बाग्लुङको बलेवामा ट्याक्टर दुर्घटना एकको मृत्यु

बाग्लुङको बलेवामा ट्याक्टर दुर्घटना एकको मृत्यु

  बागलुङ जिल्लाको बागलुङ नगरपालिका १२ सरङ्गी भन्ने स्थानमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । विहिबार साँझ बाग्लुङबाट कुश्मीसेरातर्फ गईरहेको ना ७ त ११०५ नम्बरको ट्याक्टर दुर्घटनामा एकजनाको मुत्यु भएको स्थानीय कृष्ण शर्माले जानकारी दिएका छन । तीब्र गतिमा रहेको ट्याक्टर एक्कासी दुर्घटना हुदाँ चालक ट्याक्टरमुनी च्याँपिएको अवस्थामा फेला परेका थिए । मृतकको परिचय खुल्न सकेको छैन ।  

Read More

श्रीलङ्कामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन

श्रीलङ्कामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन

कोलम्बो, श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँगको सात हप्ता लामो संघर्षपछि राष्ट्रपति सिरिसेनाले मन्त्रीहरू नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए । “संचार माध्यम र प्रहरीलाई साथमा राखेर नियुक्त गर्न चाहेकाले उहाँले मन्त्रीहरू नियुक्त गर्न ढिला भएको हो,” सरकारका प्रवक्ता रजिथा सेनारत्नेले बताए । नयाँ मन्त्रीपरिषद्को कानुन मन्त्रीमा भने कसैलाई नियुक्त नगरिएको उनले जानकारी दिएका छन् । विक्रमासिङ्घेको पहिलेको सरकारका अर्थ र…

Read More

जबर्जस्ती करणीको अभियोगमा पाँच पक्राउ

जबर्जस्ती करणीको अभियोगमा पाँच पक्राउ

किशोरी करणी गरेको आरोपमा प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । यसरी अनुसन्धानका लागि पक्राउ परेकामा कैलाली अत्तरिया नगरपालिका ६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच जना रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । धादिङ घर भई हाल चन्द्रागिरि नगरपालिका बस्ने १५ वर्षीया किशोरीलाई बुधबार बेलुका जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । चन्द्रगिरि नगरपालिकाको हालक्ष्मीस्थान नजिक ती किशोरीलाई अपरिचित व्यक्तिको समूहले त्रास देखाई जबर्जस्ती करणी गरेको भन्ने स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको…

Read More

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अहिले बसिरहेको बैठकमा समृद्धिको लहर ल्याउन दुईमहीने अभियान शुरु गर्ने तयारीका विषयमा छलफल भएको बताएका छन् । शहीद स्मृति माध्यामिक विद्यालय पारसनगरको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गर्नुहुँदै उनले देशलाई समृद्ध बनाउनका लागि अभियानात्मकरुपमा जान जरुरी रहेको बताए । सामान्यरुपले गएर नहुने भन्दै दाहालले भने, “हामी अहिले बसिराखेको पार्टीको बैठकमा दुईमहीने अभियान तुरुन्तै देशभरि, जनतालाई, पार्टीका साथीलाई र अन्य राजनीतिक दललाई पनि सँगसँगै समृद्धिको यात्रामा सहभागी गराउने विचार गर्दैछौँ ।” विगतमा झैँ आउँदा…

Read More

लुकीछिपी सम्बन्ध: बाबुलाई उन्मुक्ति, आमालाई सास्ती

लुकीछिपी सम्बन्ध: बाबुलाई उन्मुक्ति, आमालाई सास्ती

‘वर्जित सम्बन्ध’ बाट गर्भवती भएर डर र आवेशमा नवजात शिशुको हत्या गर्ने थुप्रै आमा अहिले कारागारमा छन् । तर, त्यस्तो सम्बन्ध राखेका कारणले पुरुषहरू जेल बस्नु परेको छैन । शिशुहत्याको आरोपमा कारागारमा रहेका र भर्खरै रिहा भएका आमाहरूको कथा ।  गर्भधारणका बारेमा प्रकृति र समाजको नियम एकदमै फरक छ । प्रकृतिका लागि गर्भधारण एउटा प्राविधिक प्रक्रिया मात्र हो । उपयुक्त वातावरणमा स्वस्थ डिम्ब र शुक्रकीटको मिलन भएपछि गर्भधारण हुन्छ । तर, संसारमा विद्यमान सबैजसो समाजले यसमा वैधताको पक्ष पनि थपेका छन् । समाजका लागि भने गर्भधारण प्राविधिक सँगसँगै वैधानिक प्रक्रिया…

