अर्थमन्त्री खतिवडाको राजीनामा माग्दै सेयर लगानीकर्ता आन्दोलित

अर्थमन्त्री खतिवडाको राजीनामा माग्दै सेयर लगानीकर्ता आन्दोलित

सेयर बजारका लगानीकर्ता सम्पत्तिको रक्षाका लागि अनसन बस्ने भएका छन्। सेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गर्दै आइतबारदेखि अनसन बस्ने तयारी गरेका हुन्। ‘अर्थमन्त्रीले विभिन्न समयमा सेयर बजार सम्बन्धी नकारात्मक अभिव्यक्ति दिँदै आएका छन्। अर्थमन्त्रीलाई नकारात्मक अभिव्यक्ति नदिन आग्रह गरेका थियौं’, सेयर लगानीकर्ता दबाब समूहका एक सदस्यले भने, ‘उहाँलाई त्यसको कुनै प्रभाव परेन।’ सेयर बजारका १५ लाख लगानीकर्ताको सम्पत्ति बचाउन रिले अनसनको तयारी भएको उनले बताए। पछिल्ला दिनमा सेयर बजार निरन्तर ओरालो लागेको छ। सेयरको मूल्य  घट्दा लगानीकर्ताले अर्बो घाटा सहनु परेको छ। बैंकको उच्च व्याजदर र…

Read More

‘विवाद कम गर्न कानून मान्नुपर्छ’

‘विवाद कम गर्न कानून मान्नुपर्छ’

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले विवाद न्यूनीकरणका लागि कानूनको पालना गर्नुपर्ने बताएका छन । निर्वाचन आयोगले सप्तरीको राजविराजमा आज आयोजना गरेको निर्वाचन विवाद निरुपण कार्यविधि तर्जुमा परामर्श कार्यशाला गोष्ठीसम्बन्धी कार्यक्रममा प्रमुख आयुक्त यादवले मतदानका बेला मतदान केन्द्रमा मतगणना नगरेका कारण पनि विवाद बढेको भन्दै अबको निर्वाचनमा मतदान केन्द्रमै मतगणना गरेमा कुनै पनि विवाद नहुने जिकिर गरे । उनले मुलुकको धेरै स्थानीय तहमा वडा अध्यक्षको पद खाली रहेको जानकारी दिँदै रिक्त रहेको वडा अध्यक्षको पदबारे सरकार मौन रहेको आरोप लगाए । धेरै ठाउँमा रिक्त रहेको वडा अध्यक्षको पदपूर्ति गर्ने सवालमा…

Read More

लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार गेटबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज खैरो हेरोइनसहित बाह्रदशी गाउँपालिका–७ का हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका–२ का जनक सुन्दासलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा मे५प ३६३५ नंको मोटरसाइकलमा सवार उनीहरुलाई ट्याङ्कीमा प्लास्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४०० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

इपिएलका लागि ‘चियर्स लिडर्स’

इपिएलका लागि ‘चियर्स लिडर्स’

यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग ९इपिएल० टी–२० क्रिकेट प्रतियोगिताका लागि लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले आज एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने छजना चियर्स लिडर्सलाई सार्वजनिक गरको हो । खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आम दर्शकलाई मनोरञ्जन दिनेछन् । आयोजकका अनुसार छ जना चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ । मैदानमा रहने टोलीले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमाञ्चकता थप्नेछन् । चियर्स लिडरले खेलका दौरान चौका, छक्का प्रहार गर्दा र बलरले विकेट लिँदा साङ्गीतिक धुनसहित आकर्षक नृत्यमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।…

Read More

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइनेः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइनेः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको बताएका छन । प्रेस चौतारी र प्रेस सेन्टरद्वारा आज दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “नौ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले लगानी जुटाउन असफल देखिएको छ, लगानी जुटाउन असफल भएकै कारण पटक–पटक म्यादसमेत थपिएको छ, अब पनि जिएमआर कम्पनीले लगानी जुटाउन नसके जिएमआरले छोड्नुपर्छ, कर्णाली प्रदेश सरकारले आफैं निर्माण गर्छ ।” मुख्यमन्त्री शाहीले भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण…

