झण्डै डेढ केजी चाँदीसहित सिरहामा दुईजना पक्राउ

झण्डै डेढ केजी चाँदीसहित सिरहामा दुईजना पक्राउ

आलोक यादव , टिभी अन्नपूर्ण, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले ईप्रपा माडरको सहयोगमा झण्डै डेढ केजी चाँदीसहित दुई जनालाईं पक्राउ गरेको छ । सोमबार साँझ सिरहा नगरपालिका वडा नम्बर १७ काली चोकमा मोटरसाईकलमा भारतको जयनगरबाट आउदैं गर्दा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ना ५७प ६५३९ नम्बरको मोटरसाइकलमा सवार ४० वर्षिय रामबाबू साह र २० वर्षिय पंकज कुमार साह छन । उनिहरुको साथबाट झण्डै डेढ केजी चाँदि फेला परेको र उनिहरुलाई आवस्यक कारबाहीका लागी भन्सार कार्यलय खैरटोक बुझाईएको डिएपी माधवराज खरेलले जानकारी दिए ।

Read More

पुर्वप्रधानमन्त्री शरीफलाई सात वर्ष जेल सजाय

पुर्वप्रधानमन्त्री शरीफलाई सात वर्ष जेल सजाय

पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात वर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले आज अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो । फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनेका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सवै आरोपहरूको खण्डन गरेका छन् । उनले पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउदै आएका छन् । सोमबारको…

Read More

कुन नेताले कुन रोगको उपचार गर्न कति खर्च लिएका छन् : पूर्वमन्त्री थापा

कुन नेताले कुन रोगको उपचार गर्न कति खर्च लिएका छन् : पूर्वमन्त्री थापा

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाउनुभएको छ । सो विधेयकमा विशिष्ट व्यक्तित्वले स्वदेशमा नै उपचार गर्नुपर्ने तथा मन्त्रालयले उपचार खर्च वितरणसमेत नगर्ने प्रावधान रहेको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उहाँले विधेयक जारी भएपछि मन्त्रालयबाट रु चार करोड वितरण भइसकेको जानकारी दिँदै नयाँ ऐन ल्याउनुको के अर्थ रह्यो भन्ने प्रश्न गर्नुभयो । पूर्वमन्त्री थापाले भन्नुभयो, “कुनकुन व्यक्तिले कुनकुन रोगका उपचार गर्न कति खर्च लिएका छन्, सार्वजनिक गर्नुपर्छ ।” उहाँले मन्त्रालयले तयार…

Read More

गोरखामा गएरातीदेखि लागेको आगो नियन्त्रणबाहिर, सरकारसँग हेलिकोप्टर माग

गोरखामा गएरातीदेखि लागेको आगो नियन्त्रणबाहिर, सरकारसँग हेलिकोप्टर माग

गोरखा । चुमनुव्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा गएरातीदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा हालसम्म जलेको अबस्था पाँच ओटा दुर्लभ जातका कस्तुरी फेला परेका स्थानियवासी मिङ्गमार लामाले जानकारी दिनुभयो । दाउरा संकलनका लागि समेत प्रतिबन्ध लगाइएको उक्त जंगलमा लागेको आगो नियन्त्रणमा लिन नसक्दा नजिकै रहेका अन्य जंगलमा समेत आगो फैलिदै गएको उहाँले जानकारी दिनुभयो । आगोले सो क्षेत्रमा रहेका धुपी सल्ला, भोजपत्रलगायतका बहुमूल्य जडीबुटी समेत नष्ट भएका छन् । क्षतिको एकिन बिबरण संकलन गर्न सकिएको छैन । अहिले पनि स्थानियबासी र प्रहरी मिलेर आगो निभाउने प्रयास भइरहेको…

Read More

नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ : अध्यक्ष दाहाल

नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–२३ स्थित लक्ष्मी माध्यमिक विद्यालय जगतपुरको स्वर्ण महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारले भारत र चीनसँग सम्बन्ध सुधार गरी भएका सहमतिबाट नेपाल ल्याण्डलिङ्क हुन सफल भएको बताउनुभयो । भारत सरकारसँग हिजो मात्रै विद्युतसँग सम्बन्धित महत्वपूर्ण सहमति भएको बताउँदै उहाँले भन्नुभयो “सहमतिले विगतको परिस्थितिलाई नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा सकारात्मक प्रगति गराएको छ ।” भारत सरकार र भारतीय कम्पनीहरुले लगानी गरेर उत्पादन गरेको विद्युत् मात्रै भारतले किन्ने भन्ने विगतमा भएको भए…

Read More

अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी एकाधिकार, यसरी ठगिन्छन यात्रु

अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी एकाधिकार, यसरी ठगिन्छन यात्रु

ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन । विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार (सिन्डिकेट) लाद्न चाहने व्यवसायीको दबाबमा नयाँ ट्याक्सी आयात एवं दर्तामा रोक लागेको थियो । त्यसबेला नेपालभरका ट्याक्सीको सङ्ख्या सात हजार ५०० थियो । हाल घटेर पाँच हजार ६५० मा झरेको यातायात व्यवस्था विभागले जनाएको छ । ट्याक्सी अभाव कम गर्न २०७२ जेठ २८ गते सरकारले तीन हजार ३५० नयाँ ट्याक्सी दर्ता खुला गरेको थियो । सर्वसाधारणलाई ७००, सवारी चालक अनुमतिपत्र भएकालाई ५०० र पुराना ट्याक्सीका धनीलाई ६५० गरी…

Read More

अनसनरत जनयुद्दका घाइतेसँग चार बुँदे सहमती

अनसनरत जनयुद्दका घाइतेसँग चार बुँदे सहमती

विभिन्न माग राख्दै अनसनमा रहेका जनयुद्दका घाइतेहरुसँग सरकारले चार बुँदे सम्झौता गरेको छ । सोमवार गृहमन्त्रालयमा भएको वार्तामा अनसनरत घाइतेहरुसँग चार बुदे सम्झौता गरेको हो । सम्झौतामा आजैबाट अनसन तोड्ने, पक्राउ परेका युवराज विकलाई रिहा गर्ने,उनीहरुको तत्काल उपचार सुरु गर्ने सहमती भएको छ । त्यस्तै अन्य मागहरुका विषयमा पनि एउटा कार्यदल गठन गर्ने र उसको प्रतिवेदन अनुसार जाने सहमती भएको छ । विभिन्न माग राख्दै अनसनमा रहेका जनयुद्दका घाइतेहरुसँग सरकारले चार बुँदे सम्झौता गरेको छ । सोमवार गृहमन्त्रालयमा भएको वार्तामा अनसनरत घाइतेहरुसँग चार बुदे सम्झौता गरेको हो । सम्झौतामा आजैबाट…

Read More

बलात्कार घटना मिलाउन गाँउपालिका अध्यक्षको दबाव

बलात्कार घटना मिलाउन गाँउपालिका अध्यक्षको दबाव

शम्भू माली, कपिलवस्तु । कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाकी एक बलात्कृत किशोरी र उनका परिवारलाई गाँउपालिकाका अध्यक्षले मिल्नका लागी दबाब दिएको खुलेको छ । गत पुस ७ गते शनिबार बिहान गाँउपालिकाको वडा नम्बर २ मदारगढकी २१ बर्षिय किशोरीलाई सोही स्थानका ३० बर्षिय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेको युवतीले बताईन । स्विटर बनाउने ऊन किनेर फर्किदै गर्दा निज आरोपीले गाँउको दक्षिणको कुखुरा फर्ममा लगी करणी गरेको उनले जनाईन । आफनी छोरीलाई अहिरले करणी गरे पछि आफुले प्रहरीमा जाहेरी दिन जाँदा शुद्धोधन गाँउपालिकाका अध्यक्ष निसार अहमद खाँले एक, दुई लाख रुपैया लिएर घटना…

Read More

मालपोत कार्यालयका प्रमुखसहित १६ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर

मालपोत कार्यालयका प्रमुखसहित १६ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलस्थित मालपोत कार्यलयका प्रमूख कमलप्रकास तिमल्सेनासहित १६ जना विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ। व्यक्तिको निजी जग्गा जग्गाधनीलाई थाहै नदिई किर्ते कागजात तयार गरी अरु व्यक्तिका नाममा जग्गा धनी पूर्जा बनाउने तथा श्रेस्ता सच्चाएको अभियोगमा उनीहरु विरुद्द मुद्दा दायर गरिएको हो। कार्यालय प्रमूख तिमल्सिनासहित मालपोत अधिकृतद्वय खगेन्द्रप्रसाद अर्याल र रामप्रसाद सुवेदी, नायव सुब्बा रञ्जन कुमार खरेल, टाइपिस्ट जमुना कुमारी श्रेष्ठ, र कार्यालय सहयोगी हरि खड्का विरुद्ध मुद्दा दायर गरिएको हो। किर्ते गरी जग्गा आफ्नो नाममा लिएका चन्दनकृष्ण कायस्थसहित अन्य १० जना विरुद्द अख्तियारले जनही ६…

Read More

ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड आउँदै

ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड आउँदै

पूर्णप्रसाद मिश्र ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन । विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार सिन्डिकेट लाद्न चाहने व्यवसायीको दबाबमा नयाँ ट्याक्सी आयात एवं दर्तामा रोक लागेको थियो । त्यसबेला नेपालभरका ट्याक्सीको सङ्ख्या सात हजार ५०० थियो । हाल घटेर पाँच हजार ६५० मा झरेको यातायात व्यवस्था विभागले जनाएको छ । ट्याक्सी अभाव कम गर्न २०७२ जेठ २८ गते सरकारले तीन हजार ३५० नयाँ ट्याक्सी दर्ता खुला गरेको थियो । सर्वसाधारणलाई ७००, सवारी चालक अनुमतिपत्र भएकालाई ५०० र पुराना ट्याक्सीका धनीलाई…

Read More