जेलबाट छुटेका मेयरको स्वागतको लागि स्कुल र कार्यालय बन्द

जेलबाट छुटेका मेयरको स्वागतको लागि स्कुल र कार्यालय बन्द

रौतहट, कटहरिया नगरपालिकाले आइतबार नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ । गत वैशाखदेखि हत्या अभियोगमा जेल परेका मेयर शियाराम कुश्वाहले सफाई पाएको खुसियालीमा नगरपालिकाले विदा घोषणा गरेको हो । जेलबाट छुटेपछि कुश्वाह हेलिकोप्टर चढेर शनिबार दिउसो २ बजेतिर आफ्नो नगरपालिका कटहरिया पुगेका थिए । यसै क्रममा कुश्वाहलाई स्थानीयले भव्य स्वागत गरेका छन् । उनलाई स्वागत गर्न लामो माला, फूलका गुच्छा सहित, मञ्च नै बनाइएको थियो । कुश्वाहको स्वागत र सम्मानकै लागि भन्दै नगरपालिका भित्रका सामुदायिक स्कुलहरुमा आइतबार सार्वजनिक विदा दिइएको छ । उनलाई स्वागतकै क्रममा यस्तो घोषणा…

Read More

नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन

नेपालगञ्ज–दिल्ली मैत्री बस सेवा सञ्चालन

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगञ्ज दिल्ली मैत्री बस सेवाले दुई देशबीचको सम्बन्ध कसिलो बनाउने बताएका छन् । आज नेपालगञ्जमा नेपालगञ्ज–दिल्ली मैत्री बस सेवाको उद्घाटन गर्दै उनले यातायातका साधनबाट सीधा सम्पर्क जोडिएसँगै नेपाल भारतबीच रहेको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध अझ कसिलो बन्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज दिल्ली बस सेवा सुविधाजनक र भरपर्दो हुन सके मानसरोवर र पश्चिम नेपालका अन्य पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकहरु हवाई यात्रा गरेर दिल्लीदेखि काठमाण्डौ र त्यसपछि नेपालगञ्ज आउने बाध्यता हट्ने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा,…

Read More

अभिभाकत्व ग्रहण गरेपनि पठन पाठनको ब्यवस्था मिलाउन सकेनन्

अभिभाकत्व ग्रहण गरेपनि पठन पाठनको ब्यवस्था मिलाउन सकेनन्

अनिल पोखरेल, सिरह प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले दलित बालबालिकाको अभिभाकत्व ग्रहण गरेपनि जिम्मेवारी अनुसारको पठन पाठनको ब्यवस्था मिलाउन सकेका छैनन् । प्रधानमन्त्री ओलीले गत वैशाख पाँच गते देशका सबै वर्गका बालबालिकाले समान रुपमा शिक्षा पाउनुपर्ने बताउँदै सिरहाको कल्याणपुर नगरपालिकास्थित रामदुलारी माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको उद्घाटन समारोहमा वडा नम्बर–११ निवासी भोगेन्द्र मल्लिकका छोरा पवन मल्लिक डोम र दिनेश खत्वेकी छोरी रुपा कुमारी खत्वेको प्रमले अभिभावकत्व ग्रहण गरेका थिए । ‘यी दुई बच्चा प्रतिनिधि पात्र मात्र हुन्’ उनले भनेका थिए । ‘मुसहर, मण्डल,…

Read More

सुरक्षित समाज निर्माणका लागि प्रहरी गम्भीर

सुरक्षित समाज निर्माणका लागि प्रहरी गम्भीर

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले नागरिकसँग मिलेर सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी गम्भीर भएर लागेको बताएका छन् । काठमाडौँ कमलपोखरीमा समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत आज आयोजित नागरिक सुनुवाइ कार्यक्रममा उनले शान्तिसुरक्षा तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरी अहोरात्र खटिएको उनले दाबी गरे । समुदाय–प्रहरी साझेदारीको अवधारणा, समुदायमा प्रहरीको जवाफदेहिता, सुशासन प्रवद्र्धन, सुरक्षा सुदृढीकरण, अपराध रोकथाम एवं न्यूनीकरणलगायतका विषयमा नागरिक सुनुवाइ भएको गरिएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक लामाले सुरक्षासम्बन्धी स्थानीयले राखेका जिज्ञासाको निरुपण गर्दै नागरिकसँग समन्वय र सहकार्यमा सभ्य एवं सुरक्षित समाज निर्माणका लागि प्रहरी सेवालाई…

