मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

मेलम्ची आयोजनाका कर्मचारी आन्दोलित

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको साइट कार्यालयमा आज आयोजनाका कर्मचारीले धर्ना दिएका छन् । तलब भत्ता लगायतका पारिश्रमिक नदिई ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको भन्दै कर्मचारीले धर्ना शुरु गरेका हुन् । मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले कर्मचारीका मागका विषयमा छलफल गरी टुङ्गो लगाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको कर्मचारीले गुनासो गरेका छन् । कर्मचारीका मागका विषयमा थप छलफल तथा सहमति नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीले बताएका छन् ।

Read More

अब श्रम स्वीकृति लिन काठमाडौं धाउनुनपर्ने

अब श्रम स्वीकृति लिन काठमाडौं धाउनुनपर्ने

काठमाडौं । आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदशस्तरीय श्रम कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेर यो सेवा दिन लागेको हो । अहिलेसम्म काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ । अब विराटनगर, धनुषा, पोखरा बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकति लिन पाइनेछ ।…

Read More

मिश्रको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन

मिश्रको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ का पाले २७ वर्षीय परशुराम मिश्रको लागुऔषध सेवनकर्ता युवाहरुको एक समुहले कुटपिट गरेर हत्या गरेको भन्दै दिनभर बुधबार स्थानीय बासिन्दाहरुले सदरमुकाम राजविराजमा विरोधमा प्रदर्शन गरेका छन् । गत शनिवार राति मिश्रलाई निर्घात कुटपिट गरी गाउँपालिकाको हातामा फालिएको थियो । स्थानीय बासिन्दा र परिवारले उनलाई उपचारका लागि राजविराज स्थीत गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरेका थिए । तर शनिवार राति राजविराजमा उपचार पश्चात थप उपचारका लागि विराटनगर लैजाँदै गर्दा आईतबार दिउँसो बाटोमै मिश्रको निधन भएको थियो । हत्याका मुख्य अभियुक्त भनिएका तिलाठी कोईलाडी–२…

Read More

फरार अपराधी पक्राउ

फरार अपराधी पक्राउ

विभिन्न अपराधमा संलग्न भएर अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गर्न अभियान सञ्चालन गरिरहेको छ । जिल्लामा एक वर्षमा १५२ जना फरार अभियुक्त तथा अपराधी पक्राउ गरेको प्रहरीले जनाएको छ । गत वर्षको मङ्सिरदेखि हालसम्म सो सङ्ख्यामा फरार अभियुक्त तथा अपराधी पक्राउ गरी कानूनी कारवाहीका लागि बुझाइएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। अदालतबाट दोषी ठहर भई फरार भएका र अदालती प्रक्रिया बाँकी रहेका गरी दुवै किसिमका अभियुक्त तथा अपराधीको खोजी तीव्र्र बनाएर पक्राउ गरिएको उहाँले जानकारी दिए । प्रहरीले फरार अपराधी पक्राउ गरेर कैदसहित रु १९…

Read More

विद्युतीय शवदाह गृहमा नौ हजार शव जलाइए

विद्युतीय शवदाह गृहमा नौ हजार शव जलाइए

२०७२ माघ १० गतेदेखि सञ्चालनमा आएको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हालसम्म नौ हजार २५१ शव जलाइएको छ । विद्युतीय शवदाहगृहमा पूर्वमन्त्री एवं न्यूरो सर्जन डा उपेन्द्र देवकोटा र नेपाली नागरिकता लिएकी बारबरा एडम्सलगायतको अन्त्येष्टि भएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत कुमार थापा मगरले जानकारी दिएका छन् । तीन वटा चेम्बर भए पनि हाल दुई वटामात्र चलिरहेको कोषले जनाएको छ । दुई वटा चल्दा पनि आलोपालो गर्नुपर्छ । अर्को चेम्बर चलाउन टेण्डर आह्वान गर्ने प्रक्रिया सुरु भएको छ । विद्युतीय शवदाह गृहमा आकर्षण बढे पनि पालो कुर्नुपर्ने समस्या रहेको जनाइएको…

Read More

मेङ क्यानडामा पक्राउ परेपछि चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ

मेङ क्यानडामा पक्राउ परेपछि चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ

