काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

काँग्रेस नेता कमलनाथले डिसेम्बर १७ मा मुख्यमन्त्रीको सपथ लिने

भोपाल, मध्य प्रदेश, भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’ मा समथग्रहण गर्ने समाचारमा जनाइएको छ । मध्य प्रदेशको काँग्रेस समिति (एमसीसी) का अध्यक्ष समेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालैमात्र सो राज्यमा सम्पन्न विधान सभाको निर्वाचनमा काँग्रेस पाटीको विजयपछि कमलनाथलाई मुख्य मन्त्रीमा प्रस्ताव गरिएको हो । मध्य प्रदेशमा उप मुख्यमन्त्री भने रहने छैन । यसअघि भारतीय जनता…

Read More

एक विवाहित महिलालाई ब्ल्याकमेलिङ गर्दै यौन प्रस्ताव राख्दा हत्या

एक विवाहित महिलालाई ब्ल्याकमेलिङ गर्दै यौन प्रस्ताव राख्दा हत्या

महोत्तरी । विवाहित महिलालाई प्रेमीसँग भेटेपछि ब्ल्याकमेलिङ गर्ने क्रममा एक जनाको ज्यानै गएको छ । गत बुधबार महोत्तरीको औरही–२, फुलबरियामा ४० वर्षीय बचु महतोको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले घटनामा संलग्न भएको अरोपमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २२ वर्षीया जितनीदेवी महतो, २४ वर्षीय सुशील सहनी र २२ वर्षीय अनिलकुमार ठाकुर रहेका छन् । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । जब यौन प्रस्ताव राखेको प्रेमीले थाहा पाए महोत्तरीको औरही–२ की जितनीदेवी महतो विवाहित महिला हुन् । यद्यपि, उनको…

Read More

घरमै नक्कली नागरिकता, वडा सदस्य सहित ४ जना पक्राउ

घरमै नक्कली नागरिकता, वडा सदस्य सहित ४ जना पक्राउ

आलोक यादव , घरमै जिल्ला प्रशासन कार्यालय सञ्चालन गरेर नक्कली नागरिकता, राहदानी लगायत बनाइदिने गिरोह ठुलो परिमाणमा कागजात सहित प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका ४ बस्ने तथा जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहयोगी ४२ वर्षका महावीर मण्डल, जनकपुर उपमहानगरपालिका २० बस्ने ३१ वर्षीया रोशनकुमार चौधरी, रौतहटको दुर्गाभगवती गाउँपालिका ४ घर भर्इ हाल जनकपुर उपमहानगरपालिका ४ बस्ने हेमन्तकुमार पाण्डे र धनुषाको औरही गाउँपालिका ५ का वडा सदस्य समेत रहेका ४९…

Read More

Update : नुवाकोटमा गाडी दुर्घटना, २० जनाको मृत्यु

Update : नुवाकोटमा गाडी दुर्घटना, २० जनाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका ध्याङफेदिमा मिनिट्रक दुर्घटना भएको छ ।  दुर्घटनामा परि २० जनाको मृत्यु भएको छ । स्थानीयका अनुसार मिनीट्रक ४० जना सवार थिए । शुक्रबार दिउँसो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना भएको हो। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् । घटनाको विस्तृत् विवरण आउन बाँकी छ ।  

Read More

‘ए’ डिभिजन लिग : मनाङसँग आर्मी पराजित

‘ए’ डिभिजन लिग : मनाङसँग आर्मी पराजित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली आर्मी क्लबलाई १-० ले पराजित गरेको छ। एन्फा मैदान सातदोवाटोमा भएको खेलमा आर्मी विरुद्ध एक शुन्यको जित निकालेसँगै मनाङ लिगमा एक खेलपनि नहार्ने एक्लो टिम बन्न सफल भएको छ । यस जितसँगै मनाङले लगातार आठौं जित निकालेको हो । स्टार भिडन्तको खेलमा मनाङको जितमा विशाल राईको एकमात्र गोल निर्णायक बन्यो । आफ्नो उत्कृष्ट टिमलाई उतारेको आर्मीले ३९ औं मिनेटमा गोल गर्ने मौका पाएको थियो । तर सफल भएन । त्यसको दुई मिनेटपछि आर्मीका भरत खवासको…

Read More

घुससहित कम्पनी रजिष्टारको कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

घुससहित कम्पनी रजिष्टारको कार्यालयका कम्प्युटर अपरेटर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका कम्प्युटर अपरेटर पक्राउ गरेका छ। सेवाग्राहीसँग कम्पनीमा कायम रहन आएका सेयरधनीहरूको सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने भन्दै ७ हजार घुस लिएको अभियोगमा उनी पक्राउ परेका हुन्। कम्प्युटर अपरेटर पूर्णचन्द आत्रेयले सेवाग्राहीसँग् घुस मागेको अख्तियाले जनाएको छ। अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आत्रेयलाई घुससहित पक्राउ गरेको हो। त्यसैगरी बिचौलियाको काम गर्ने सरिता कार्कीलाई पनि अख्तियारले पक्राउ गरेको छ।

