बलानबिहुल गाउँपालिकामा बिजुली बलेपछि स्थानियवासीमा खुसियाली

बलानबिहुल गाउँपालिकामा बिजुली बलेपछि स्थानियवासीमा खुसियाली

आलोक यादव ,सिरहा। सप्तरीको सिमावर्ती बलानबिहुल गाउँपालिकामा बिजुली बलेपछि स्थानियवासीमा खुसियाली छाएको छ । आज वडा नं. ३ को दुधैला टोलमा पहिलो पटक बिजुली बलेपछि गाउँबासी खुसि भएका हुन् । स्थानिय एक बृद्धले भने “आफ्नो जिवनमा बिजुली बत्ती बाल्न पाउँछु भन्ने विश्वास थिएन, तर जनप्रतिनिधि आएपछि बुढेसकालमा विद्युत् बाल्ने सपना पूरा भयो ।’  उनले अगाडी थपे ‘अकाशे पानीको भरमा खेतिपाती गर्ने बाध्यता थियो, अब आएपछि खेतीपाती गर्न सहज हुनेछ ।’ गाउँपालिकामा रहेको ६ वटा वडा मध्ये ३ वटा वडामा पूर्ण रुपले विद्युतीकरण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी…

Read More

सडक दुर्घटनामा एकको ज्यान गयो

सडक दुर्घटनामा एकको ज्यान गयो

सिरहाको लहान-बर्दिबास पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनगडीमाई नगरपालिका सोनापुर नजिक आज बिहान सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ। इलाका प्रहरी कार्यलय लहानले दिएको जानकारी अनुसार को१८प २९११ नम्बरको स्कुटरमा सवार एक जना पुरुषको मृत्यु भएको हो । दुर्घटना के, कसरि भएको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय लहानका डिएसपी राजेश थापाले बताएका छन्। मृतकको पहिचान भने खुल्न सकेको छैन।

Read More

जनतान्त्रिक मोर्चाले बुझायो सरकारलाई हतियार

जनतान्त्रिक मोर्चाले बुझायो सरकारलाई हतियार

जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (अविनाश समूह) ले सरकारको राजनीतिक वार्ता टोलीसमक्ष बुधबार हतियार बुझाएको छ । समूहका संयोजक उपेन्द्रप्रसाद यादव (अविनाश) सहित ११ जनाले २६ थान हतियार बुझाएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार जनतान्त्रिकले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोली समक्ष कटुवा पेस्तोल ११ थान, रिभल्वर २ थान, कटुवाको १० राउन्ड र रिभल्वरको २ राउन्ड गोली तथा डेटोनेटर १ थान बुझाएको छ ।मोर्चाले बुझाएको हतियार सरकारी टोलीका संयोजक पाण्डेले प्रजिअ पौडेललाई हस्तान्तरण गरेका थिए । सरकारी टोलीका संयोजक पाण्डेले मोर्चाका तर्फबाट ११ बुँदे माग प्रस्तुत भएको जानकारी दिए । मोर्चाले कार्यकर्तामाथिको वारेन्ट फिर्ता…

Read More

सरकारले गर्ने भयो ज्यान जोखिममा रहेका गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

सरकारले गर्ने भयो ज्यान जोखिममा रहेका गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार

सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थाका ज्यान जोखिममा रहेका महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी स्वास्थ्य संस्थामा लैजाने कार्यक्रम शुरु गरेको छ । यसअघि गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा हुँदा आर्थिक अवस्था सबल हुनेका आफन्तले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल लैजाने गरेपनि कमजोर आर्थिक अवस्था भएकाले समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता थियो । प्रसव अवस्थामा आउने जोखिम कम गरी मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न सरकारले गर्भवती तथा सुत्केरीको उद्धार गर्ने भएको हो । यसका लागि सरकारले ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई…

Read More

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

पपुआ विद्रोहीबाट आत्मसमर्पणको प्रस्ताव अस्वीकार

इन्डोनेसियाली सेनाले आत्मसमर्पण गर्न गरेको आग्रहलाई पृथकतावादी पपुआ विद्रोही समूहले बुधबार अस्वीकार गरेको छ । पपुआ विद्रोहीले गत साता निर्माण कार्यमा संलग्न कम्तीमा १६ जना कामदारको नृशंस हत्या गरेका थिए । कामदारको हत्यापछि सेनाले गरेको कारबाहीमा निर्दोष गाउँले मारिएको विवरण सार्वजनिक भएको छ । पपुआ विद्रोही समूह र सेनाबीच पछिल्लो एक दशकदेखि सङ्घर्ष जारी छ । यद्यपी दुबै पक्षबाट मानव अधिकारको गम्भीर उल्लङ्घन भएका खबरहरु आइरहेका छन् । इन्डोनेसियाको सेनामाथि आम नागरिकमाथि मानवीय दुव्र्यवहार गर्ने गरेको आरोप लाग्दै आएको छ । विभिन्न समूहमा बाँडिएका विद्रोहीहरुले स्वतन्त्र पपुआ राज्यको माग पूरा…