Read More

सार्वजनिक बिदाको माग

सार्वजनिक बिदाको माग

राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिवी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन सरकारले बिदा दिनुपर्ने बताए । दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ । महासङ्घले गत महीना सम्पन्न गरिएको…

Read More

महासंघ प्रतिनिधिमण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशकबीच भेट

महासंघ प्रतिनिधिमण्डल र आन्तरिक राजश्व विभागका महानिर्देशकबीच भेट

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले विहिवार आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाललाई समस्याका बारेमा जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल सरकारले चालु आर्थिक वर्षको बजेट घोषणा गर्दा पौष मसान्त सम्ममा आयकर र मूल्य अभिवृद्धि करको व्याज र हर्जनामा दिने भनिएको छुटको सम्बन्धमा महानिर्देशक नेपालको ध्यानाकर्षण गराएको हो । विभागको सूचना बमोजिम आयकर तथा मूल्य अभिवृद्धि कर छुट मिनाहा सम्बन्धित व्यवस्थाको दफा २१ मा उल्लेख भए अनुसार सही कारोबार देखाई विवरण बुझाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरको बक्यौता देखाउने निर्माण व्यवसायीहरुलाई ब्याज र हर्जना मिनाहा…

Read More

उदयपुरका स्थानीय तहमा कामकाज ठप्प, सेवाग्राही सेवाबाट बञ्चित

उदयपुरका स्थानीय तहमा कामकाज ठप्प, सेवाग्राही सेवाबाट बञ्चित

अभिमन्यु लामीछाने, उदयपुर । कर्मचारी समायोजन अध्यादेशको बिरोधमा जिल्लाका ८ स्थानीय तहका कर्मचारीले कामकाज ठप्प पारेका छन। कर्मचारीको आन्दोलनले सेवा लीन आएका सेवाग्राही भने सेवाबाट बंचित भएका छन। अध्यादेशले आफूहरुलाई विभेद गरेको निस्कर्ष निकाल्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । निजामती कर्मचारीलाई दिइँदै आएको सेवा सुबिधाबाट आफुहरुलाई बन्चित गराउने गरी सरकारले अध्यादेश ल्याएपछि त्यसको बिरोधमा स्थानीय तहको कार्यलयको कामकाज ठप्प पारिएको स्थानीय तह ट्रेड यूनियन संयुक्त आन्दोलन परिचालन समिति कटारीका अध्यक्ष ओम मिश्रले बताए। उनले निजामती कर्मचारीलाई अघि सारेर हामीलाई बिभेद नगर्न सरकारलाई पटक पटक आग्रह गर्दापनी सुनुवाई नभएको गुनासो गरे।…

Read More

चन्द्रागिरीमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

चन्द्रागिरीमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ५ जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–६, मातातीर्थमा १५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुधबार बेलुकी उनीमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले घटनामा संलग्न भएको आशंकामा कैलालीको अत्तरिया–६ घर भएका ३३ वर्षीय डब्बलबहादुर बोहोरासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

Read More

चलचित्र ‘आरोप’को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)

चलचित्र ‘आरोप’को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)

आगमी माघ ११ गते नेपाल भर रिलिज हुन लागेको नेपाली कथानक चलचित्र आरोपको ट्रेलर रिलिज भएको छ । दिलाशा क्रियशनको ब्यानरमा बनेको चलचित्रमा राजु राउत र दयाराम गहतराजको प्रस्तुति दिनेश पाठक र विजय सापकोटा निर्माता अनि अमर ओलिको निर्देशन रहेको छ । एस के अधिकारीको गीत, गणेश चौधरी र एस के अधिकारीको संगीतमा राजेश पायल राई, प्रह्लाद तिमिल्सिना, नित्याशिवा र मनिषा पोख्रेलले आवाज दिएका छन् । कमल राईको नृत्य, छायांकन बिरेन्द्र भट्ट, द्वन्द सानू कुमार मर्हजन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको आरोपमा संचिता लुइँटेल, किशोर खतिवडा, उद्वव गिरी,…

Read More