महन्थ बैकुण्ठ दास बैष्णव १५ लाख धरौटीमा रिहा

महन्थ बैकुण्ठ दास बैष्णव १५ लाख धरौटीमा रिहा

आलोक यादव , सिरहा। जनकपुरस्थित रत्नसागर मठका महन्थ बैकुण्ठ दास बैष्णव धरौटीमा रिहा भएका छन्। सरकारी कागज कीर्ते र ठगी मुद्दाका अभियुक्त बैष्णवलाई २ पुसमा जिल्ला अदालत धनुषाले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। उनीसँगै सरकारी कागज कीर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। उनलाई जलेश्वर कारागार पठाइएको छ। न्यायाधीश राजेश कट्वालको इजलासले धरौटीमा थुनामुक्त गर्न आदेश गरेलगत्तै बैकुण्ठका सहयोगीहरूले अदालतमा धरौटीवापतको रकम पुर्‍याएका थिए। थुनामुक्त हुँदा बैकुण्ठले अदालती आदेशलाई सत्यको जितको संज्ञा दिए। जनक हजारी विद्यापीठको २ बिघा…

Read More

भारतले मालदिभ्सलाइ एक अर्ब ४० कराेड डलर सहयाेग दिने घाेषणा

भारतले मालदिभ्सलाइ एक अर्ब ४० कराेड डलर सहयाेग दिने घाेषणा

नयाँ दिल्ली, भारत, भारतको निकट मानिने मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार मालदिप्सका अधिकारीहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि मालदिभ्सका राष्ट्रपति सोलिहले सञ्चारकर्मीहरूसँग भने, “निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ ।” उनले भने, “घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार व्यवसायलाई प्रवद्र्धन सम्भव भएको छ । भारत बङ्गलादेशको एक निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो ।” भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत…

Read More

निर्मला हत्यासम्बन्धी प्रतिवेदन हस्तान्तरण

निर्मला हत्यासम्बन्धी प्रतिवेदन हस्तान्तरण

कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी…

Read More

‘सबै घरमा खानेपानी पुर्याउँछौँ’

‘सबै घरमा खानेपानी पुर्याउँछौँ’

प्रदेश नं। ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सबै घरमा खानेपानीपुर्याइने  बताएकछन् । छन् । दाङको बबई गाउँपालिका–५ को सिमगैरा खैरभट्टी खानेपानी उपभोक्ता संस्थाको आज उद्घाटन गर्दै उनले कुनै पनि नागरिक खानेपानीबाट वञ्चित हुन नहुनेमा जोड दिए । अझै पनि प्रदेशका धेरै बस्तीमा खानेपानी समस्या रहेको उल्लेख गर्दै उनले समस्या अन्त्य गर्न सरकार तत्पर रहेको बताउनुभयोे । उनले भने, “एक घर, एक धारा अभियानलाई सार्थकता तुल्याइने छ ।” कार्यक्रममा प्रदेशसभा सदस्य उत्तरकुमार वलीलगायतले बोलेका थिए ।  

Read More

एनएमबि बैंकले विनाधितो १५ लाखसम्मको कर्जा दिने

एनएमबि बैंकले विनाधितो १५ लाखसम्मको कर्जा दिने

एनएमबि बैंकले लघु तथा विपन्न वर्गका विना धितो १५ लाखसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। सुरकारद्धारा जारी गरेको सहुलियतपूर्ण ऋणका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंकले लागि तीन लाखदेखि १५ लाख सम्मको कर्जा उपलब्ध गराउने भएको हो। बैंकले सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा विपन्न वर्गलाई लक्षित गरी एनएमबि सहुलियतपूर्ण कर्जा संचालनमा ल्याएको जानकारी गराएको हो। जसअन्तर्गत विभिन्न आठ प्रकारका व्यवसाय गर्न बैंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराउने छ भने सात प्रकारका ऋण विना धितो उपलब्ध गराउने बैंकले जानकारी गराएको छ। बैंकले महिला उद्यमशीलता कर्जाअन्तर्गत १५ लाख रुपैयाँ…

