मोटरसाइकलबाट लडेर सिरहामा एक वृद्धाको मृत्यु

मोटरसाइकलबाट लडेर सिरहामा एक वृद्धाको मृत्यु

आलोक यादव, सिरहा । सिराहा अर्नमा गाउँपालिका– ३ हर्कट्टामा मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यृ हुनेमा गोलबजार नगरपालिका– ८ चन्द्रलालपुर निवासी ७० वर्षीया बिशु मण्डलको रहेकी छन् । बिहीबार साँझ स ५ प ९७४२ नं को मोटरसाइकलबाट उनी अचानक लडेर गम्भीर घाइते भएकी थिइन् । मोटरसाइकल चालक सिरहाको अर्नामा गाउँपालिका– ३ निवासी १९ वर्षीय रामसागर महत्तो भने फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी

श्रम शक्ति बेचेर समृद्धि आउँदैन : नेता केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाको श्रमशक्ति विदेशमा बेचेर समृद्धि नआउने बताएका छन । बागलुङ जिल्लाको गलकोटमा आज आयोजित राष्ट्रिय जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले देशका कर्णधार युवा शक्तिलाई सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका योजना ल्याउनुपर्ने बताए । राणा, पञ्चायत र राजतन्त्र फालेर आएको लोकतन्त्रले पनि जनताका समस्या समाधान गर्न नसकेको भन्दै अहिलेको सरकारले युवा स्वरोजगार लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । नेता केसीले सरकारले एकाधिकार, भ्रष्टाचारविरुद्धको अभियान थालेपनि टुङ्गोमा पु¥याउन नसकेको आरोप लगाउँदै नेपालमा विदेशी हस्तक्षेप हाबी भएकाले आफ्नो पार्टीले यसको प्रतिवाद गर्ने…

Read More

एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा

एन्जेला मर्केलले पार्टीको नेतृत्व त्याग्ने घोषणा

जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै शुक्रबार पार्टीको नेतृत्व त्याग्ने घोषणा गर्दै हुनुहुन्छ । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उहाँका आलोचकबीच प्रतिस्पर्धा हुँदैछ । यस प्रतिस्पर्धाको नतिजा सन् २०२१ सम्म चान्सलर पदमा रहने वा नरहने भन्ने विषयमा ६४ वर्षीया मर्केलका लागि निर्णायक हुनेछ । उहाँले यसअघि नै सन् २०२१ बाट राजनीतिबाट सन्यास लिने घोषणा गरिसक्नुभएको छ । आप्रवासी र शरणार्थीका बारेमा नरम नीति अख्तियार गरेको भनी आलोचनाका साथै सोही कारण पछिल्ला समयमा भइरहेका चुनावमा पराजय भएसँगै मर्केलमाथि क्रिस्चियन डेमोक्रेटिक पार्टी (सीडीयू) छाड्ने दबाब…

Read More

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा आज यहाँ एकको मृत्यु भएको छ । दाङबाट रुकुमतर्फ जाँदै गरेको रा १ त २६२८ न ट्र्याक्टर बागचौर नगरपालिका–४ जलेखर्कमा दुर्घटना हुँदा पूर्वीरुकुम, उत्तरगङ्गा गाउँपालिका–११ का ३३ वर्षीय ट्र्याक्टर चालक प्रवीन विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी पश्चिमरुकुम, त्रिवेणी गाउँपालिका–१० टोटकेका २८ वर्षीय ईश्वर साहु घाइते भएका छन् । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए । सामान लिएर जाँदै गरेको ट्र्याक्टर सकडबाट करीब ६०० मिटर तल खसेको बताइएको छ

Read More

छोराद्वारा बुबा र ठूलो बुबाको हत्या

छोराद्वारा बुबा र ठूलो बुबाको हत्या

कैलाली, लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिए। उनले आमा दिलबहारीदेवी चौधरी माथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उनको टाउकोमा चोट पुगेको छ । गम्भीर घाइते उनलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको…

Read More

विकास योजनाले राष्ट्रियता बलियो पार्नुपर्छ : प्रम ओली

विकास योजनाले राष्ट्रियता बलियो पार्नुपर्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताएका छन । उनले भने, “देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ ।” राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औँ योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताए । विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनै,…

Read More

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य पाउने जनताको संविधान प्रदत्त मौलिक अधिकारलाई सरकारले कार्यान्वयनमा ल्याएको बताएका छन । जेनेटिक डिजिज ९बंशानुगत रोग० सम्बन्धी आज यहाँ आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सबै रोगको उत्पत्ति जेनेटिक भएकाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनु जरुरी रहेको छ भने । बंशानुगत रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिँदै अध्यक्ष दहालले यसका लागि सरकार र राजनीतिक दलले सहयोग गर्ने उल्लेख गरे। “निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ सरकार अगाडि बढेको छ । समृद्धि र विकासको यात्रामा देश अगाडि बढेको…

Read More

विवेकशील साझा पार्टीले माग्यो गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा

विवेकशील साझा पार्टीले माग्यो गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा

विवेकशील साझा पार्टीले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग गरेको छ ।शुक्रबार काठमाडौको माइतिघरमा तराजुसहित प्रर्दशन गर्दे विवेकशील साझा पार्टीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग गरेका हुन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्यारा ४ महिना वितिसक्दा समेत पत्ता नलगाइएको भन्दै प्रदर्शनकारीहरुले न्यायका लागि नाटक मञ्चन समेत गरेका थिए । प्रदर्शनकारीहरुले उक्त हत्याकाण्डको अभियुक्त राज्यले नै लुकाएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेका छन ।

Read More

अवैध गाँजा फडानी

अवैध गाँजा फडानी

सप्तरी प्रहरीले अवैध रुपमा रोपिएको गाँजा फडानी गरेको छ । शुक्रवार बिहान सुरक्षा वेशक्याम्प पथ्थरगढा सप्तरीबाट खटिएको टोलीले रुपनी गाउँपालिका वडा नम्बर ३ स्थित हर्दिया कटैयाका ७५ घरधुरीबाट १२ सय बोट अबैध रुपमा रोपिएको गाँजा फडानी गरी नष्ट गरेको हो ।त्यस्तै प्रहरीले राजबिराज नगरपालिका वडा नंम्बर १ र २ बाट ४० बोट अबैध गाँजा नष्ट गरेको जनाएको छ ।  

Read More

मुख्यमन्त्री राउतको आह्वानः विकास र समृद्धिको लागि हातेमालो

मुख्यमन्त्री राउतको आह्वानः विकास र समृद्धिको लागि हातेमालो

आलोक यादव, सिरहा। मुख्यमन्त्री लालबाबु राउतले विकास र समृद्धिको मुद्दामा स्थानीय तहलाई हातेमालो गरेर अघी बढन आह्वान गरेका छन् । धनुषाको लालगढमा आयोजित गाँउपालिका राष्ट्रिय महासंघको प्रदेश नम्बर २ स्तरीय प्रथम प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले विकास निर्माणको मुख्य केन्द्र विन्दु स्थानीय तह नै रहेकोले हातेमालो गरेर अघि बढनुको विकल्प नरहेको बताएका हुन् । स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत प्रवृतिबाट माथि उठनु पर्ने सुझाव दिँदै उनले इमान्दारिताका साथ विकास निर्माणको कार्यलाग्न आग्रह गरे । मुख्यमन्त्री राउतले स्थानीय तहमा रहेका समस्याहरु समाधानको लागि पनि प्रदेश र स्थानीय तह…

Read More