त्रिचन्द्र कलेजमा आगलागी

त्रिचन्द्र कलेजमा आगलागी

राजधानीको दरबारमार्गस्थित त्रिचन्द्र कलेजमा आगो लागेको छ। नेपालकै पुरानाे त्रिचन्द्रमा आइतवार साँझ साढे ६ बजे आगो ताप्न बालेको दाउराबाट आगलागी भएको प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लले जानकारी दिए। दाउराको आगोले जेनेरेटरमा सर्ट सर्किट भएपछि आगोले ठूलो रुप लिएको थियो। प्रशासन कक्ष (रानीपोखरी तर्फ) आगो लागेको र अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको डिएसपी मल्लले बताए। क्षतिको विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा दुई वटा दमकल, प्रहरी, सशस्त्र र स्थानीयवासी खटिएका थिए। वि.स. १९७५ मा स्थापना भएकाे त्रिचन्द्र कलेजले भर्खरै १०१ वर्षमा प्रवेश गरेकाे अवसरमा विभिन्न कार्यक्रम समेत गरेकाे थियाे।

Read More

चिनियाँ नागरिक लुट्ने तीन लुटेरा प्रहरीे खोरमा

चिनियाँ नागरिक लुट्ने तीन लुटेरा प्रहरीे खोरमा

महानगरीय प्रहरी वृत्त बौद्धले चिनियाँ नागरिक लुट्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सङ्खुवासभा घर भई बूढानीलकण्ठ नगरपालिका गणेश मन्दिरसँगै बस्ने २० वर्षीय सुमन तामाङ, रौतहट घर भई हाल बूढानीलकण्ठ बस्ने २८ वर्षीय विशाल मगर र सिन्धुपाल्चोक घर भई बूढानीलकण्ठ बसोबास गर्ने १९ वर्षीय नवराज सापकोटा रहेको बौद्धका प्रहरी निरीक्षक रेशम आचार्यले जानकारी दिनुभयो । उनीहरुले गत मङ्सिर २८ गते चिनियाँ युवती एङ्की लिलाई स्नूकर खेल्ने स्टिकले टाउकोमा प्रहार गरी आइफोन लुटेका थिए । “एक हप्ता लामो अनुसन्धानपछि लुटेरा समात्न सफल भयौँ,” उहाँले भन्नुभयो । महङ्कालस्थित जनकल्याण माविमा रहेको…

Read More

ट्रिपरको ठक्करबाट कपिलवस्तुमा एक बृद्धाको ज्यान गयो

ट्रिपरको ठक्करबाट कपिलवस्तुमा एक बृद्धाको ज्यान गयो

कपिलवस्तुमा ट्रिपरको ठक्करबाट एकजना वृद्ध महिलाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ बनबासा जंगलमा बाटो काट्ने क्रममा लु१ख ५४९५ नम्बरको ट्रिपरको उनलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए ।अन्दाजी ८५ वर्षीया महिलाको मृत्यु भएपनि उनको पहिचान खुल्न सकेको छैन । ठक्कर दिने चालक र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

विराटनगरबाट २४ लाखसहित दुईजना हुण्डी कारोवारी पक्राउ

विराटनगरबाट २४ लाखसहित दुईजना हुण्डी कारोवारी पक्राउ

हुण्डी करोवारका लागि भारतबाट नेपाली रुपैयाँ २४ लाख बोकेर आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।आइतबार भारतबाट कारको डिकीमा लुकाएर ल्याउँदै गरेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले विराटनगर- १० रोडशेष चोकबाट पक्राउ गरेको हो ।भारतबाट आउँदै गरेको बीआर३८एच ६१४२ नम्बरको कार चेकजाचका क्रममा डिकीभित्र लुकाएर राखेको २४ लाख १५ हजार नेपाली रुपैयाँसहित भारत बिहार अररिया जिल्ला फारबिसगञ्ज-९ का २८ वर्षीय सनोजकुमार साह र फारबिसगञ्ज १६ की ५० वर्षीय सुशीलादेवी गुप्तालाई पक्राउ गरिएको मोरङ प्रहरीले जानकारी दिएको छ ।बरामद रकम गुप्ताको हो ।पक्राउ परेकी…

Read More

ईटहरीमा ट्याक्टरबाट लडेर एकको ज्यान गयो

ईटहरीमा ट्याक्टरबाट लडेर एकको ज्यान गयो

सुनसरीको ईटहरी उप-महानगरपालिका-१४ लोहनी टोलमा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका बर्ष २४ को बिशाल कुमार शाहको उपचारको क्रममा मृत्यु भएको छ । गत पौष २ गते भित्री सडक खण्डमा को २ त ६१६० नम्बरको ट्याक्टरमा सवार एन एम ईटाभट्टामा मजदुरी गर्दै आएका मोरङ भुटाहा बस्ने शाह ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते शाहलाई उपचारको लागि धरान स्थि वि।पी। कोइराला स्वास्थ्य प्रतिष्ठान धरान हुँदै थप उपचारको लागि विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा आइतवार दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्याक्टर र चालक ईटहरी-१५पोखरीया…

