फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु

फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु

फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ । आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका छन् । नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भूस्खलन र डुबेर भएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ । “अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ । हामी मानिसको उद्धारका लागि…

Read More

गाउँपालिकामा व्यापक भ्रष्टाचार भइरहेको आरोपमा तालाबन्दी

गाउँपालिकामा व्यापक भ्रष्टाचार भइरहेको आरोपमा तालाबन्दी

आलोक यादव, सिरहा । सिरहाको औरही गाउँपालिकामा तालाबन्दी गरिएको छ । विगत ९ महिनाअघि मागिएको सूचना हालसम्म गाउँ कार्यपालिकाद्धारा उपलब्ध नभएपछि बेतिथि विरुद्ध गठित स्वतन्त्र यूवा समाजले गाउँपालिकाको कार्यालयमा आईतवार तालाबन्दी गरेका हुन् । सूचनाको हक प्रयोग गरी गत आर्थिक वर्ष र यस आर्थिक वर्षको बजेट विवरण तथा बिल भरपाईको सूचना माग्दा आजभोली गर्दागर्दै आलटाल गरेपछि तालाबन्दी नै गर्न बाध्य हुनुपरेको स्वतन्त्र युवा समाजका अध्यक्ष दिपेन्द्र यादवले बताए । कार्यालयमा ३२ कर्मचारी रहेको र नियमित कर्मचारी समेत उपस्थित नहुने गरेका कारण सेवाग्राहीले सास्ति भोग्नु परेको उनीहरुको आरोप छ । गाउँपालिकामा…

Read More

बंगलादेशको आमनिर्वाचनः हिंसामा १२ जनाको मृत्यु

बंगलादेशको आमनिर्वाचनः हिंसामा १२ जनाको मृत्यु

बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा रहेकी छन् । विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीको कारबाहीमा तीन जनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीचको झडपमा अरु आठ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार एकजना प्रहरी जवानको विपक्षी दलका कार्यकर्ताले गोली चलाउँदा मृत्यु भएको छ । बंगलादेशको आइतबारको चुनावमा बलियो सुरक्षा व्यवस्था गरिएको थियो ।…

Read More

सबल नेपालले सुरु ग-यो सामाजिक परीक्षणको आयोजना

सबल नेपालले सुरु ग-यो सामाजिक परीक्षणको आयोजना

अनिल पोखरेल, राजविराज । राजविराजस्थित गैरसरकारी संस्था सबल नेपालले सामाजिक परीक्षणको आयोजना गरेको छ । सप्तरीका सरकारी कार्यालय तथा स्थानीय तहहरुले समेत सामाजिक परीक्षण नगरिरहेको सन्दर्भमा सबल नेपालले यो कार्यक्रम गरेर सामाजिक दायित्व निर्वाह गरेको छ । आईतबार सबल नेपालले हालसम्म गरिएका गतिविधी, गतिविधीबाट प्राप्त भएको उपलब्धि, समाजमा भएको परिवर्तन, बजेटसहित संस्थाका हरेक जानकारी र गतिविधी सार्वजनिक गरेको छ । कार्यक्षेत्रभित्रका जनप्रतिनिधी, सम्बन्धित निकायका प्रतिनिधी, कर्मचारी, सेवाग्राही, कार्यक्षेत्रका सर्वसाधारणसहितको उपस्थितिमा सबल नेपालको सामाजिक परीक्षण कार्यक्रम गरिएको हो । स्थानीय ग्रीन मधेश दैनिकका सम्पादक श्रवणकुमार देवले सामाजिक परीक्षणको आवश्यकता, महत्वसहितको विषयमा प्रकाश…

Read More

भ्रष्टाचारविरुद्धको चलचित्रमा मनोज गजुरेलको डेब्यु

भ्रष्टाचारविरुद्धको चलचित्रमा मनोज गजुरेलको डेब्यु

नेपाली समाजमा अहिले भ्रष्टाचार दिनप्रतिदिन मौलाउँदै गएको छ । भ्रष्टाचार उन्मूलनका लागि विभिन्न क्षेत्रले आवाज उठाउँदै आएको छ । अहिलेसम्म यस विषयलाई चलचित्रमा भने समेट्न सकिएको थिएन । माघ १८ गतेदेखि प्रदर्शनीमा आउन लागेको चलचित्र ‘सयकडा दश’ले देशमा मौलाउँदै गएको भ्रष्टाचारको उन्मूलनका लागि ‘भ्रष्टाचारविरुद्ध प्रेम’ भन्ने अवधारणाका साथ भ्रष्टाचारको विषयलाई समेट्न खोजेको छ । युवापुस्तालाई स्वच्छ नेपालको अवधारणामा अघि बढाउन चलचित्रको निर्माण गरिएको चलचित्रका लेखक तथा निर्देशक रामशरण पाठकले जानकारी दिए । उनले भने, “चलचित्रले नेपाली समाजमा केही परिवर्तन ल्याउँला भन्ने आश गरेका छौँ ।” ‘प्रेमगीत’ जस्तो उत्कृष्ट चलचित्रको लेखन…

