरी परेन

सिफारिस राजदुतविरुद्द कुनै उजुरी परेन

संसदीय सुनुवाइ समितिमा सरकारले सिफारिस गरेका चार देशका राजदूतविरुद्ध उजुरी परेका छैनन्। संसदीय सुनुवाइ समितिका उपसचिव केशव अर्यालले अनुसार सरकारले भारतका लागि राजदूत सिफारिस गरेका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यविरुद्ध उजुरी नपरेको जानकारी दिए। उपसचिव अर्यालले राजदूतमा सिफारिस कुनै पनि व्यक्तिविरुद्ध उजुरी नपरेको स्पष्ट पारे। समितिले अब ती सिफारिस गरिएका राजदूतहरूको योग्यता, क्षमता र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाउने तयारी भइरहेको अर्यालले जानकारी दिए। समितिले राजदूतमा सिफारिस भएका व्यक्तिहरूको योग्यता, क्षमता र कार्ययोजनामा चित्त बुझे उनीहरूको…

Read More

भूमि समस्या समाधान गर्न शक्तिशाली आयोग गठन हुँदै

भूमि समस्या समाधान गर्न शक्तिशाली आयोग गठन हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।मोरङ जिल्लाका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गर्दै उहाँले भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्मा अर्याललाई तत्कालै सो क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिए । सो अवसरमा प्रधानमन्त्री ओलीसमक्ष मोरङ जिल्लाका कानेपोखरी, लेटाङ, बेलबारी र पथरीका प्रमुख र उपप्रमुखले विशेष नापी टोली खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका थिए । मोरङका जनप्रतिनिधिले विशेष नापी गरी धनीपूर्जा वितरण गर्न माग गरे । प्रधानमन्त्री ओलीलाई भेट्न सासद घनश्याम खतिवडाको नेतृत्वमा टोली आएको प्रधानमन्त्री ओलीका…

Read More

‘दो फूल’ खाने तेल र ‘डिजे’बाजा प्रतिबन्ध

‘दो फूल’ खाने तेल र ‘डिजे’बाजा प्रतिबन्ध

गौशाला, महोत्तरी जिल्लामा आइतबारदेखि ‘दो फूल’ नामक भारतीय कम्पनीको खाने तेल बिक्री वितरणमा र ठूलो आवाजको ‘डिजे’ बाजा बजाउन प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको उक्त तेल र ठूलो आवाजको डिजे बाजामा आइतबारदेखि प्रतिबन्ध लगाएको हो । उक्त तेलका विषयमा प्रमुख जिल्ला अधिकारीसमक्ष धेरै गुनासो आएकाले तिहारअघि जिल्ला सदरमुकाम जलेश्वरको तीन वटा पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तेलेका तीन वटा नमूना लिएर गुणस्तर जाँचका लागि हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयमा पठाएको थियो…

Read More

यसरी पायो नेकपाको प्रदेश कमिटीले पूर्णता (नामावलीसहित)

यसरी पायो नेकपाको प्रदेश कमिटीले पूर्णता (नामावलीसहित)

सत्तारुढ नेकपाले आफ्ना सात वटै प्रदेशका कमिटीहरुलाई पूर्णता दिँदै प्रदेश कमिटीका सम्पूर्ण सदस्यहरुको नाम सार्वजनिक गरेको छ। महासचिव बिष्णु पौडेलले सोमबार अपरान्ह विज्ञप्ती जारी गरी पूर्णता पाएका सबै प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरेका हुन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सूचीलाई अन्तिम रुप दिएपछि महासचिव पौडेलले नाम सार्वजनिक गरेका हुन्। प्रदेश कमिटीलाई पूर्णता दिने सिलसिलामा पनि पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच भागबण्डा गरिएको छ।

Read More

२५ वर्षीय मुखियाको डुबेर मृत्यु

२५ वर्षीय मुखियाको डुबेर मृत्यु

राजविराज । सप्तरीको डाकनेश्वरी नगरपालिका–३ मा माछा मार्न गएका एक युवकको डुबेर ज्यान गएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न गएका स्थानीय २५ वर्षीय रामबाबु मुखिया मृत भेटिएका हुन् । नहरको पुलमुनि माछा मार्ने क्रममा मुखिया डुबेको प्रहरीको भनाई छ । मुखियाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Read More

सिके राउतको रिहाइका लागि परेको रिट खारेज

सिके राउतको रिहाइका लागि परेको रिट खारेज

सर्वोच्च अदालतले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत ‘चन्द्रकान्त’ राउतको रिहाइका लागि परेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ। राउतलाई गैर न्यायिक हिरासतमा राखेको भन्दै उनका आफन्त डाक्टर जयकान्त राउतले हालेको बन्दीप्रत्यक्षीकरणको रिट सोमबार सर्वोच्चले खारेज गरेको हो। सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले सिकेलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाउन समेत आदेश गरेको हो। राउतविरुद्ध राज्य विरुद्धको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ। सर्वोच्चमा कार्तिक १२ मा परेको रिट निवेदनमा भएको दफाबार छलफल, प्रमाण बुझ्ने र कारण देखाउ आदेशपछि सर्वोच्चले सोमबार रिट निवेदन खारेज गरेको…

Read More