फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य , हेर्नुहोस् केमा कति ?

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य , हेर्नुहोस् केमा कति ?

काठमाडौं :  नेपाल आयल निगमले फेरि इन्धनको मूल्य घटाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुईदुई रुपैयाँ घटाएको हो। स्वचालित मूल्य संरचना अनुसार इण्डियन आयल कार्पेरेशन (आईओसिीले) पठाएको नयाँ मूल्य सूची प्राप्त भएपछि इन्धनको मूल्य समायोजन गरेको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। मूल्य समायोजन भएसँगै अब पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९७ पुगेको छ। यसअघि पेट्रोलको मूल्य ११२ थियो भने डिजेल र मट्टीतेलको मूल्य ९९ रुपैयाँ थियो।

Read More

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्दै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्दै

चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ । विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञसहितको समूह सोमबार निकुञ्जको अध्ययन गरी आज फर्किएको छ । संयोजक आचार्यका अनुसार निकुञ्जभित्रका घाँसेमैदान, पानीका स्रोत र दलदल भएका ठाउँ, गैँडाको राम्रो वासस्थान रहेका क्षेत्रलगायतको स्थलगत अध्ययन गरिएको छ । सोसँगै गैँडासँग सम्बन्धित सम्पूर्ण तथ्याङ्क पठाउन निकुञ्ज कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो । कार्यदलले समग्र निकुञ्जको भूभागमध्ये गैँडाको वासस्थानको अवस्थाका बारेमा पनि कार्यालयसँग जानकारी…

Read More

चिकित्सक र भवनबिनाको अस्पतालमा मन्त्री

चिकित्सक र भवनबिनाको अस्पतालमा मन्त्री

सरकारी अस्पतालका रुपमा रहेको नुवाकोटको एक मात्र जिल्ला त्रिशूली अस्पताल चिकित्सक र भवनको अभावमा बिरामीको उपचारमा समस्या थपिएको छ । नुवाकोटसहित रसुवा र धादिङका उत्तरी क्षेत्रका बिरामीले समेत सेवा लिने अस्पतालमा आवश्यक जनशक्ति र उपचार उपकरणको अभावमा स्वास्थ्य सेवा प्रभावित बनेको हो । विसं २०३२ मा त्रिशूलीको कोलनीमा स्थापना भएको जिल्ला अस्पतालको २०६९ सालमा स्तरोन्नति गरी ५० श्यया सञ्चालनको अनुमति पाएको थियो । तर चिकित्सकदेखि उपकरण र भौतिक पूर्वाधारको अभावका कारण ३७ श्ययामा मात्रै सेवा दिइरहेको छ । अस्पताल यस्तो हालतमा गुज्रिरहेको पाएपछि प्रदेशसभा सांसदहरुसहित ३ नं प्रदेशका सामाजिक विकासमन्त्री…

Read More

प्रहरीलाई कुटपिट गरी यसरी लुटियो प्रहरीका हतियार

प्रहरीलाई कुटपिट गरी यसरी लुटियो प्रहरीका हतियार

वीरगञ्ज। पर्साको सीमावर्ती भारतीय बजार इनर्वातर्फ पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति प्रहरी चौकी पांडेपुरका प्रहरीलाई कुटपिट गरी हतियार लिइ तस्कर फरार रहेका छन् । पांडेपुर नजीकको औरही खोलाको बाटो गरी सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सुचनाका आधारमा राति ३ बजे तिर प्रहरी चौकी पिडारी गुठीबाट गएको टोलीले तस्करलाई रोकन खोज्दा तस्कर र प्रहरीबीच विवाद शुरु भएको थियो । चौकीबाट थप तीन जना प्रहरी घटनास्थल पुगेपछि विवाद झन् चर्किन जाँदा करीब ४० जनाको सङ्ख्यामा रहेका तस्करले प्रहरी जवानलाई लाठी र भाटाले कुटपिट गरी एकनाल…

Read More

कारोवार रोक्ने गतिविधिप्रति धितोपत्र बोर्डको ध्यानाकर्षण

कारोवार रोक्ने गतिविधिप्रति धितोपत्र बोर्डको  ध्यानाकर्षण

नेपाल धितोपत्र बोर्डले विगत केही दिनदेखि लगानीकर्ताले पूँजीबजारसम्बन्धी माग राख्दै दोस्रो बजार कारोवार रोक्नेसम्बन्धी गतिविधि भएकामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी पछिल्लो समयमा मुद्रा तथा पूँजीबजारमा देखिएका समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन भएको जनाइएको छ । ब्याजदर, शेयर बजार र ऋणपत्रलगायत समग्र मूल्याङ्कन गरी वित्तीय स्थायित्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम गरिरहेकोसमेत बोर्डले उल्लेख गरेको छ । सो कार्यदलमा लगानीकर्ताको समेत प्रतिनिधित्व रहेको र प्रतिवेदन बुझाउने क्रममा रहेको भन्दै बोर्डले…