Read More

सरकार बरालियो : नेता थापा

सरकार बरालियो : नेता थापा

वालिङ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगनकुमार थापाले केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गरेका छन् । चापाकोट उद्योग वाणिज्य सङ्घले आयोजना गरेको प्रथम चापाकोट महोत्सवको आज स्याङ्जाको चापाकोटमा समापन गर्दै नेता थापाले इतिहासकै बलियो सरकारका रुपमा रहेको वर्तमान केपी ओली नेतृत्वको सरकार बरालिएको टिप्पणी गरे । “बलियो सरकारले गरेका सम्पूर्ण कार्य पूरा हुनुपर्छ”, नेता थापाले भने, “कमजोर सरकार बरालियो भने सम्हाल्न सकिने तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ ।” “सरकार बलियो भएका बेला जस्तोसुकै पनि कार्य गर्न सक्ने वर्तमान सरकारले सन्तोषजनक काम गर्न सकेन”,…

Read More

आठ दिन देखि जारी नेपाली कांग्रेसको महासमिति बैठक समापन

आठ दिन देखि जारी नेपाली कांग्रेसको महासमिति बैठक समापन

विधान संशोधन विधेयक सर्वसम्मतिले पास गर्दै नेपाली का‍ंग्रेसको महासमिति बैठक सकिएको छ । महासमिति बैठकमा आएका सुझावहरूलाई समेट्न केन्द्रीय कार्यसमितिलाई दिने निर्णय भएको छ ।महासमितिको समापनमा नेताहरुले पार्टी एक भएको सन्देश दिएका छन् । बैठकमा पार्टी सभापति शेरबहादुर दे‍उवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब पाटीभित्र कुनै किसिमको बेमेल र झगडा नभएको भन्दै अब एकताका साथ कांग्रेस देशव्यापी अभियानमा जाने बताउनुभएको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले कांग्रेसको राजनीतिक,आर्थिक, महामन्त्रीको संगाठनिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ । महासमिति बैठकले बर्तमान सरकार लम्पसारवादी बाटोमा हिँडेको र राज्यको…

Read More

काठ तस्कर गर्ने २ जना अटो सहित पक्राउ

काठ तस्कर गर्ने २ जना अटो सहित पक्राउ

प्रनिश थापा, चितवन। सामुदायिक वनमा काठ तस्कर गर्ने २ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नवजागृती सामुदायिक वनमा मध्यराति साढे एक बजे काठ तस्कर गर्ने कालिका नगरपालिका गौरीगाँउका विवेक तामाङ र सगुन टोलका किसान तामाङलाई प्रहरीले अटो सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट करिब ३ क्यूफिट सालको काठ र काठ तस्करीमा प्रयोग भएको ना १ ह ५१६८ नम्बरको अटो नियन्त्रणमा लिएको जनाएको छ । खगेरी खोलाबाट २ सय मिटर पश्चिमतर्फ संरक्षित वनमा काठ तस्कर गर्दै गर्दा सामुदायिक वनको गस्ती टोली र जिल्ला…

Read More

ए डिभिजन लिगमा मनाङको अपराजित यात्रा कायमै, पुलिस १-० ले पराजित

ए डिभिजन लिगमा मनाङको अपराजित यात्रा कायमै, पुलिस १-० ले पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मनाङ मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजा कायमै छ ।लिगको दशौं खेलमा बलियो टोली नेपाली पुलिस क्लबलाई पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । पुलिस १–० ले पराजित भयो ।एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा भएको खेलमा मनाङका लागि ५२ औं मिनेटमा एड्लाजा सोमिदेले निर्णायक गोल गरेका हुन् ।यसअघि बिहान भएको खेलमा सशस्त्र प्रहरीको एपिएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित । सशस्त्रलाई जिताउन दुवै गोल आशिष लामाले गरे । आर्मीका नवयुग श्रेष्ठले सान्त्वना गोल गरे ।योसँगै १० औं चरणका खेल पनि सकिएका छन् ।…

Read More

चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा तालाबन्दी

चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा तालाबन्दी

काठमाडौं– आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा तालाबन्दी गरेको छ । युनियनले डीन कार्यालयले बारम्बार गरेका सम्झौता कार्यानवयन नगरेकाले तालाबन्दी गर्नुपरेको जनाएको छ । युनियनले नेपाल सरकारले तोकेभन्दा बढि शुल्क लिने नीजि मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि प्रकृया अघि नबढाएको तथा काउन्सेलिङमा भएका अपारदर्शी विषय सार्वजनिक गर्दै पारदर्शिता अपनाउनुपर्ने माग अघि सारेको छ । त्यस्तै युनियनले नेपाल मेडिकल काउन्सिलले जनकपुरस्थित जानकी मेडिकल कलेजलाई दिने सिट स्थगन गर्न माग गरेको छ ।

Read More