Read More

आगलागीबाट दुई करोडको क्षति

आगलागीबाट दुई करोडको क्षति

काठमाडाँैको गोकर्णेश्वर नगरपालिका–४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करीब रु दुई करोड बराबरको क्षति भएको छ । कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थसमेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१३ ताहचल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भएका ध्रुव दाहालको कोठामा गएराति आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तनलगायतका सरसामान जलेर करीब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ । यता धारिलो हतियार प्रहार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल पिपलबस्ती बस्ने…

Read More

डिजिटल नेपालको ढाँचा महीना दिनमै : मन्त्री बाँस्कोटा

डिजिटल नेपालको ढाँचा महीना दिनमै : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर अघि बढ्ने उल्लेख गर्नुभयो । मन्त्री बाँस्कोटाले प्रविधिको पहँुच र प्रभावकारिता बढेसँगै यसको जोखिम र विकृति पनि उत्तिकै रहेको भन्दै प्रविधिको प्रयोगबाट लाभ लिन सकेमात्र त्यसको सान्दर्भिकता हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोगमा पहुँच मात्र हैन त्यसबाट प्राप्त उपलब्धि महत्वपूर्ण कुरा…

Read More

नागोया अभिसन्धिमा नेपालको प्रवेश

नागोया अभिसन्धिमा नेपालको प्रवेश

आनुवंशिक स्रोतमाथिको पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँटसम्बन्धी नागोया अभिसन्धिमा नेपालले प्रवेश गर्ने भएको छ । जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको नागोया अभिसन्धिमा प्रवेश गर्ने सम्बन्धमा नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घमा औपचारिक पत्र दर्ता गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाले अनुमोदन गरेको उक्त अभिसन्धिमा प्रवेश गर्नेसम्बन्धी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेको पत्र महासचिव एन्टोनियो गुटरेशसमक्ष आज प्रस्तुत गरिएको संयुक्त राष्ट्र सङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । औपचारिक पत्र प्रस्तुत गरेको ९० दिनपछि नेपाल उक्त अभिसन्धिमा प्रवेश गर्नेछ । त्यससँगै उक्त अभिसन्धिमा प्रवेश…

Read More

साताको शेयर बजारमा चार अर्बको कारोवार

साताको शेयर बजारमा चार अर्बको कारोवार

धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१ मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल पाँच दिन खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १७ बिन्दुले उकालो लागेको छ । कारोवार हुने पहिलो दिन आइतबार बजार ३२ दशमलव २४ बिन्दुले बढेको थियो । कारोवार रकमसमेत उच्च अङ्कले शुरु भई बजारमा उत्साह…

Read More

ऊर्जामन्त्रीलाई प्रश्न : लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन्

ऊर्जामन्त्रीलाई प्रश्न : लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन्

– रमेश लम्साल ‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार पैसा नलाग्ने नम्बर ११५१ मा नागरिकका गुनासा सुन्नुहुन्छ र समस्याको समाधान गर्न पहल गर्नुहुन्छ भन्ने सुनेका कारण आफूले फोन गरेको बताउँदै राइनले आफ्नो समस्याको पोको फुकाउनु भयो । उहाँले भन्नुभयो ‘मन्त्रीज्यू हामीले बिजुली बाल्न नपाउने…

Read More

कक्षा ११ को पुरक परीक्षा शनिबारदेखि शुरू

कक्षा ११ को पुरक परीक्षा शनिबारदेखि शुरू

राजेशचन्द्र राजभण्डारी, बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको माध्यमिक तह कक्षा ११ का विद्यार्थीको मौका परीक्षा शनिबारदेखि शुरू भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले संचालन गर्दै आएको परीक्षा प्रणाली परिवर्तनसँगै माध्यमिक तहको कक्षा ११ का विद्यार्थी बढीमा दुई बिषयसम्म दिन पाउने परीक्षा बागलुङ जिल्ला भरिको सदरमुकामको परीक्षा केन्द्रमा शुरू गरेको शिक्षा विकास इकाईका प्रमुख कुश्मराज उपाध्याले बताए । बागलुङ जिल्लाभरिका कुल १८९२ जना विद्यार्थीको लागि बागलुङ सदरमुकामको ३ वटा केन्द्र मार्फत परीक्षा संचान गरिएको छ । विद्यामन्दिर माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र अमृत आदर्श माविमा यसपटक परीक्षा…

Read More