नेकपा बैठक : पुस मसान्तसम्म साङ्गठनिक एकता पूरा गर्ने

नेकपा बैठक : पुस मसान्तसम्म साङ्गठनिक एकता पूरा गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पु¥याउने बताएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे । एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र…

Read More

चितवनका हात्ती वनभोजमा रमाए

चितवनका हात्ती वनभोजमा रमाए

सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ । महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्ता दीपक भट्टराईले जानकारी दिए । महोत्सवको बेला एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको भट्टराईले बताए । धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढ्ने र पर्यटकले रमाउँदै दृश्यावलोकन गर्ने उनले बताउनुभयो…

Read More

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ । उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । “अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,” उनले भने । पुर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म…

Read More

सरकारले ३०० वटा विद्युतीय बस किन्ने

सरकारले ३०० वटा विद्युतीय बस किन्ने

सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । ‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भने । काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ । त्यस्तै…

Read More

नेपालीसरह नागरिकता दिन गैरआवासीय नेपालीको माग

नेपालीसरह नागरिकता दिन गैरआवासीय नेपालीको माग

गैरआवासीय नेपालीले नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा गैरआवासीय नेपाली संघका प्रतिनिधिले नागरिकता दिने व्यवस्थालाई सहज र सरल बनाउन आग्रह गरेका हुन् । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मान्यतालाई आत्मसात् गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागिसमेत सरकारले गैरआवासीय नेपालीलाई त्यही अनुरुपको व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानमा सङ्घीय कानूनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी ‘नेपालको गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सकिने प्रावधान छ । संविधानको उक्त प्रावधान लागू गर्ने…

Read More

सिएमसीको पक्षमा अदालतले दिएन अन्तरिम आदेश, अघि बढ्न सरकारलाई बाटो खुल्यो

सिएमसीको पक्षमा अदालतले दिएन अन्तरिम आदेश, अघि बढ्न सरकारलाई बाटो खुल्यो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीको बैङ्क ग्यारेन्टी रकम जफत गर्ने सरकारको निर्णय रोक लगाई पाऊँ भनी सिएमसीले दायर गरेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । मेलम्ची खानेपानी आयोजनाको काम छाडेर भागेको सिएमसी दि राभेनाले, बैङ्क ग्यारेन्टी जफत गर्ने सरकारको निर्णय विरुद्ध उच्च अदालत पाटनमा गत पुस ५ गते अन्तरिम आदेश जारी गरी पाऊँ भनी रिट दायर गरेको थियो । तर उच्च अदालत पाटनले भने सिएमसीको पक्षमा नभई नेपाल सरकारको पक्षमा आदेश दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश कुमार…

Read More

पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी

पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी

विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको छ । विद्युत् भार कटौती हटेको, उद्योगले पेट्रोलियम पदार्थ खरीद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करीमा कमी आएका कारण पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जका प्रमुख जगदीशचन्द्र यादवले बताउनुभयो । नेपाल र भारतमा पेट्रोलियम पदार्थको बिक्री मूल्यमा एकरुपता आएका कारणले तस्करी नियन्त्रण भएको र नियमित विद्युत् आपूर्ति भएकाले पेट्रोलियम पदार्थको बिक्री वितरणमा कमी आएको हो । भारतको विहार, रक्सौल इन्धन डिपोबाट पेट्रोलियम पदार्थ नेपाललाई लिन आग्रह गरिरहेको तर बिक्री वितरणको कमीले आयातमा कमी…

Read More

धुम्रपानका कारण बालबालिकामा उच्च जोखिममा

धुम्रपानका कारण बालबालिकामा उच्च जोखिममा

बिहानीपख घरमा चुरोट तान्दा सञ्जय साहलाई एक क्षण आनन्दको अनुभूति त गराउला तर यसले छोराछोरी र परिवारका अन्य सदस्यका लागि फोक्सोको क्यान्सरजस्ता भयानक रोग निम्त्याइरहेको छ भन्ने अनुभूतिसमेत उनलाई हुन सकेको छैन । त्यस्तै, तीन वर्षे नाबालक छोरासँगै स्थानीय होटलमा नास्ता गर्न बसेका आफ्नो श्रीमान्लाई रन्जना भण्डारीले चुरोट नखान आग्रह गरिन् तर सुनेको नसुने झैँ गरी धुवा“ उडाइरहेको उनले चुरोट सिध्याएर ढुटो मात्र फ्याकियो । चुरोट खान नछाडेपछि उनीसँगै टासिएर अर्को टेबुलमा बसेका एक दम्पत्तिले चुरोटको धुवाँलाई सहन नसकेर अलि टाढाको अर्को टेबुलमा गएर बस्न बाध्य भए । यसैगरी स्थानीय…

Read More

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बीच बैंकास्योरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बीच बैंकास्योरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र एन आई सी एशिया बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एन आई सी एशिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेको बैंक द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सम्झौता अन्तर्गत एन आई सी एशिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने बताएको छ ।उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स…

Read More

मधेशका लागि योगदान दिएका एक सय जनालाई सम्मान गरिने

मधेशका लागि योगदान दिएका एक सय जनालाई सम्मान गरिने

अनिल पोखरेल, राजविराज । मधेश तथा बाहिर रहेका कुनै पनि ठाउँबाट मधेशका लागि योगदान दिएका एक सय जनालाई सम्मान गरिने भएको छ । मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह सहितका पदाधिकारीले बिहीबार राजविराजस्थित स्व. गजेन्द्रनारायण सिंहको समाधीस्थलबाट ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रम घोषणा गरेका छन् । समाजको अगुवाईमा मधेशप्रति योगदान दिनेहरुको खोज तथा अनुसन्धान प्रारम्भ भै सकेको भन्दै त्यस्ता व्यक्तित्वहरुलाई पहिचान गरि नोमिनेसन दिन पनि अध्यक्ष सिंहले आग्रह गरेका छन । भोटिङ् माध्यमले ५० जनालाई नोमिनेसन गराउने र बाँकि ५० जनाको खोजी गरि सम्मान गरिने उनले बताए ।पत्रकारिता, युवा,…

Read More