चीनमा तेस्रा क्यानाडाली नागरिक पक्राउ परेको क्यानाडाको एक अखबारले बुधबार समाचार प्रकाशन गरेको छ । चिनीयाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृतलाई अमेरिकी अनुरोधमा क्यानाडामा गिरफ्तार गरेयता चीन र क्यानाडाबीच कुटनीतिक तनाब सिर्जना भएको छ । क्यानाडाको विदेश मन्त्रालयले एक जना क्यानाडेली नागरिक गिरफ्तार भएको कुरा जानकारीमा आएको जनाएको छ । तर, मन्त्रालयका प्रवक्ताले विस्तृत विवरण दिन अस्वीकार गरे । क्यानाडेली अखबारले हुवावेका वित्तीय प्रमुख मेङ वान्झाउको गिरफ्तारीसँग पछिल्लो गिरफ्तारी सम्बन्धित रहे नरहेको खुलाएको छैन । चिनीयाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नियमित पत्रकार भेटमा क्यानाडाली नागरिकको गिरफ्तारीका बारेमा जानकारी…

Read More

परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जान्छ : कानून मन्त्री

परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जान्छ : कानून मन्त्री

काठमाडौँ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले निर्वाचित जनप्रतिनिधिको उच्च निकाय संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको तथ्यले उजागर गरिरहेको बताएका छन् । नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित ‘संविधानको प्रभावकारी कार्यान्वयन स् फौजदारी आचार संहितका मौलिक अधिकारको संरक्षण’ विषयको अन्तरक्रियामा उनले लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्माण भएको नेपालको संविधानको गरिमा र उचाइबारे अन्तर्राष्ट्रिय समुदायलाई गोष्ठी र अन्तर्क्रियाका माध्यमबाट अझै जानकारी गराउन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । फौजदारी संहितासम्बन्धी कानून लागू गर्ने समयमै संशोधनको बोध भएको बताउँदै मन्त्री ढकालले भने, “समय र परिस्थितिअनुसार कानून परिमार्जन…

Read More

आरोपीले नदीमा फालहालेपछि प्रहरीचौकी तोडफोड र हवाइफायर

आरोपीले नदीमा फालहालेपछि प्रहरीचौकी तोडफोड र हवाइफायर

विदुर, वाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्तले त्रिशूली नदीमा फालहालेका छन् । नुवाकोट र रसुवाको सिमाना मैलुङ शान्तिबजारमा निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण सामग्री चोरिरहेको क्रममा पक्राउ परेका चारमध्ये एक युवक त्रिशूली नदीमा फालहालेको नुवाकोट प्रहरी कार्यालयले जनाएको छ । आज बिहान २ बजे सो आयोजनाको निर्माण सामग्री पाइप र फलाम चोरिरहेको क्रममा पक्राउ परेका रसुवाको उत्तरगया गाउँंपालिका वडा नं २ का १९वर्षीय मैते तामाङ प्रहरीको घेरा तोडेर त्रिशूली नदीमा हाम्फालेको किस्पाङका अध्यक्ष छत्रबहादुर लामाले बताए । नुवाकोट प्रहरीले समन्वयात्मक रुपमा…

Read More

चोरीका १४ थान टिभीसहित ६ जना पक्राउ

चोरीका १४ थान टिभीसहित ६ जना पक्राउ

काठमाडौंको थापागाउँस्थित एक कोठाबाट चोरीका १४ थान टिभीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मध्यपुर ठिमी नगरपालिका ५, राधेराधे स्थित हिम ईलेक्ट्रोनिक्सबाट मंगलबार चोरी भएको थाहा पाउनासाथ खटिएको प्रहरी टोलीले रामेछाप मन्थली नगरपालिका–४ घर भई थापागाउँ बस्ने ३६ वर्षीय राजु काफ्लेको कोठाबाट विभिन्न साईजका १४ थान टिभी बरामद गरेको हो। पक्राउ पर्नेहरुमा काफ्ले लगायत रामेछाप लिखु तामाकोशी गाउँपालिका १ घर भई भक्तपुर कटुन्जे बस्ने २७ वर्षीय दिनेश पौडेल, दोलखा तामाकोशी घर भई हाल काँडाघारी बस्ने २१ वर्षीय शिव फुँयाल, रामेछाप, लिखु तामाकोशी घर भई हाल अनामनगर बस्ने २५ वर्षीय…

Read More

कोइला बालेर सुतेका एक दम्पती काठमाडौंमा मृत भेटिए

कोइला बालेर सुतेका एक दम्पती काठमाडौंमा मृत भेटिए

काठमाडौंमा एक दम्पत्ति मृत भेटिएका छन् । दक्षिणकाली नगरपालिका–९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको छ। ब्रोइलर कुखुराको चल्लालाई ताप दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीले निसास्सिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

Read More