बाग्लुङमा दिउँसो भएको आगलागीमा एकजनाको मृत्यु

बाग्लुङमा दिउँसो भएको आगलागीमा एकजनाको मृत्यु

बाग्लुङको काठेखोला गाउँपालिका–८ लेखानी भन्ने स्थानमा आईतबार भएको आगलागीमा परि एकजनाको मृत्यु भएको छ । दिउँसोको समयमा घरमा लागलागी हुँदा ४० वर्षीय जीत बहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । परिवारमा दुई छोरी रहेका मध्ये एक छोरी स्कुल गएको र अर्को छोरी घर बाहिर रहेका बेला आगो लागेको थियो । घरमा लागेको आगो निभाउने क्रममा क्षेत्रीको जलेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ । आगलागीमा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

Read More

‘ए’ डिभिजन लिग : नवौँ चरणका खेल सोमबारदेखि

‘ए’ डिभिजन लिग : नवौँ चरणका खेल सोमबारदेखि

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणका खेल सोमबारदेखि हुनेछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नवौं चरणका खेल सोमबार, मङ्गलबार र बुधबार हुनेछन् । सोमबार तीन तथा मङ्गलबार र बुधबार दुई/दुई खेल हुने लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिएका छन् । सोमबार पहिलो खेल न्युरोड टीम (एनआरटी) र हिमालयन शेर्पाबीच हुनेछ । एनआरटी जितविहीन रहँदै एक अङ्कका साथ लिगको पुछारमा छ । एघार अङ्कसहित हिमालयन शेर्पा सातौँ स्थानमा छ । सोमबार नै दोस्रो खेल सरस्वती युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । नौ अङ्कसहित सरस्वती नवौँ…

Read More

खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरी बलात्कृत

खोलामा लुगा धुन गएकी  १३ वर्षीया किशोरी बलात्कृत

लमजुङ प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र राजकुमार तामाङ छन् । मंसिर २९ गते साँझ दोर्दी गाउँपालिकाको किसेदी खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरीलाई विशालले करणी गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । विशालपछि साथमा रहेका राजकुमारले पनि बलात्कार प्रयास गरेका थिए । तर नसकेपछि उनी तत्कालै फरार भएको प्रहरीले जनाएको छ । बालिका बलात्कारपछि फरार रहेका तामाङद्धयलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद…

Read More

तीन लाख वेभसाइट बन्द गर्छाैँ : मन्त्री बाँस्कोटा

तीन लाख वेभसाइट बन्द गर्छाैँ : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । “मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा…

Read More

युनाइटेड सिमेन्ट्सको राजमिस्त्री तथा ठेकेदारलाई जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

युनाइटेड सिमेन्ट्सको राजमिस्त्री तथा ठेकेदारलाई जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ, के.एल. दुगड ग्रुपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रा. लि. ले गण्डकी र धौलागिरीको विभिन्न स्थानमा राजमिस्त्री तथा ठेकेदारलाई समावेश गरि जानकारी मूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सिमेन्ट्सले गोरखा, डुम्रे, खैरेनीटार, दुलेगौंडा, पोखरा, लेखनाथ र बाग्लुङ गरि विभिन्न स्थानमा सो कार्यक्रम सम्पन्न गरेको उद्योगका क्षेत्रीय बजार प्रतिनीधि हेमलाल श्रेष्ठले जानकारी दिएका छन् ।  राजमिस्त्री तथा ठेकेदारको निर्माण सम्बन्धि कुनै पनि कार्यमा निकै नै ठूलो भूमिका तथा जिम्मेवारी रहने हुनाले उनीहरुमा सिमेन्ट सम्बन्धि राम्रो ज्ञान हुनुपर्ने साथै भूकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रोफिटिङ सम्बन्धि जानकारी हुनुपर्ने अति आवश्यक देखिएकोले यो किसिमको जानकारी…

Read More

छोरी र श्रीमती हत्या आरोपमा पक्राउ

छोरी र श्रीमती हत्या आरोपमा पक्राउ

श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटाँैडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जान मियाँ दर्जीलाई सो हत्याको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । सोही हत्यामा संलग्नको आरोप लागेका रम्जानका भाइ अरमान फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ । हत्याका आरोपित रम्जानले पटकपटक श्रीमतीसँग झगडा भएको र श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै हेटाँैडा–१९ नेवारीपानीस्थित रातु खोलामा हत्या गरेको स्वीकार गरेको बताइएको…

