काश्मिर आक्रमण : चार प्रहरीको मारिए

काश्मिर आक्रमण : चार प्रहरीको मारिए

श्रीनगर, भारत, शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू उनीहरूको प्रभाव क्षेत्र काश्मिरको दक्षिणी भागमा मारिएका थिए । विद्रोहीले उक्त सुरक्षा कारबाहीमा मरेका दुई किशोरको मृत्युको बिषयलाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हुनसक्ने बताइएको छ । सन् २००९ पछि जानपोरा ग्रामिण क्षेत्रमा प्रहरीलाई लक्षित गरी भएको यो सवैभन्दा ठूलो रक्तपातपूर्ण घटना हो । आक्रमणकारीले प्रहरीको चार वटा राइफलसमेत लुटेर लगेका छन् । “विद्रोहीको आक्रमणबाट तीन प्रहरी अधिकारी…

Read More

कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् । भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसको अवस्था मजबुत नै देखिएको छ । यद्यपि निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकाले यसैलाई मानक…

Read More

बसको ठक्करबाट आमाको मृत्यु छोरा गम्भीर

बसको ठक्करबाट आमाको मृत्यु छोरा गम्भीर

आलोक यादव , सिरहा सिरहाको लहान–ठाडी सडक खण्ड अन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा मंगलबार बसले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । ठाडीबाट लहान तर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको तिरुपति यातायात बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी सुरुङ्गा नगरपालिका–५ कुशहा बस्ने ३५ वर्षीया जुमेदा खातुनको घटना स्थलमै मृत्यु भएको हो । उनका १८ वर्षीय छोरा इरफान राइन घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। घाइते इरफानको उपचार लहानमा अवस्थित सेराज…

Read More

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

झापाको दमकमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज अपरा भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । मोटरसाईकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि सवार थिए । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । पूर्वबाट पश्चिमतर्फ…

Read More

आदित्यनाथ चढेर आउने विमानको जनकपुरमा परिक्षण उडान

आदित्यनाथ चढेर आउने विमानको जनकपुरमा परिक्षण उडान

आलोक यादव , सिरहा । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेर जनकपुर आउने विमानको परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । रामजानकी विवाहोत्सवमा सरिक हुन जनकपुर आउनुभन्दा एक दिनअघि मंगलबार भारतीय विमानको परीक्षण गरिएको हो। बिहान उत्तर प्रदेशको राजधानी लखनउबाट उडान भरेको भारतीय विमान जनकपुर विमानस्थलमा १० बजेर १९ मिनेटमा अवतरण गरेको थियो । ९ जना यात्रु बोक्ने क्षमता रहेको बीई २०० नामक भारतीय कम्पनीको विमान जनकपुर विमानस्थलमा अवतरण भएको केहि बेरपछि पुनः लखनउ फर्किएको छ । बुधबार पनि १०.१५ मा योगी चढेर आउने यो विमान जनकपुर विमानस्थलमा अवतरण…

Read More

फरार अपराधी पक्राउ

फरार अपराधी पक्राउ

दोलखा प्रहरीले विगत नौ वर्षदेखि ज्यान मार्ने उद्योगमा फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ । जिल्ला अदालत दोलखाले २०६६ सालमा तीन वर्ष ११ महीना १४ दिन कैद सजाय तोकिएकामा हालसम्म फरार रहेका ३६ वर्षीय मनोजकुमार जिरेललाई पक्राउ गरिएको हो । जिरी नगरपालिका–४ स्थायी घर भएका जिरेललाई आज घर नजीकैबाट इलाका प्रहरी कार्यालय जिरीको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार पक्राउ परेका जिरेललाई आज नै अदालत दाखिला गराई कैद भुक्तानका लागि कारागार पठाइएको छ । प्रहरीले यहाँ विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका ३१…