Read More

अमेरिकाले गर्यो मेक्सिको सीमामा तैनाथ सेनाको संख्या कटौती

अमेरिकाले गर्यो मेक्सिको सीमामा तैनाथ सेनाको संख्या कटौती

संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मध्ये अमेरिकी देशहरु खासगरी होन्डुरसबाट ठूलो संख्यामा आप्रवासीहरु अमेरिका प्रवेशका लागि अघि बढेको भन्दै भन्सार तथा सीमा सुरक्षा बल (सीबीपी)को सहयोगका लागि थप सेना परिचालन गरिएको थियो । अमेरिकी रक्षा विभागका प्रवक्ता रोबर्ट म्यानिङले भन्नुभयो, “हाल सीमा क्षेत्रमा तैनाथ अमेरिकी सेनाको संख्या करिब तीन हजार मात्र…

Read More

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

सङ्घीय संसद्को अधिवेशन पुस ११ गते बुधबारका लागि आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गर्नुभएको छ । नेपालको संविधानअनुसार, राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११ गते बुधवार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय सदनको समय समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ ।

Read More

अन्तर प्रदेश बैठकः पुस मसान्तभित्र वित्त आयोग र माघभित्र प्रदेशको अधिकार सूची गर्नु पर्ने प्रस्ताव

अन्तर प्रदेश बैठकः पुस मसान्तभित्र वित्त आयोग र माघभित्र प्रदेशको अधिकार सूची गर्नु पर्ने प्रस्ताव

अन्तर प्रदेश समस्या समाधानका लागि गठित कार्यदलले सङ्घीय कार्यान्वयन सहजीकरण कार्य योजना तयार पार्दै पुस मसान्तभित्र वित्त आयोग बनाउने र माघभित्र प्रदेशको अधिकार सूची गर्नु पर्ने प्रस्ताव गरेको छ । कार्यदलले मङ्गलवार सिंहदरबारमा बसेको प्रदेश परिषद् बैठकमा प्रतिवेदन बुझाउँदै पुस समान्तभित्र वित्त आयोग गठन गरिसक्ने समावधि तोकिएको प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले जानकारी दिनुभयो । त्यस्तै माघभित्र प्रदेशको अधिकार सूची र कार्य जिम्मेवारीअनुसार हन्तान्तरण हुन बाँकी सङ्गठन संरचना हस्तान्तरण हुनेछ । प्रतिवेदनमा समयावधि तोकेर आवश्यक कानुन तर्जुमा गर्ने, आयोग गठन लगायत विषय समावेश गरेको राउतले बताउनुभयो । चैत…

Read More

नेपालमा भारतिय नोट प्रतिबन्धले सिमावर्ती क्षेत्रमा मर्का

नेपालमा भारतिय नोट प्रतिबन्धले सिमावर्ती क्षेत्रमा मर्का

शम्भू माली, कपिलवस्तु । नेपाल सरकारले भारतिय रुपैयाँ २ सय र २ हजारको नोट प्रतिबन्ध लगाएसँगै सिमावर्ती क्षेत्रमा यसको प्रत्यक्ष असर परेको छ । सिमावर्ती क्षेत्रमा औषधी उपचार गर्न, शिक्षा हाँसिल गर्न, सामान किनमेलको लागी भारतमा जाने गरकोले भारु नोटको अवश्यक रहेको स्थानिय बताउँछन् । भारत सरकारले भ्रष्टाचार र कालो बजारी रोक्नका लागी २०७३ साल मंसिरदेखि भारतिय रुपैयाँ ५ सय र १ हजार रुपैयाँका नोट बजारमा लेनदेन गर्न रोक लगाएको थियो । त्यसपछि २ सय र २ हजारको भारु नोट बजारमा पठायो । तर बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा २…

Read More

झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने २ पक्राउ

झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने २ पक्राउ

आलोक यादव, सिरहा । झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक श्रीपुर गाविस वडा नम्बर २ अहिलेको औरही नपा वडा नम्बर ३ बस्ने ३९ वर्षीय सिवो देवी र विहार प्रान्त मुज्जफरपुर जिल्ला शिवदाशपुर वडा नम्बर ६ दौरा असली भारत बस्ने २१ वर्षीय राजपाल सहनी रहेका छन् । सिवो देवीले आफ्नो ज्वाईँ राजपाल सहनीलाई आफ्नै छोरा हो भनेर नेपाली नागरिकताको प्रमाणपत्र बनाउन खोज्दा उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभयो । प्रहरीको टोलीले उनीहरुको…

Read More