Read More

यमनमा युद्धविराम भएकै बेला भिडन्त, २९ को मृत्यु

यमनमा युद्धविराम भएकै बेला भिडन्त, २९ को मृत्यु

दुबइ, विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र स्थानीयबासिन्दाले आइतबार बताएका छन् । शनिबार राति भएको भिडन्तमा परी कम्तीमा २९ लडाकुको मृत्यु भएको छ । मृत्यु भएका मध्ये २२ जना हुथी विद्रोही रहेको जनाइएको छ । अल डुरायहिमी जिल्लामा भएको भिडन्तका क्रममा सात जना विद्रोहीलाई नियन्त्रणमा लिएको पनि सरकार पक्षीय श्रोतले जनाएको छ । घटनास्थल होडेइडा देखि २० किलोमिटर टाढा पर्दछ । स्थानीय बासिन्दाले टेलिफोनमा दिएको जानकारी अनुसार गोली हानाहानको आवाज…

Read More

अध्यादेश समयसापेक्ष नभएको आरोप

अध्यादेश समयसापेक्ष नभएको आरोप

खस्यौली, स्थानीय तहमा कार्यरत कर्मचारीले कर्मचारी समायोजन अध्यादेश २०७५ समयसापेक्ष नभएको आरोप लगाएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीले आज यहाँ पत्रकार सम्मेलन गरी स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारण हुनुपर्ने बताएका छन् । उनीहरुले ग्रेड, तह र स्तरवृद्धिसहित विभिन्न माग राख्दै सोमबार स्थानीय तहमा कामकाज ठप्प गरी धर्ना बस्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । “सरुवा व्यवस्थापन गर्न कठिनाइ देखिएको र कर्मचारी समायोजन अध्यादेशले हामीलाई विभेद गरेको छ,” बुटवल उपमहानगरपालिकामा कार्यरत सितुप्रसाद श्रेष्ठले भने । उनले आफ्ना मागको सुनुवाइ नभए…

Read More

श्री एयरलायन्सले विमान सेवा कटैती गरेपछि यात्रु समस्यामा

श्री एयरलायन्सले विमान सेवा कटैती गरेपछि यात्रु समस्यामा

अनिल पोखरेल, राजविराज । श्री एयरलायन्स कम्पनीको विमानले नियमित उडान शुरु गरेको ६ महिना नवित्दै विमान सेवा कटैती गरेपछि यात्रु समस्यामा परेका छन् । गत असार १० गते देखि श्री एयरलायन्सले साताको ६ दिन राजविराज काठमाण्डौ नियमित उडान भर्दै आईरहेको थियो । श्री एयरलायन्सको ५० सिट क्षमता भएको जेट विमानले सेवा शुरु गरेपछि यात्रुको चाप दिन प्रतिदिन बढी रहेको श्री एयरका राजविराज स्टेशन म्यानेजर सुरेश मल्लीकले वताए । ६ महिनामा राजविराजवाट १३ हजार ६ सय ३१ र काठमाण्डौवाट राजविराज ९ हजार ६७ जना यात्रुले यात्रा गरिसकेका छन् । विराटनगर र…

Read More

घरमै बसेर हवाई टिकट

घरमै बसेर हवाई टिकट

नेपाल वायुसेवा निगमले आन्तरिकतर्फको हवाई सेवामा पनि अनलाइन बुकिङ सेवा सुरु गरेको छ । निगमले गतवर्षबाटै अन्तर्राष्ट्रियतर्फको हवाई सेवामा अनलाइन बुकिङ थालेको थियो । अब घरमै बसेर वायुसेवा निगमको सेवाका लागि घरमै बसेर यात्रुले टिकट काट्न पाउनेछन् । यसअघि यात्रुले नेपाल एयरलाइन्सको कार्यालयमै पुगेर टिकट काट्नुपर्ने बाध्यता थियो । ‘सेवा सुरु गरेको ६० वर्षपछि निगमले आन्तरितर्फ पनि अनलाइन बुकिङ सेवा सुरु गरेको हो ।  यो सेवा सुरु भएपछि निगमलाई अन्य हवाई कम्पनीसँग प्रतिस्पर्धा पनि सहज हुनेछ । निगमले अहिले विभिन्न आन्तरिक हवाई गन्तब्यमा उडान भरिरहेको छ । निजी क्षेत्रका कम्पनी…

Read More