प्रयोगशाला विस्फोटमा तीन विद्यार्थीको मृत्यु

प्रयोगशाला विस्फोटमा तीन विद्यार्थीको मृत्यु

बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ । बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधन सम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त विस्फोट भएको हो । उक्त विस्फोट बेइजिङको पश्चिमतर्फ रहेको बेइजिङ जियाओटाङ विश्वविद्यालयमा स्थानीय समयअनुसार बिहान ९.३० बजे भएको थियो । घटनास्थलमा झण्डै ३० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो । आगो नियन्त्रण गर्न झण्डै एक घण्टा लागेको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको अनुसन्धान थालेका छन् ।

Read More

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने

शेयर प्रमाणपत्र धितो राखेर ६५ प्रतिशतसम्म ऋण पाइने

नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले गठन गर्नुभएको कार्यदलले दिएको सुझावका आधारमा केन्द्रीय बैंकले आज त्यस्तो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो । अर्थमन्त्री खतिवडाले गत मङ्सिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वमा एक कार्यदल गठन गर्नुभएको थियो । सो कार्यदलले केही दिनपहिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका कूल ५८ बुँदामध्ये २७…

Read More

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। उनले बुधबार राजीनामा बुझाएका हुन्। झाले सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन्। सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामको पुष्टी गरे। ‘राजीनामा दिएको हो, किन दिएको उहाँलाई सोध्नुस्,’ उनले भने। केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै उनलाई अध्यक्ष बनाएको थियो। वर्तमान सरकारले नै उनलाई कार्यसम्पादनमा असफल देखिएको भन्दै पदबाट हटाए पनि दोहोर्या एर ल्याएको थियो। सरकारले उनलाई भदौ २१ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ति दिएको थियो। सरकार गठन भएसँगै संचार मन्त्रालयले झालाई अविश्वास गर्दै कुनै पनि…

Read More

शेयर कारोवार गर्न सहायक कम्पनी खोल्न पाइने

शेयर कारोवार गर्न सहायक कम्पनी खोल्न पाइने

हाल सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकले शेयर कारोबार गर्न सहायक कम्पनी खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज जारी गरेको निर्देशनअनुसार बैंकले आफ्नो ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी सहायक कम्पनी खोल्न पाउने व्यवस्था गरेको हो । हाल ‘क’ वर्गका वाणिज्य बैंकको सङ्ख्या २८ रहेको छ । बैंकले सहायक कम्पनी स्थापना गर्दा लगानी हुने संस्थाको चुक्ता पूँजीको अधिकतम दश प्रतिशतसम्म छुट दिइनेछ । सहायक कम्पनीले आफ्नो मातृ कम्पनीले जारी गरेको धितोपत्रको कारोवार गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । त्यस्ता कम्पनीको सुपरीवेक्षण र अनुगमन भने नेपाल…

Read More

सात वर्षिया बालिका बलात्कार गर्ने सदा पक्राउ

सात वर्षिया बालिका बलात्कार गर्ने सदा पक्राउ

अनिल पोखरेल, राजजिराज । सप्तरीको अग्निसाइर गाउँपालिका १ जण्डौलमा सात वर्षकी बालिका बलात्कार गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरि जबरजस्तीकरणी शिर्षकमा मुद्दा दर्ता गरको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी अग्निसाईर कृष्णशवरण गा.पा १ जण्डोल बस्ने बुद्धि सदाको छोरा २० वर्षीय सुन्दर कुमार सदा रहेका छन् । सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई २०० मिटर टाढा खेतमा लगि जबरजस्तीकरणी गरेको प्रहरीको भनाइ छ । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेको छ । उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ । सदालाई…

Read More

नेफा चुनावले तात्यो सुदुरपश्चिमः रमेश कुँवर नेतृत्वको प्रगतिशील प्यानल बलियो रहेको दाबी

नेफा चुनावले तात्यो सुदुरपश्चिमः रमेश कुँवर नेतृत्वको प्रगतिशील प्यानल बलियो रहेको दाबी

