द्वन्द्वका कारण १५ हजार बालबालिका ‘बेपत्ता’

द्वन्द्वका कारण १५ हजार बालबालिका ‘बेपत्ता’

सुडानमा द्वन्द्वका कारण अविभावक विहिन भएका र बेपत्ता भएका बालबालिकाहरुको सङ्ख्या १५ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार गत पाँच बर्षको अवधिमा ती बालबालिकाहरु आफ्ना आमाबुवा तथा पारिवारिक सदस्यहरुबाट छुटेको तथा वेपत्ता भएको पाइएको छ । द्वन्द्वका कारण अरु चालिस लाख मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश बालबालिका रहेको जनाइएको छ । विस्थापित भएका, बाबु आमाबाट छुट्टिएका र बेपत्ता भएका बालबालिकाहरु बलात्कार र अन्य विभिन्न हिंसाबाट पिडित हुने गरेको पनि युनिसेफले जनाएको छ ।

Read More

आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

आँखामा खुर्सानी हाली भाग्न खोज्ने कैदी पक्राउ

सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ । प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका–२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, आज बिहान करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर उनले भाग्न खोजेको थियो । प्रहरी जवान सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । हात…

Read More

विवाह भोजमा जन्ती बोक्दै सरकारी हाकिमका गाडी (भिडियोसहित)

विवाह भोजमा जन्ती बोक्दै सरकारी हाकिमका गाडी (भिडियोसहित)

बिहीबार साँझ काठमाडौँ वसुन्धराको एउटा पार्टी प्यालेसमा सेतो नम्बर प्लेटको गाडी रोकियो ।  बा २ झ ३६३० नम्बरको उक्त गाडी बिहेका जन्ती बोक्दै थियो ।   पार्टी प्लालेसमा आधा दर्जन महिलालाई ओर्लि नसक्दै अरू मान्छे लिन भन्दै निस्कियो । उक्त गाडी थियो औषधि व्यवस्था विभागका वरिष्ठ औषधि वितरक पान बहादुर क्षेत्रीको । कार्यालय समयमा सरकारी कामका लागि प्रयोग हुनुपर्ने गाडी साँझ ६ बजे जन्ती ओसार्दै थियो । त्यो पनि ७ सिटको गाडीमा एकै पटक ९ जना कोचेर । छेवैको अर्को पार्टी प्यालेसमा सैनिक मुख्यालयका दुई वटा गाडी रोकिए । एउटामा खचाखच…

Read More

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज ३०० ले घटेर प्रतितोला ५९ हजार ५०० मा पहेँलो धातुको कारोवार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार प्रतितोला रु ५९ हजार ८०० मा सुन कारोवार भएको थियो । आन्तरिक बजारमा डलरको भाउ घटेसँगै त्यसको प्रभाव सुनको मूल्यमा पनि परेको महासङ्घल जनाएको छ । महासङ्घका अनुसार तेजावी सुन रु ४०० ले घटेर आज प्रतितोला रु ५९ हजार २०० मा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बुधबार प्रतितोला रु ७३० मा…

Read More

तीन हजार फरार अभियुक्त पक्राउ

तीन हजार फरार अभियुक्त पक्राउ

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा तीन हजार बढी फरार अभियुक्त र ७३२ जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ । चालू आवको कात्तिकसम्म तीन हजार ५७ जना फरार अभियुक्त र ७३२ जना फरार अपराधी फक्राउ गरी २० नाल अवैध हतियार र १५ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रहरीले गरेको कारवाहीबारे जानकारी दिँदै सुवेदीले सो अवधिमा २२५ केजी गाँजा, ५८ केजी चरेश, एक केजी हेरोइन र ठूलोमात्रामा कृत्रिम लागुऔषध तथा मनोद्विपक पदार्थ बरामद गरेको बताउनुभयो । यस्तै विभिन्न जिल्लामा गरेर…

