पुर्वी पहाडी जिल्लामा बाक्लो हिमपात

पुर्वी पहाडी जिल्लामा बाक्लो हिमपात

पुर्वी पहाडी जिल्लामा करिब एक दशक पछि हल्का वर्षा सँगै परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । शुक्रबार करिब ४ ईन्च बाक्लो हिमपात परेको कारण जनजीवन प्रभावित बन्नुको साथै यहाँका स्थानीयहरुलाई दैनिक काम गर्न समेत समस्या बनेको छ । धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाका क्षेत्रमा हिउँ पर्दा जनजीवन प्रभावित बनेको छ । हिउँका कारण यहाँका स्थानीयहरुलाई घाँस दाउरा मेलापात तथा घरयासी काम गर्न समेत जाडोले समस्या बनेको छ । पशुचौपयाहरु चरनमा लैजान ल्याउन समेत समस्या बनेको आङदिमका डालेश्वर लिम्बुले बताए । वर्षौं पछी हिउँ परेको कारण यहाँका स्थानीय…

Read More

पूर्वी इण्डोनेसियामा भूकम्प

पूर्वी इण्डोनेसियामा भूकम्प

इण्डोनेसियाको पपुवा बरात प्रान्तमा शुक्रबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको भूगर्भ विभागले जनाएको छ । यस भूकम्पपछि सुनामी आउने चेतानी भने दिइएको छैन । स्थानीय समयानुसार शुक्रबार बिहान १०ः०३ मा सो भूकम्प आएको सो संस्थाले जानकारी दिएको छ । सो भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी प्रान्त मोनोक्बारीमा रहेको र २६ किलोमिटर गहिराइको रहेको पनि भौगर्भिक संस्थाका अधिकारी मुहमद फादिलाले बताए । तर सुनामीको चेतावनी भने नदिइको मुहमदले जानकारी दिएका छन् । तर यस भूकम्पपछि मानवीय र भौतिक क्षतिको भने कुनै विवरण प्राप्त नभएको इण्डोनेसिया राष्ट्रिय प्रकोप व्यवस्थापनका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले बताएका छन्…

Read More

काशी तिवारी हत्याकाण्ड : जेलमा रहेका कुशवाहले पाए सर्वोच्चबाट सफाइ

काशी तिवारी हत्याकाण्ड : जेलमा रहेका कुशवाहले पाए सर्वोच्चबाट सफाइ

काशी तिवारी हत्याकाण्डमा दोषी ठहर भइ जेलमा रहेका सियाराम कुशवाहलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरे पनि सर्वोच्च अदालतले उक्त फैसला उल्ट्याएको हो । उनलाई सर्वोच्चमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले सफाइ दिएको हो  । कुशवाह तत्कालिन नेकपा माओवादीबाट रौतहटको कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत बनेका थिए । हिन्दू युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको २०६७ असार…

Read More

अनलाइन कारोवारका लागि छुट्टै खाता खोल्न स्टकको आग्रह

अनलाइन कारोवारका लागि छुट्टै खाता खोल्न स्टकको आग्रह

नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकका अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ । स्टकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको भए पनि राफसापका लागि धितोपत्र दलाल व्यवसायीकहाँ नै जानुपर्ने बाध्यतालाई अन्त्य गर्न छुट्टै बैंक खाता तोकिएका बैंकमा खोल्न लगानीकर्तालाई आग्रह गरेको हो । लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ खोलेको कारोवार खाताको व्यक्तिगत विवरण अद्यावधिक गर्न, हितग्राही खाताको सम्पूर्ण जानकारी दिन, एक हितग्राही खातामा एउटा मात्रै कारोवार खाता आबद्ध गर्नसमेत आग्रह गरेको छ । नेप्सेले तोकेको राफसाफ बैंकमा कारोवारका लागि अलग्गै खाता खोली धितोपत्र दलाल…

Read More

कुनै काम गर्न सदरमुकाम धाउनुपर्दैन, घरदैलोमै सरकार छ : मन्त्री बाँस्कोटा

कुनै काम गर्न सदरमुकाम धाउनुपर्दैन, घरदैलोमै सरकार छ  : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार देश र जनताप्रति जिम्मेवार तथा जवाफदेही रहेको बताउनुभएको छ । मण्डन देउपुर नगरपालिका साक्षर नगरपालिका घोषणा तथा सार्वजनिक सुनुवाई कार्यक्रमलाई आज कुन्तामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार देश, जनताप्रति जिम्मेवार र जवाफदेही छ, तपाईहरु कोही कसैको भ्रममा नपर्नुस् ।” विकासको गतिशीलता तीव्र पारिरहेको सरकारका बारेमा भ्रम फैलाउनुको कुनै अर्थ नहरेको उहाँको भनाइ थियो । मन्त्री बाँस्कोटाले तीन तहको सरकार नयाँ प्रयोग र अवसर भएकाले चुनौति पनि उत्तिकै रहेको बताउनुभयो । “अब कुनै काम गर्न सदरमुकाम धाउनुपर्दैन, घरदैलोमै सरकार छ, स्थानीय सरकारबाट…

