आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ…

आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ…

आलोक यादव । आफ्नै छोरीको हत्या गरेको आरोपमा धनुषामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापडा बस्ने १६ वर्षीय सोनी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले मण्डलकै आमा राज कुमारी मण्डललाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । घरायसी विवादकै क्रममा आमा छोरी बिच झगडा हुँदा आमाले घाँटी थिचेर छोरीको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । सोनीले आफुले चाहेको केटासँग विवाह गर्न आमाबुवासँग अनुरोध गर्दा आमाबुवाले नमानेको र पछि उनीहरुबिच विवाद बढदै जाँदा उनकी आमा राज कुमारीले रिसमा आएर आफ्नै छोरीको हत्या गरेको…

Read More

आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

आफ्नै छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

आलोक यादव । आफ्नै छोरीको हत्या गरेको आरोपमा धनुषामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापडा बस्ने १६ वर्षीय सोनी मण्डलको हत्या गरेको आरोपमा प्रहरीले मण्डलकै आमा राज कुमारी मण्डललाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । घरायसी विवादकै क्रममा आमा छोरी बिच झगडा हुँदा आमाले घाँटी थिचेर छोरीको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । सोनीले आफुले चाहेको केटासँग विवाह गर्न आमाबुवासँग अनुरोध गर्दा आमाबुवाले नमानेको र पछि उनीहरुबिच विवाद बढदै जाँदा उनकी आमा राज कुमारीले रिसमा आएर आफ्नै छोरीको हत्या गरेको…

Read More

गुन्डा नाइके समिरमानकी श्रीमती माया ५ लाख धरौटीमा छुटिन्

गुन्डा नाइके समिरमानकी श्रीमती माया ५ लाख धरौटीमा छुटिन्

काठमाडौं । गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचनलाई छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले बिहीबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । यसअघि १८ जेठमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो । त्यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो । उनीहरुले अदालत समक्ष बयान दिने क्रममा शेरचनले नै ३ ठूला अपराधिक घटनामा प्रयोग भएका हतियार उपलब्ध गराएको बताएका थिए । त्यसकै आधारमा…

Read More

अवकास पाउन केही महिना मात्र बाँकी रहँदा ऊर्जा सचिव उपाध्यायले किन दिए राजीनामा ?

अवकास पाउन केही महिना मात्र बाँकी रहँदा ऊर्जा सचिव उपाध्यायले किन दिए राजीनामा ?

अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । उनले आगामी फागुनमा अवकास पाउँदै थिए । उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन आयोग गठन गर्न प्रक्रिया सुरु गरिसकेको छ । उपाध्याय लामो समयदेखि ऊर्जा मन्त्रालयमा सचिव थिए । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो । उनी सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले…

Read More

स्थानीय तहबाटै शिक्षा सुधारमा जोड

स्थानीय तहबाटै शिक्षा सुधारमा जोड

दक्षिण एशियाका भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, भूटान, नेपालका शिक्षा क्षेत्रका बौद्घिक सहभागी शिक्षा सार्वजनिक हितको विषयक तीन दिवसीय सङ्गोष्ठीले अभिभावक, शिक्षक र विद्यालयलाई नजिक तुल्याई स्थानीय तहबाटै शिक्षा सुधारको पहल गर्न सुझाएको छ । सहभागीले काठमाडौँको एक निजी विद्यालय र एक सार्वजनिक विद्यालयको स्थलगत भ्रमण गर्नुका साथै विद्यालय शिक्षाका विविध आयामलाई समेटेर निर्माण गरिएको चलचित्र छक्कापञ्जा ३ पनि निर्माता, निर्देशक र कलाकार टोलीसँगै बसेर हेरेका थिए । दक्षिण एशियामा विद्यालय शिक्षाको अवस्था नीति, पद्घति, नेतृत्व, कार्यान्वयनका दृष्टिकोणबाट अवस्था उस्तैउस्तै रहेको र वर्तमान अवस्था सुधार गर्नका लागि एकअर्काको अनुभवबाट प्रशस्त सिक्न…

Read More

सरकारले सूचना लुकाएको छैन : मन्त्री बाँस्कोटा

सरकारले सूचना लुकाएको छैन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा प्रविधि क्षेत्रको चौँथो पुस्ता ९फोर जी०को विस्तार एक वर्षभित्र सम्पन्न गर्ने गरी काम शुरु हुन लागेको जानकारी दिएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विधि र प्रक्रिया पु¥याएर सरकारले फोर जी विस्तार कार्य शुरु गर्न लागेको छ ।” “अब विविध कारणले रोकिएको फोर जीको विस्तार कार्य एक वर्षभित्र सम्पन्न हुने गरी शुरु हुन्छ, गुणस्तरमा कुनै सम्झौता हुँदैन ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने । उनले सरकारले सूचना नलुकाएको बरु सञ्चारमाध्यमले सरकारका राम्रा कामलाई बङ्ग्याई…

Read More

दुर्घटनामा एकको मृत्यु, एक घाइते

दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गापा ४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ । मध्यपुरथिमि नपा १ लोकन्थलीस्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना हँुदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ भने घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । घाइते श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

जिल्ला अदालतको फैसला उल्ट्याउदै निलम्बत सई सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

जिल्ला अदालतको फैसला उल्ट्याउदै निलम्बत सई सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

उच्च अदालतका विराटनगरले सुन तस्करी प्रकरणका पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा छाड्ने आदेश भएको छ । न्यायाधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उल्टाएको हो । सञ्जेललाई साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षा गर्न आदेश दिएको अदालतका रजिस्टार नारायण प्रसाद रेग्मीले जानकारी दिए ।

Read More

सरकारी कागज कीर्ते गरी अर्बौं मुल्य हात पार्ने गरेको आरोपमा महन्त पक्राउ

सरकारी कागज कीर्ते गरी अर्बौं मुल्य हात पार्ने गरेको आरोपमा महन्त पक्राउ

सरकारी कागज कीर्ते गरी अर्बौ मूल्यको जग्गा हात पार्ने प्रयास गरेका जनकपुरका एक महन्तलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर उप महानगरपालिका ८ स्थित रत्न सागर कुटीका महन्त बैकुण्ठ तिवारी भनिने वैकुण्ठ दास वैष्णवलाई जनक हजारी विद्यापिठ जनकपुरको भोगमा रहेको गुठी संस्थानको नाममा दर्ता जग्गाको कीर्ते कागज बनाई भोगचलनको प्रयास गरेपछि पक्राउ गरिएको हो।रत्नसागर मठ जनकपुरको महत्वपूर्ण मठमध्ये एक हो। महन्थ दासले विद्यापीठको नाममा दर्ता रहेको उपमहानगरपालिका ८ को सिट नं। १३५४९१४ किता नं। ६२ को क्षेत्रफल २ कठ्ठा ११ धुर र सिट नम्बर १३५४९१५ किता नं। २८ को क्षेत्रफल २…

Read More

राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने

राष्ट्र बैंकले दश अर्ब लगानी गर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु १० अर्ब १५ करोड ८६ लाख लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन आज एक सूचनामार्फत आग्रह गरेको छ ।…

Read More