Read More

रेविज रोगबाट ११ चौपायाको मृत्यु

रेविज रोगबाट ११ चौपायाको मृत्यु

सिमकोट गाउँपालिकाका ५ र ६ नम्बर वडामा फैलिएको रेविज रोगबाट ११ चौपायाको मृत्यु भएको छ । दुई सातादेखि फैलिएको उक्त रोगबाट हिजो र आज गरी आठ गधा र तीन चौरीगाईको मृत्यु भएको हो । यहाँस्थित पशुसेवा केन्द्रका सहयोगी जसपाउ राउतले जिल्लामा रेविजको औषधी अभाव रहेकाले दिनप्रतिदिन सो रोग फैलिरहेको बताए ।

Read More

आश्रयगृहबाट ८ नेपाली सहित ९ महिला गायब

आश्रयगृहबाट ८ नेपाली सहित ९ महिला गायब

दिल्लीको यही आश्रयगृहबाट ८ नेपाली सहित ९ जना महिला हराएका हुन्। भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू हराएका छन्। दिल्लीकै दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको छ। ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो। गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए।उनीहरू आफैँ त्यहाबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन। सरकारी आश्रयगृहबाटै…

Read More

कहाँ छ पशुपति क्षेत्र विकास कोष ? शौचालयको दुर्गन्धले मन्दिर पस्नै सकिएन(भिडियोसहित)

कहाँ छ पशुपति क्षेत्र विकास कोष ? शौचालयको दुर्गन्धले मन्दिर पस्नै सकिएन(भिडियोसहित)

दिउँसो २ बजे पशुपतिको दर्शन गर्न पुगेकी एक महिला मन्दिर गेटैमा नाक थुन्दै मन्दिरतर्फ पसिन् । नाक खुम्चाउदैं गेट पस्दै गर्दा अर्की महिलालाई भन्दैथिईन छ्या कस्तो दुर्गन्ध । यो मन्दिर हो कि वधशाला । आमालाई पशुपतिको दर्शन गराउन आएकी रामेछापकी सिर्जना कार्कीलाई गेटै छेऊको शौचालयको गन्धले मन्दिरकै मोहभंग गरिदियो । उत्साहले पवित्र उद्देश्य बोकेर मन्दिर पसेकी सिर्जना आक्रोशित हुँदै भन्दै थिइन् यो त देशकै बेइज्यत भयो । सँगै उनको प्रश्न थियो देश विदेशबाट दैनिक आउने पर्यटक के भन्दा हुन ? यसले गर्दा उनीहरू फेरि फर्केर आउने सम्भावना निकै कम हुन्छ, र…

Read More

साढे १० लाख लिएर नेताबाटै महिला बलात्कृत

साढे १० लाख लिएर नेताबाटै महिला बलात्कृत

राजबिराजमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेताले एक महिलासँग लाखौं रुपैयाँ लिएर बलात्कार गरेको सार्वजनिक भएको छ । जिल्ला कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ का लोखरमका मनोज मेहताले साढे १० लाख लिएको र लजमा लगेर जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । महिलाको जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराज कारागारमा थुनामा रहेका आफ्ना श्रीमानलाई छुटाइदिने प्रलोभनमा पटक पटक गरी साढे १० लाख लिएको र लजमा लिएर बलात्कार गरेको ती महिलाको आरोप छ । विभिन्न ठाउँबाट ऋणसापट लिएर नगदै दिएको पीडितको भनाइ छ । जेलमा परेका श्रीमान छुट्ने आशामा उनले नन्द,…

Read More

जुम्लामा १३ वर्षीया बालिका बलात्कृत

जुम्लामा १३ वर्षीया बालिका बलात्कृत

जुम्लामा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । चन्दननाथ नगरपालिका ८ धरालबाडामा ४८ बर्षीय लक्षिराम रोकायाले बालिकालाई ललाई फकाई बलात्कार गरेको प्र्रहरीले जनाएको छ । राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए। प्रहरीका अनुसार बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर फकाएर बलात्कार गरेका हुन् । बलात्कारको घटना गाउँमै मिलाउने अधिकतम प्रयास भएपनि आफन्तले नमान्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो। बलात्कार गर्ने लक्षिराम प्रहरी नियन्त्रणमा छन्।

Read More