Read More

प्रहरीलाई घूस दिन खोज्ने गोरु व्यापारी पक्राउ

प्रहरीलाई घूस दिन खोज्ने गोरु व्यापारी पक्राउ

राँझा । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् । प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई रु ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् । “बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला भनेर कार्यालयमै आउनुस् भनेको थिएँ,” नायब उपरीक्षक सिंहले भन्नुभयो, “हामी गोरु व्यापारी हाँै, सहयोग गर्नुप-यो भन्दै मेरो टेबलमा पैसा राखेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।” बाँकेका ग्रामीण क्षेत्रबाट गोरु जम्मा गरी तस्करी हुने गरेको छ । नेपाल…

Read More

अष्ट्रेलियामा नेपाली विद्यार्थी मृत फेला

अष्ट्रेलियामा नेपाली विद्यार्थी मृत फेला

अष्ट्रेलियाको एडिलेडबाट हराईरहेका नेपाली विद्यार्थी मृत फेला परेका छन्। बिहिबारदेखि हराएका ती युवाको शव समुन्द्रमा डुबेको अवस्थामा भेटिएको प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ। गत बिहिबार दिउँसोदेखि २२ वर्षिय नेपाली विद्यार्थी निश्चल घिमिरे हराईरहेका थिए। शव घिमिरेकै भएको उनका भाई प्रज्वलले प्रहरी समक्ष सनाखत गरेका हुन्। उनको पौडी खेल्न क्रममा डुबेर ज्यान गएको हुनसक्ने अनुमान छ । तर, निश्चललाई पौडन नआउने भएकाले किन समुन्द्रमा गए भन्ने शंकास्पद छ। प्रहरीले घटनाको छानबिन गरिरहेको छ। दक्षिण अष्ट्रेलियाको क्लेरेन्स पार्कमा बस्ने घिमिरे आफूले हेरचाह गर्ने बालक घुमाउने क्रममा हराएका थिए। घिमिरेले बालबालिका…

Read More

स्कुल गएका तीन जना बालिका चार दिन देखि वेपत्ता

स्कुल गएका तीन जना बालिका चार दिन देखि वेपत्ता

सुर्खेतको सिम्ता गाउँपालिकामा स्कुल गएका तीन जना बालिका वेपत्ता भएका छन्। सिम्ता गाउँपालिका वडा नम्बर ५ आलीस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत ती बालिका ४ दिनदेखि वेपत्ता छन्।यही पुस १० गतेदेखि सम्पर्कबिहिन रहेको ती बालिकाका परिवारले जनाएका छन्। वेपत्ता हुनेहरूमा १४ वर्षीया निशा सिंह, १५ वर्षीया यमुना खत्री, उनकी बहिनी १२ वर्षीय रिसिमा खत्री छन्।निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो हाफ टाईमको समयमा कापी बिर्सिएको भनेर घरमा आएकी थिईन्। त्यसलगत्तै फेरि विद्यालय गएकी उनी घर फर्किएकी छैनन्। निशासँगै यमुना रिसिमा पनि हाफ टाईममा घर…

Read More

एक दशकपछि इलाममा हिमपात हुँदा जनजीवन कष्टकर

एक दशकपछि इलाममा हिमपात हुँदा जनजीवन कष्टकर

इलाम र दार्जिलिङका उच्च पहाडी क्षेत्रमा शुक्रबार दिउसोदेखि हिमपात हुँदा जनजीवन कष्टकर भएको छ। इलाम र पाँचथरको राँके बजार सहित माईजोमाई, सन्दकपुर गाउँपालिका लगायत माथिल्लो भेगमा हिमपात बढी परेको हो।कतिपय ठाउँमा बर्षासँगै पानी समेत परेकाले जनजीवन स्थानीयहरु दिनभर घरभित्रै बस्न बाध्य भए। अत्याधकि चिसो बढेकाले बालबालिका र वृद्धवृदा बढी प्रभावित छन्। एकाएक चिसो बढेपछि उनीहरुको नियमित दैनिक काम प्रभावित भएको हो।माईजोगमाई– ६ का स्थानीय लोकेन थेवेका अनुसार स्थानीयले दिनभर गाईबस्तु समेत खुला चौरमा चरनका लागि लैजान सकेनन्। उनका अनुसार माथिल्लो भाग पूरै सेताम्य देखिएको छ। प्याङ गाउँमा दश वर्षपछि हिउँ…

Read More

घूस लिएको अभियोगमा पक्राउ

घूस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगका अनुसार प्राधिकरण नोलाइट शाखा काठमाडौँ, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी समेतले जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा घूस माग्दामाग्दै पक्राउ गरिएको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार प्राधिकरणका तीन कर्मचारीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । यस्तै आयोगले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ को अन्जनी बानियाँको नाममा रहेको जग्गा हाल साबिक गर्दा सरकारी सार्वजनिक जग्गा…

Read More