Read More

हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

हुवावेकी कार्यकारीलाई अदालतबाट जमानत

क्यानाडाको एक अदालतले चिनीया दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई मङ्गलबार शर्त सहितको जमानत दिएको छ । अमेरिकी अनुरोधमा भ्यानकुभरमा पक्राउ पर्नुभएकी मेङको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब सिर्जना भएको थियो । अदालतले मेङमाथि ७५ लाख अमेरिकी डलर जमानत माग गरेको छ । साथै, पासपोर्ट क्यानाडेली सरकारलाई बुझाउन र विद्युतीय अनुगमन गरिने अदालतको आदेश छ । चीनले मेङको गिरफ्तारीलाई लिएर कडा शब्दमा भत्र्सना गर्नुका साथै चीनस्थित अमेरिका र क्यानाडाका राजदूतलाई बोलाएर बिरोध जनाएको थियो । साथै, अदालतबाट भएको शर्त सहितको जमानतप्रति पनि चीनले आपत्ति जनाएको छ…

Read More

बैंकको एटिएम तोडफोड गर्ने १८ वर्षीय यादव पक्राउ

बैंकको एटिएम तोडफोड गर्ने १८ वर्षीय यादव पक्राउ

मुक्तिनाथ विकास बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले सिरहा सुखीपुर नगरपालिका ६ घर भई हाल काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेको हो। मंसिर ११ गते बानेश्वर शाखाको एटिएम तोडफोड गरी फरार रहेका यादव सोमबार पक्राउ परेका हुन्। बैंकले उजुरी दिएपछि सिसीटिभी फुटेजको आधारमा झन्डै दुई साताको खोजी पश्चात यादवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले फुटेजमा देखिएको हुलियाको आधारमा खोजी गरिरहेको अवस्थामा  सोमबार साँझ करिब सवा ६ वजेको समयमा…

Read More

सञ्चार मन्त्रालयः कार्ययोजना बुझाउन ७ दिनको समयसीमा

सञ्चार मन्त्रालयः कार्ययोजना बुझाउन ७ दिनको समयसीमा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशन दिएको छ । कामको गति सुस्त भएको जनाउँदै मन्त्रालयले कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ । सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मा लिएको काममा कुनै बहाना बनाएर प्रगति विमुख नहुन कर्मचारीलाई निर्देशन दिनुभयो । बैठकमा मातहतका कार्यालयहरुले आव २०७५/७६ को प्रथम चौमासिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए । मन्त्रालयको प्रशासन तथा योजना महाशाखाले आव २०७५/७६ को प्रथम चौमासिकमा…

Read More

जिल्ला अदालतको निर्णय उल्ट्याउँदै गोदामचौर बलात्कार काण्डका दुई जना पक्राउ

जिल्ला अदालतको निर्णय उल्ट्याउँदै गोदामचौर बलात्कार काण्डका दुई जना पक्राउ

ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कार प्रकरणमा दुई अभियुक्तलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।  ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरका २१ वर्षीय विशालध्वज कार्की र सोही ठाउँका २१ वर्षीय पवन कुँवरलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधवार पक्राउ गरेको हो ।  ललितपुरको गोदामचौरमा एक युवतीमाथि कार्की र कुँवरसहित रघु सिलवालले सामूहिक बलात्कार गरेका थिए। बलात्कारको आरोपमा पक्राउ परेका उनीहरु जिल्ला अदालत ललितपुरको गत वर्षको पुस २६ गतेको फैसला अनुसार तारेखमा छुटेका थिए। जिल्ला अदालतको निर्णय उच्च अदालत पाटनले उल्ट्याउँदै माघ २५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसपश्चात् फरार रहेका…

Read More

खानेपानी मन्त्रीद्वारा फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण

खानेपानी मन्त्रीद्वारा फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकस्मिक निरीक्षण गरेकी छन् । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गरेकी हुन् । दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरि शुद्धीकरण गर्ने उदेश्यले यो आयोजना अघि बढाइएको छ । पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिँचाइ र सरसफाइको क्षेत्रमा ठुलो उपलब्धि हाँसिल हुने आयोजनाका प्रमुख तिरेश बहादुर खत्रीले बताए । उनका अनुसार,…

Read More