पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको तयारी, सर्मथकलाई भेटेर सुझाव लिने

पूर्वराजा ज्ञानेन्द्र शाहको पोखरा भ्रमणको तयारी, सर्मथकलाई भेटेर सुझाव लिने

 पछिल्लो समय सक्रिय बन्ने प्रयास गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह पुषको पहिलोहप्तादेखी पोखरा भ्रमणको तयारी गरेका छन । एकहप्ताका लागी परिवारसहित हुने यो भ्रमणमा पूर्वराजा शाहले पोखराका धार्मिक तथा पर्यटकिय स्थलको भ्रमण गर्ने तयारी भएको प्रेस सल्लाहाकार डा. फणीराज पाठकले बताए । दुई महिनाअघिदेखी तय भएको यो भ्रमणमा शाहले पोखरामा रहेका आफ्ना सर्मथकसँग बिशेष छलफलको तयारी गरेको बुझिएको छ । पत्नी कोमल, पूर्वयुवराज्ञी हिमानीसमेत एकहप्ता बसाईका लागी पोखरा जाने तयारी भएपछि पोखरासहित चितवन, बाग्लुङ र गोर्खाबाट समेत सर्मथकहरु उनलाई भेट्न आउने तयारी छ ।

Read More

स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ । कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना…

Read More

लक्की शेर्पाको राजदुत पद जाने निश्चित, मन्त्रीलाई दिएको जवाफ चित्त बुझेन

लक्की शेर्पाको राजदुत पद जाने निश्चित, मन्त्रीलाई दिएको जवाफ चित्त बुझेन

सरकारले मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्तीको तयारी गरेको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञावली र सचिव शंकरदास बैरागीले सोधेको स्पष्टिकरणमा शेर्पा जिम्मेवार नभएको निष्कर्षसहित उनलाई बर्खास्तको तयारी भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार अष्ट्रेलिया हुदाँसमेत कुटनितिक मर्यादाभन्दा बढि व्यापारीका रुपमा प्रस्तुत हुने गरेको गुनासो यसअघि नै मन्त्रालयमा आईसकेको अवस्थामा थप गम्भीर आरोप लाग्नुले उनलाई बर्खास्ती गर्ने निश्चित भईसकेको जानकारी दिए । अष्ट्रेलियामा राजदुत बनेर गएपछि नेपाली काँग्रेस निकटसँगको हिमचिम बढाउदाँ तत्कालिन माओवादी कार्यकर्ताबाट समेत आलोचित शेर्पालाई जोगाउन नेकपाबाट समेत अहिलेसम्म कुनै…

Read More

‘समयमा योजना पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ’

‘समयमा योजना पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समयमा योजनाको निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरेका छन् । जिल्ला अस्पतालको निर्माणाधीन ५० श्ययाको अत्याधुनिक भवनको आज कुस्माबजारमा शिलान्यास गर्दै उनले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम नगर्र्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गरेका हुन् । “ठेक्कामा बजेट व्यवस्थापन भएर पनि काम भइरहेका छैनन्”, उनले भने, “ठेक्का लिने तर काम नगर्नेलाई कारवाही गर्न नसक्दा अझै विकृति मौलाउन गएको छ ।” समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाइजेसन बुझेर धेरै काममा हात हाल्ने र समयमा पूरा नगर्नेहरु निरुत्साहित…

Read More

मासुमा भन्दा बढि प्रोटिन पाइन्छ गेडागुडीमा, यस्ता छन् फाइदाहरु

मासुमा भन्दा बढि प्रोटिन पाइन्छ गेडागुडीमा, यस्ता छन् फाइदाहरु

विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास, मेथीलगायतलाई गेडागुडी भन्ने बुझिन्छ । गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइन्छ । त्यसैले यसलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । विशेषगरी, गेडागुडीलाई तरकारीका रूपमा या भुटेर प्रयोग गर्ने प्रचलन छ । गेडागुडीलाई सही तरिकाले सेवन गर्दा अझ बढी फाइदाजनक हुन्छ । गेडागुडीलाई टुसा उमारेर खाँदा निकै उत्तम हुन्छ । -गेडागुडीमा मासुमा भन्दा पनि बढी प्रोटिन हुन्छ । तर, यसमा भएका सबै प्रोटिन शरीरले सोस्न सक्दैन । तर, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । -गेडागुडी…