Read More

पक्राउ विद्यार्थी नेतालाई छाड्न माग

पक्राउ विद्यार्थी नेतालाई छाड्न माग

तीन विद्यार्थी सङ्गठनले सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयमा भएको घटनामा पक्राउ परेका विद्यार्थीलाई रिहाइ गर्न माग गरेका छन् । आज अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको समस्याका सन्दर्भमा आन्दोलनरत विद्यार्थी सङ्गठनका नेतालाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । विज्ञप्तिमा शान्तिपूर्ण रुपमा आन्दोलनरत विद्यार्थीलाई वार्तामा बोलाई समस्या समाधान गर्नुको सट्टा उल्टै विद्यार्थी नेताहरूलाई शृङ्खलाबद्धरुपमा धरपकड गर्ने विश्वविद्यालय प्रशासनको अलोकतान्त्रिक र गैरजिम्मेवार रहेको बताएका छन् । ‘समस्या समाधान हुनुको सट्टा विद्यार्थीलाई पक्राउ गरेर झनै चर्काइदिएको छ,’…

Read More

सार्वजनिक बिदाको माग

सार्वजनिक बिदाको माग

राष्ट्रिय ख्रीष्टियन महासङ्घले ख्रीष्टमस ९क्रिसमस० मा सार्वजनिक बिदा कायम गर्न सरकारसँग पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको ध्यानाकर्षण गराएको छ । महासङ्घका अध्यक्ष सि।बि।गहतराजको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आयोगस्थित अध्यक्ष शर्माको कार्यकक्षमा आज सो विषयमा ध्यानाकर्षण गराएको हो । विसं २०६४ देखि निरन्तर रुपमा दिइदै आएको सार्वजानिक बिदा यस वर्ष सरकारले ख्रीष्टियनका लागि मात्र कायम गरिएको हुँदा महासङ्घको गम्भीर ध्यानकर्षण भएको र यसले ख्रीष्टियन समुदायको भावनामा गहिरो चोट पुगेको पत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझेपछि आयोगका अध्यक्ष शर्माले विगतमा ख्रीष्टमसका दिनमा सार्वजानिक बिदा उपलब्ध गराउन आयोगले भूमिका…

Read More

लम्की लेडिज जेसिसको नवनिर्मित भवनको उद्घाटन

कैलाली । लम्की लेडिज जेसिसको नवनिर्मित भवनको उत्घाटन गरिएको छ । कैलालीको लम्की चुहा नगरपालिका वडा नं १ लम्कीमा मंगलवार एक सभा हल सहितको २ कोठे पक्कि भवनको उद्घाटन गरिएको हो । नेपाल जेसिआईका राष्ट्रिय बर्ष २०१२ का अध्यक्ष तेज शंकर भट्टले नवनिर्मित भवनको उद्घाट गरेका हुन् । लम्की लेडिज तथा लम्की जेसिसको संयुक्त चिठ्ठा बचतबाट २ लाख, लम्की लेडिज जेसीस परिवार बचतबाट १ लाख, लम्की लेडिज जेसीसकी संस्थापक अध्यक्ष शुसिला शाहीबाट १ लाख,लम्की जेसीस बर्ष २०१३ का अध्यक्ष जयप्रकाश न्यौपानेबाट ६० हजार तथा अन्य सहयोगिता दाताहरुले आर्थिक सहयोगमा भवनको…

Read More

फेरि स्थगित संवैधानिक परिषदको बैठक

फेरि स्थगित संवैधानिक परिषदको बैठक

मंगलवार बस्ने भनिएको संवैधानिक परिषदको बैठक फेरि स्थगित भएको छ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साँझ ५ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थित भएको हो । आगामी बैठक पुस ५ गतेका लागि बोलाइएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । बैठकले प्रधानन्यायधीशका लागि न्यायपरिषद्ले पठाएको नाममा थप छलफल गरेर नियुक्ति सिफारिस गर्नेछ । संवैधानिक परिषद्ले…

Read More