Read More

घुस लिएको अभियोगमा गाउँपालिकाका इञ्जिनीयर पक्राउ

घुस लिएको अभियोगमा गाउँपालिकाका इञ्जिनीयर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोधन गाउँपालिकामा प्राविधिक शाखाका कार्यरत इञ्जिनीयर कपिल आचार्य र सवइञ्जिनीयर लक्ष्मण ढुङ्गानालाई सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ । सेवाग्राहीको पुरानो भवनको नक्सा पास गरिदिने र अभिलेखीकरण गरिदिने भन्दै उहाँहरुले रु ८० हजार घुस लिएको आयोगको दाबी छ । आयोगले उहाँहरुलाई सोही गाउँपालिका–४ बाट यही पुस १३ गते नियन्त्रणमा लिइएको भए पनि आवश्यक छानबिन पछि आज मात्रै सार्वजनिक गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

Read More

ट्याक्सी भाडा समायोजन गर्न ट्याक्सी चालकको सरकारसँग माग

ट्याक्सी भाडा समायोजन गर्न ट्याक्सी चालकको सरकारसँग माग

सार्वजनिक ट्याक्सी चालकले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सरकार, यात्रु तथा ट्याक्सी चालकबीच ट्याक्सीको भाडाको विषयमा लिएर भइरहेको द्वन्द्वलाई निमिट्यान्न गर्न सबैको सहयोग आवश्यक रहेको उनीहरुले बताए । अखिल नेपाल यातायात मजदुर सङ्घका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोजेको आरोप लगाउनुभयो । लोकतान्त्रिक यातायात मजदुर सङ्गठनका अध्यक्ष भरत गुरुङले विसं २०६९ को ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गर्नुभयो । अखिल नेपाल मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष अशोक थापा, अखिल नेपाल यातायात मजदूर सङ्घका ट्याक्सी…

Read More

राष्ट्रिय एकता विथोल्ने प्रयासविरुद्ध लाग्नुपर्छ : प्रधानमन्त्री ओली

राष्ट्रिय एकता विथोल्ने प्रयासविरुद्ध लाग्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताउनुभएको छ । तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताउनुभयो । जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ ।” नेपालका विभिन्न जातजातिले मनाउने चाडपर्वमा सार्वजनिक बिदा दिने विषयमा आफूले विधिवत्रुपमा निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । गुरुङ समुदायका…

Read More

कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाईयो

कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाईयो

कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी आइतबार मनाईएको छ ।कविशिरोमणि पौड्यालको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उहाको स्मृतिमा विविध कार्यक्रम हुने गरेका छन् । विसं १९४१ को पुस १५ मा कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको अर्घौँ अर्चेलमा जन्मिएका कविशिरोमणिको जन्मजयन्तीको अवसरमा नेपाल शिक्षा परिषद्ले काठमाडौमा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा लेखनाथ प्रतिभा पुरस्कार स्नातकत्तोर नेपाली बिषयमा सर्वप्रथम हुने सुवद्रा पौडेललाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु १५ हजार १ रहेको छ । कार्यक्रममा स्रष्टाहरुले लेखनाथ पौड्यालको साहित्यीक योगदानको चर्चा गरेका थिए…

Read More

सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति: प्रधानमन्त्रि ओली

सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति: प्रधानमन्त्रि ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति लिएको बताउनुभएको छ । गुरुङ समूदायको ल्होसार पर्वको अवसर पारेर आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको जायज माग लाई पुरा गर्दे सबै क्षेत्रको विभेद अन्त्यका लागि सरकारले विशेष नीति लिएको बताउनुभएको हो । सरकार स्वेच्छाचारी भएको आरोप सरकारलाइ लाग्ने गरेको भन्दै उहाले बिधिवत ढंगले जायज मागलाई पुरा गरिने धारणा राख्नुभयो । उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धी संघीयता, धर्म निरपेक्षता, गणतन्त्रबाट कोही पनि पछि हट्न नसक्ने पनि बताउनुभयो । सबै जाति र समूदायको ठूलो…

Read More