Read More

टोखाको एक कम्पनीमा एकै पटक दर्जन युवती बेहोस

टोखाको एक कम्पनीमा एकै पटक दर्जन युवती बेहोस

काठमाण्डौको एक उधोगमा कार्यरत ५० मध्ये १२ जना किशोरी एक्कासी बेहोस भएका छन् । काठमाण्डौको टोखा नगरपालिका चण्डेश्वरीमा नक्कली कपाल बनाउने  सिन वन विग विड प्रालिमा कार्यरत १७ देखि २० बर्ष उमेर समुहका १२ जना किशोरीहरु एकै पटक बेहोस भएका हुन् । विहिबार दिउँसो २ बजे खाजा खाईसके पछि अचानक किशोरीहरु एक्कासी रुने कराउने तथा बेहोस भएका हुन् । बेहोस हुनेमा २० बर्षिय संजिता तामाङ, सजिना तामाङ, मिना मगर, निर्मला राई, देविका मगर, सरिता तामाङ,राधिका विक, सोमी लामा रहेका छन् भने बाँकीको नाम खुल्न बाँकी रहेको छ । बेहोस भएका…

Read More

यस्ता छन् सरकारले बिहिबार गरेका ८ वटा निर्णयहरु

यस्ता छन् सरकारले बिहिबार गरेका ८ वटा निर्णयहरु

सरकारले विभिन्न राजनीतिक माग राखेर आन्दोलनरत पक्षसँग वार्ता गर्न बनाएको वार्ता टोलीको अवधि १५ दिन थप गरेको छ ।  बिहिबार सिंहदरबारमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्दे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधीमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई बाँकी काम सम्पन्न गर्न १५ दिन अवधि थप गरेको जानकारी दिए । बैठकले भारतीय रुपैयाँ २ सय, ५ सय र २ हजारका नोटहरू ल्याउन वा साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरू चलन चल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय समेत गरेको छ…

Read More

३८ क्वीन्टल सुन तस्करी प्रकरण : १० लाख धरौटीमा छुटे व्यवसायी पोद्दार र शाक्य

३८ क्वीन्टल सुन तस्करी प्रकरण : १० लाख धरौटीमा छुटे व्यवसायी पोद्दार  र शाक्य

मोरङ । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुछिएका व्यवसायी विमल पोद्दार र आर के भन्ने राजेन्द्रकुमार शाक्यलाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालतको आदेश पछि पूर्पक्षका लागि थुनामा रहेका पोद्दार र शाक्यलाई बिहीबार उच्च अदालत विराटनगरले १०–१० लाख धरौटीमा छाड्ने आदेश दिएको हो । बिहीबार न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको इजलासले १०– १० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले जानकारी दिए । भारतीय नागरिक…

Read More

बलिउड अभिनेत्री जरीन खान चढेको कार दुर्घटना, एकको मृत्यु

बलिउड अभिनेत्री जरीन खान चढेको कार दुर्घटना, एकको मृत्यु

मुम्बई– बलिउड अभिनेत्री जरीन खान चढेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जरीनलाई सलमान खानकी हिरोइनको रुपमा चिन्ने गरिन्छ। उनलाई सलमानले आफ्नो फिल्म ‘वीर’बाट बलिउडमा डेब्यु गराएका थिए। जरीनको कार बुधवार साँझ भारतको गोवास्थित मापूसा क्षेत्रमा दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको कारलाई हेलमेट नलगाई मोटरसाइकल चलाइरहेका युवकले ठक्कर दिएका थिए। घटनामा मोटरसाइकल चालक ३० वर्षीय नितेश गोरलको मृत्यु भएको गोवा प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेत्री जरीन पनि घटनामा परी घाइते भएकी छिन्। उनलाई पणजीको एक निजी अस्पतालमा भर्ना गरिएको छ। गोवा प्रहरीले कारका चालकविरुद्ध…

Read More

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

ब्रसेल्स, बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेका छन् । युरोपेली युनियनको मुख्यालयमा हुने वार्तामा युरोपेली मध्यस्थकर्ताहरुले प्रधानमन्त्री मेका पछिल्ला धारणाहरुका बारेमा विचारविमर्श गर्नेछन् । तर, यसअघि नै युरोपेली युनियनसँग भएको ५८५ पृष्ठको बहिर्गमनसम्बन्धी सम्झौतामा भने तत्काल कुनै परिवर्तन हुने छैन । युरोपेली युनियनको शिखर बैठक बिहीबार बस्नेगरी तय भएको छ । बैठकमा युरोपेली युनियनमा आबद्ध देशका नेताहरु सहभागी हुने कार्यक्रम छ । गत नोभेम्बर २५ मा भएको युरोपेली…

Read More