Read More

भक्तपुरमा दुई घरमा आगलागी, २३ लाख बराबरको क्षति

भक्तपुरमा दुई घरमा आगलागी, २३ लाख बराबरको क्षति

भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका छुट्टाछुट्टै घरहरूमा आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको छ। सुर्यनिवायक–५ कटुन्जे सुसिला भैरब स्थित रमेशनाथ ढुङ्गेलको ३ तले कच्ची घर र चाँगुनारायण–२ दुबाकोट फोक्सिनटार चन्द्रिका बुढाथोकीको २ तले पक्की घरमा शुक्रबार विहान अचानक आगलागी हुँदा २३ लाख बराबरको क्षति भएको हो। रमेशनाथ ढुङ्गेलको घरमा करेन्ट सर्ट भई आगोलागी हुँदा नगद, गरगहना, कम्प्युटर, टिभी, मोबाईल, घरायसी फर्निचर, फ्रिज, लत्ताकपडा तथा भाँडा लगायतका सामान जलेर नष्ट भई अन्दाजी एकाइस लाख पचास हजार बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवती रमण पोखरेलले…

Read More

कालीखोलामा ड्याम निर्माण हुने, मेयरले गरे उद्घाटन

कालीखोलामा ड्याम निर्माण हुने, मेयरले गरे उद्घाटन

अभिमन्यु लामीछाने, उदयपुर । जिल्लाको कटारी नगरपालिका १ कालीखोलामा ड्याम निर्माण हुने भएको छ। कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एक कार्यक्रमको बीचमा कालीखोलामा निर्माण गरिने ड्यामको बिधिवत् रुपमा उद्घाटन गरेका छन् । नगरपालिकाको ३५ लाखमा निर्माण गरिने उक्त ड्यामको निर्माणले कालीखोला र चौफालका स्थानियहरु लाभान्वित हुने मेयर श्रेष्ठले बताएका छन् । सिँचाईको सुबिधाबाट करीब ४ सय घर धुरी वन्चित भएका चौफाल र कालीखोलाका जनतालाई सिँचाईको सुबिधा उपभोग गर्नको लागि ड्यामको निर्माण गर्न लागिएको मेयर श्रेष्ठले जानकारी गराए । ५५ मिटर लम्बाई रहने उक्त ड्याम निमार्ण गरे सँगै माथिबाट खोलामा पुलको…

Read More

सुप विश्वविद्यालयका अवैधानिक नियुक्ति खारेजको माग गर्दै अखिल क्रान्तिकारीले निकाल्यो यस्तो विज्ञप्ति

सुप विश्वविद्यालयका अवैधानिक नियुक्ति खारेजको माग गर्दै अखिल क्रान्तिकारीले निकाल्यो यस्तो विज्ञप्ति

सुदुरपश्चिम विश्व विद्यालय केन्द्रीय क्याम्पसमा गरिएका अवैधानिक नियुक्ति तत्काल खारेज गर्न विप्लव निकटको अनेरास्ववियु क्रान्तिकारीले माग गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियु क्रान्तिकारी महेन्द्रनगरले यस्तो माग गरेको छ । इन्चार्ज विरेन्द्र शाह र संयोजक भरत विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । क्याम्पस प्रमुख भुपेन्द्र विष्टले अबैधानिक नियुक्ति घरमै पुगेर बाड्ने गरेका छन् । वैधानिक रुपमा प्रक्रियामा रहेका कर्मचारीलाई नियुक्ति नगरी क्याम्पस प्रमुखले विद्यालय नै धरासायी बनाउने गरी घृणित भएको उल्लेख छ । साथै क्रान्तिकारीले अवैधानिक नियुक्ति पाएका कर्मचारीलाई नियुक्ति नबुझ्न र विश्वविद्यालय हाताभित्र प्रवेश समेत नगर्न कडा…

Read More

जातीय तथा लैङ्गिक विभेदका विषयमा संवाद

जातीय तथा लैङ्गिक विभेदका विषयमा संवाद

समग्र विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद विषयक संवाद कार्यक्रम शुक्रवार कैलालीको बौनियामा सम्पन्न भएको छ । दलित महिला सङ्घ कैलालीको आयोजनामा भएको संवाद कार्यक्रममा समाजमा हुने विभिन्न जातीय तथा लैङ्गिक विभेदका विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा सहभागी महिलाहरूले आफ्नो समाज र टोल छिमेकमा भए गरेका विभिन्न घटनाका बारेमा सरोकावालासँग संवाद गरेको हुन् । संवाद कार्यक्रममा दर्दगोरिया गाउँपालिका उपाध्यक्ष भगवती डगौरा थारु, दलित महिला सङ्घ (फेडो) कैलालीकी सदस्य रमा बादी लगायत स्थानीयको सहभागिता थियो । कार्यक्रममा उपाध्यक्ष थारुले उल्लिखित समस्याहरूको समाधानका लागि गाउँपालिकाले ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता…

Read More