Read More

सुरक्षा गार्डबाट तीन वर्षीया बालिका बलात्कृत

सुरक्षा गार्डबाट तीन वर्षीया बालिका बलात्कृत

भारतको राजधानी नयाँदिल्लीमा छिमेकीबाट बलात्कृत तीन वर्षीया बालिकाको अवस्था चिन्ताजनक रहेको छ ।बालिका बस्ने भवनमा सुरक्षा गार्डकारूपमा कार्यरत् ४० वर्षीय आरोपीलाई पक्राउ गरिएको छ ।प्रहरीले अचेत अवस्थामा फेलापरेकी बालिकालाई अस्पताल पुर्‍याएको थियो । उनको शल्यक्रिया भइरहेको बताइएपनि उनको अवस्था भने स्पस्ट भएको छैन ।पीडित बालिकाका आमाबुवा दैनिक ज्यालादारी गर्छन् र घटनाका बेला उनीहरू घरमा थिएनन् ।आरोपीले मिठाइको प्रलोभन देखाएर बालिकालाई घरबाहिर लगेको बताइएको छ ।प्रहरीले आरोपीविरुद्ध बालबालिकालाई यौन आक्रमणबाट जोगाउने ऐनअन्तर्गत् मुद्दा दर्ता गराएको छ । आरोप प्रमाणित भए उनलाई मृत्युदन्ड हुनसक्छ ।दिल्लीमा एउटा बसमा एकजना किशोरीको क्रुरतापूर्वक बलात्कार भएको…

Read More

नक्कली नागरिकता बनाउन खोज्ने पक्राउ

नक्कली नागरिकता बनाउन खोज्ने पक्राउ

महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाइँलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही नगरपालिका–३ बस्ने ३९ वर्षीया सिवो देवी र उनका ज्वाइँ भारत विहारको मुजफ्फरपुरको शिवदासपुर दौरा असली पञ्चायत वडा नं ६ बस्ने २१ वर्षीय राजपाल सहनी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर आचार्यले बताए । सासू सिवो देवीले ज्वाइँ राजपाललाई आफ्नो छोरा सरोज सहनी बनाई नागरिकता दिलाउनका लागि झूटो विवरण पेश गरेको अवस्थामा प्रशासनले शङ्का लागी सोधपुछ गर्दा दोषी देखिएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । प्रहरीले…

Read More

कञ्चनपुरमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध

कञ्चनपुरमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध

विद्युत् सब–स्टेशनका कर्मचारीका आफन्तले शव उठाउन नदिँदा कञ्चनपुरमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँको बेदकोट नगरपालिका–७ लालपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब–स्टेशनमा कार्यरत सुरक्षागार्ड भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको आइतबार बिहान ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भएको थियो । दुई दिनदेखि पूर्व–पश्चिम राजमार्गको लालपुरमा यातायातसमेत अवरुद्ध भएको छ । घटनाको यथार्थ छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले सब–स्टेशनमा तोडफोड गरेका छन् । अवरोधका कारण शव ट्रान्सफर्मरमै अड्केकोे छ । जिल्ला प्रशासन कार्यालयमा शव उठाउन र अवरोध हटाउन सहमतिको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही कारण…

Read More

दुर्गम गाउँमा टेलिकमका टावर सञ्चालनमा

दुर्गम गाउँमा टेलिकमका टावर सञ्चालनमा

सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरी थाङ्पालगाउँपालिकामा नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएका छन् । आजदेखि पाँचपोखरी थाङ्पाल–१ जतन र वडा नं ३ भोताङमा नेपाल टेलिकमको टावर सञ्चालन गरिएका हुन् । गाउँपालिकाला उपप्रमुख सुनिता अधिकारी, नेपाल टेलिकमका निर्देशक अनन्तकुमार सिहं, गाउँपालिकाका प्रवक्ता पासाङ लामा, १ नं वडाका अध्यक्ष सूर्यमान दोङ र ३ नं वडाका वडाध्यक्ष ङिमा छिरिङ तामाङले संयुक्तरुपमा टावरको उद्घाटन गरेका थिए । टावर सञ्चालनमा आएसँगै स्थानीयवासीलाई फोन गर्न डाँडा चढ्नु पर्ने समस्याको अन्त्य भएको छ । यसबाट दुर्गम भेगका १५ वडा लाभान्वित भएका छन् ।

Read More

बिहेको प्रलोभन देखाएर १४ वर्षीया बालिका बलात्कार

बिहेको प्रलोभन देखाएर १४ वर्षीया बालिका बलात्कार

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दिवासले बर्दिबास नगरपालिका ४ माइस्थानका रविशंकर क्याप्छाकी मगरलाई पक्राउ गरेको हो ।मगरले बिवाह गर्ने प्रलोभन देखाएर राति जंगलमा लगेर १४ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको भनाइ छ । बालिकाको परिवारजनले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरीएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । ती बालिकालाई शनिबार साँझ युवकले जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको र थप अनुुसन्धान भइरहेको डिएसपी खड्काले बताए ।

Read More