खोटाङको दिप्रुङ गाँउपलिकाको बजेटबाट गाडी किनेर अध्यक्षको काठमाण्डौमा मस्ती

खोटाङको दिप्रुङ गाँउपलिकाको बजेटबाट गाडी किनेर अध्यक्षको काठमाण्डौमा मस्ती

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाको विकासको लागी छुट्टाइएको बजेटबाट गाडी किनेर अध्यक्षले व्यक्तिगतरुपमा अस्वाभाविक काममा प्रयोग गर्ने गरेको भेटिएको छ । ६ महिनाअघि गाउँपालिकाको विकासका लागी गएको झन्डै ५३ लाख बजेटबाट किनेको गाडीमा केही युवा युवतीसहित काठमाण्डौका रेस्टुरेन्ट चाहार्ने गरेको भेटिएपछि यस्तो खुलासा भएको हो । शनिवार साँझ गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले आफूसहित अन्य केही युवायुवतीलाई बा २ झ ३८४९ नम्बरको महिन्द्रको स्कार्पियोमा राखेर लाने ल्याउने देखी राती अबेरसम्म रेष्टुरेण्टमा भोज लाउँदै गरेको अवस्थामा भेटिएको थियो । सरकारी गाडी व्यक्तिगत मोजमस्तीमा प्रयोग गरेको विषयमा हामीले राखेको जिज्ञासामा राईले उक्त गाडी आफ्ना…

Read More

भारतीयहरूले मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्ने गरेको तथ्याङक सार्वजनिक

भारतीयहरूले मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्ने गरेको तथ्याङक सार्वजनिक

भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप्स प्रयोग गर्ने गरेको पाइएको देखिइएको छ । सर्वेक्षणमा औषत ५१ एप्सको प्रयो भारतीयहरूले प्रयोग गर्ने गरेका छन् । अधिकांश भारतीयले आफ्ना मोबाइलमा भएका एप्समध्ये २४ एप्सको प्रयोग गर्ने गरेका छन् । धेरै भारतीयहरूले एप्सलाई प्रयोग गर्ने नभएपनि मोबाइलमा ती सफ्टवेयरलाई प्रयोग गर्ने गरेका र जसका कारण उनीहरूका फोन सेट नै…

Read More

आफ्नै नातीले गरे बाजे र बज्यैको हत्या

आफ्नै नातीले गरे बाजे र बज्यैको हत्या

बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । लोकेन्द्र आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हानेर बाजे र बज्यैको हत्या गरेको हो । लोकेन्द्रको सन्तुलन ठीक नभएको भन्ने बुझिएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने

–रामहरि न्यौपाने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ । दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार दुर्घटनाका क्रममा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा घटनास्थल नजिकै रामतीमा ज्यान गुमाएका थप एकजना गरी १९ जनाको शव आज आफन्तलाई जिम्मा लगाइएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये उपचारका क्रममा एक जनाको काठमाडौँमा…

Read More

धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन : गभर्नर डा. नेपाल

धनी बन्न विदेश जानै पर्दैन, घुस खानै पर्दैन : गभर्नर डा. नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताउनुभएको छ । यहाँ आज आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उहाँले भन्नुभयो, “देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।” गभर्नर डा नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । “व्यापार भनेको नयाँ अन्वेषण र योजना हो”, उहाँले भन्नुभयो, “व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब…

Read More

कांग्रेस जिल्ला नेताको घरमा बस्ने १४ वर्षीय बालिका मृत अवस्थामा फेला

कांग्रेस जिल्ला नेताको घरमा बस्ने १४ वर्षीय बालिका मृत अवस्थामा फेला

अभिमन्यु लामीछाने, उदयपुर । नेपाली कांग्रेसका जिल्ला नेताको घरमा पढ्न बसेकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । बेलका नगर सभापती कांग्रेस नेता सुशिल सेडाईको घरमा पढ्न बसेकी बेलका नपा ४ की राधिका तिम्सिना मृत अवस्थामा फेला परेकी हुन् । इलाका प्रहरी कार्यालय रामपुरले शुक्रबार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत अवस्थामा भेटिएकी हुन् । ‘घरमा पढन बसेकी बालिका कोठमा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी पुग्दा झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला पार्यौं ।’ इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नविन सिंहले भने ‘दुई तले घरको भुईं…

Read More

बाटो खन्ने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

बाटो खन्ने क्रममा ढुङ्गाले लागेर बालकको मृत्यु

बेझाड (पाल्पा), ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटास्थित धजा बान्ने स्थानमा एक बालकको मृत्यु भएको छ । आज दिउँसो बा२क ७४७३ नंको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुङ्गाले लागेर सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका– २ सोमादीका सात वर्षीय रोजित रास्कोटीको मृत्यु भएको हो । छहरा, अमलावास हुँदै तान्सिङ्ल जोड्ने मोटरबाटो खन्ने क्रममा ढुङ्गाले लागेर रास्कोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । डोजर र चालकलाई नियन्त्रणमा लिर्इ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विनोद अधिकारीले जानकारी…

Read More

काठमाडौँमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने

काठमाडौँमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने

बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न…

Read More

‘ए’ डिभिजन लिग : शनिबार भएको खेलमा च्यासल युथ क्लव र थ्रीस्टार क्लव विजयी

‘ए’ डिभिजन लिग : शनिबार भएको खेलमा च्यासल युथ क्लव र थ्रीस्टार क्लव विजयी

काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको खेलमा च्यासल युथ क्लव र थ्रीस्टार क्लव विजयी भएका छन् । च्यासल युथ क्लबले ब्रिगेड ब्याइज क्लब र थ्रीस्टार क्लबले मच्छिन्द्रलाई पराजित गरेको हो । शनिबार हलचोक स्थित सशस्त्र प्रहरीको मैदानमा भएको पहिलो खेलमा च्यासलले ब्रिगेड ब्याइजलाई दुई शुन्य गोलले पराजित गर्यो । खेलको पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । पहिलो हाफमा पनि च्यासलले दुई वटा राम्रा मौकाको सदुपयोग गर्नसकेन । जसका कारण उसले पहिलो हाफ बराबरीमा चित्त बुझायो । ४१ औं मिनेटमा सन्तोष साउखलको प्रहारले सहि…

Read More

वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दिए । उनले भने, “यसका लागि हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।” उनले नयाँनयाँ राजमार्ग निर्माणको कामको पनि थालनी गरिएको बताउँदै भूकम्पपछि बन्द भएको अरनिको राजमार्ग आगामी जेठ÷असार महिनाभित्रै पुनः सञ्चालनमा ल्याइने बताएका छन् । सरकार आफै किनेर रेल सञ्चालन गर्नेगरी दुईवटा रेल आफै किन्न लागेको बताउँदै…

Read More