Read More

उदयपुरका अधिकारकर्मी सम्मानित

उदयपुरका अधिकारकर्मी सम्मानित

अभिमन्यु लामीछाने, उदयपुर । उदयपुरका अगुवा मानवअधिकारकर्मीहरु २६औं लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अन्तिम दिन सम्मानित भएका छन् । ७० औं मानवअधिकार दिवसको अवसरमा महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालले जिल्लाका सात अधिकारकर्मीलाई सम्मान गरेको छ। १६ दिवसिय अभियानको अन्तिम दिन मानवअधिकार रक्षक संजालका संयोजक भरत खड्का गैससका केन्द्रीय सदस्य महेश्वरी राई, गैससकी पूर्व केन्द्रीय उपाध्यक्ष सृजना दनुवार र समाजसेवी रामवती चौधरी बरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग, बरिष्ठ कानुन व्यवासायी मोहन बहादुर कार्की, पत्रकार महासंघका पूर्व अध्यक्ष कुशलबाबु बस्नेत,सम्मानित भएका छन् । संगम सामुदायिक पुस्तकालयमा भएको कार्यक्रममा जिल्ला न्यायाधिस तेजेन्द्र…

Read More

टिप्पर चालकको मुत्यु

टिप्पर चालकको मुत्यु

सिरानचोक गाउँपालिका–२ थालाजुङमा आज टिप्पर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । सामान अनलोड गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा ना१क ६४७७ नंका टिप्पर चालक हेटाँैडा उपमहानगरपालिका–१२ नेवार बस्ती घर भएका ३२ वर्षीय चालक वीरबहादुर स्याङत्याङको घटनास्थलमा नै मुत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार टिप्पर अनियन्त्रित भएपछि झ्यालबाट हाम्फालेर भाग्न खोज्दा सोही गाडीमा ठोक्किएर स्याङत्याङको मुत्यु भएको छ ।

Read More

संविधान कार्यान्वयनमा लाग्न आग्रह

संविधान कार्यान्वयनमा लाग्न आग्रह

नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको संविधान कार्यान्वयन गर्न सबैले लाग्नुपर्ने बताएका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा आज ‘समाजवाद उन्मुख नमुना वडा’ अन्तक्र्रिया कार्यक्रममा उनले संविधान कार्यान्वयनको बुँदागत रुपमा व्याख्या गरेका थिए। उनले आफू प्रधानमन्त्री हुँदा बनाएको दक्षिण ढोका, काउले दोबान सडकखण्डको बाटो मर्मत गर्नुपर्ने बताए । उनले विकास निमार्णको काममा सरकारलाई साथ दिन सबैलाई आग्रह गरेका छन् । मेलम्ची नगरपालिका–१ का वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललगायतको उपस्थिति थियो ।

Read More

ऋण लिने उद्योग सञ्चालन नगर्ने प्रवृत्ति

ऋण लिने उद्योग सञ्चालन नगर्ने प्रवृत्ति

ऋण लिने तथा उद्योग सञ्चालन नगर्ने प्रवृत्ति बाँके जिल्लामा बढ्दै गएको छ । जिल्लामा दर्ता भएका कतिपय घरेलु तथा साना उद्योग वर्षौंदेखि सञ्चालनमा छैनन् तर ती उद्योगका धनीले बैंकबाट ऋण लिनका लागि आफ्नो उद्योग, व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण गराउने गरेका छन् । सञ्चालनमा नआएका त्यस्ता उद्योगको अनुगमन गर्ने निकाय नभएकाले पनि ऋण लिन मात्र नवीकरण हुने गरेको सो कार्यालयका कर्मचारी बताउँछन् । “बैंकले ऋण उपलब्ध गराउन उद्योग नवीकरण प्रमाणपत्र माग गर्ने गरेकाले हामी नवीकरण गर्छौं, तर ती उद्योग सञ्चालन भए÷नभएको अनुगमन गर्न सकिएको छैन,” निमित्त कार्यालय प्रमुख दुर्गा…

Read More

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ, चीन । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् । मेङलाई यही डिसेम्बर १ मा क्यानडामा पक्राउ गरिएको थियो भने अमेरिकालाई सुपुर्दगी गर्ने बताइएको छ । चीनका उपविदेशमन्त्री ले युचेङद्वारा शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गरी टोरोन्टो स्टारले लेखेको छ, “बेइजिङले राजदूत म्याककालमसँग क्यानडामा पक्राउ परेका मेङलाई तत्काल छोड्न आग्रह गरिएको छ । राजदूतसँगको भेटमा मेङलाई तत्काल रिहा नगरिए यसको परिणाम राम्रो हुनेछैन ।” मेङलाई गत हप्ता एउटा…

Read More