जनस्वास्थ्य संघ(नेफा)को चुनावका लागि सुदुरपश्चिमको माहौल तातिएको छ । आगामी पुष २१ गते हुने निर्वाचनका लागि दुई वटा प्यानल चुनावी प्रतिस्पर्धामा देखिएका छन् । रमेश कुँवरको नेतृत्वमा प्रगतिशील प्यानल र दयाकष्ण पन्तको नेतृत्को अर्को प्यानलबीच चुनावी प्रतिस्पर्धा हुनेछ । दुई प्यानलमध्ये रमेश नेतृत्वको प्रगतिशील प्यानल बलियो रहेको उक्त समूहले दाबी गरेको छ । सुदूरपश्चिम प्रदेशका जनस्वास्थ्यकर्मीहरुको पेसागत हकहितको लागि यो समूहले काम गर्ने प्रतिबद्धता जनाइएको छ । यस समूहमा सरकारी क्षेत्रका अनुभवी, दक्ष, समुदाय स्तर देखि मन्त्रालय स्तर सम्म कार्यरत कर्मचारीहरू रहेको अध्यक्षका उम्मेदवार कुँवरको दाबी छ । बुधवार धनगढीमा…

Read More

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक अभियुक्त फरार

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित एक अभियुक्त फरार

जिल्ला अदालत, काठमाडौंको परिसरबाट हत्कडीसहित एक अभियुक्त फरार भएका छन् । प्रहरी परिसर, काठमाडौंले चोरी मुद्दामा फरार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई अदालतमा बुझाएलगत्तै उनी पुनः फरार भएका हुन् । प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले उनको खोजी भइरहेको बताए ।

Read More

सप्तरीमा सात वर्षीया बालिका बलात्कृत

सप्तरीमा सात वर्षीया बालिका बलात्कृत

सप्तरीमा सात बर्षकी बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको आरोपमाप्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा रहेका छन् । सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई खेतमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । उनलाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेको छ । उनको स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ…

Read More

संसदमा प्रचण्डले भनेः ‘हामीले युद्ध स्तरमा नै विधेयकहरु र ऐनहरु बनायौं’

संसदमा प्रचण्डले भनेः ‘हामीले युद्ध स्तरमा नै विधेयकहरु र ऐनहरु बनायौं’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले युद्द स्तरमा विधेयकहरु बनाएको र ऐनहरु बनाएको बताएका छन् । बुधबारबाट शुरु भएको संसदको हिँउदे अधिवेशको पहिलो बैठकमा बोल्दै प्रचण्डले भने,‘हामीले युद्ध स्तरमा नै विधेयकहरु बनायौं र ऐनहरु बनायौं सरकारले संविधानको मर्म अनुसार ऐनहरु असोज तीन भित्र पारित ग¥यो हामीले गर्भ गर्ने कुरा हो ।’ २००७ सालवरिपरि बाट शुरु भएको परिवर्तनको एउटा नयाँ उत्कर्षमा पुगेको बताए । ‘नयाँ राजनीतिक प्रणालीलाई स्थापित गर्ने र जनतालाई संवृद्धिको नयाँ यात्रा तर्फ अघि बढाउने यात्रामा हामी छौ’ प्रचण्डले भने,‘ यो सामान्य रुपमा हिजोको जस्तो रुपमा लिन हुँदैन ।’…

Read More

कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न प्रधानमन्त्रीको निर्देशन

कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्रीले सांसदहरुबाट मन्त्रीका बारे गुनासो आएको भन्दै यस्तो निर्देशन दिएका हुन् । सांसद र मन्त्रीहरु सँगै राखेर प्रधानमन्त्रीले भने– ‘सांसदहरु मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकटोक भित्र जाने भन्ने कुरा बेठीक छ । सांसदहरु द्वारपाले होइनन्, मन्त्रीहरु पनि आकाशबाट खसेका अलौकिक मान्छे होइनन् । पहिलो प्राथमिकता जनप्रतिनिधिले पाउनुपर्छ…

Read More