लडाकू समूहले गरेको आक्रमणमा ५ सैनिकको मृत्यु ६ घाईते

लडाकू समूहले गरेको आक्रमणमा ५ सैनिकको मृत्यु ६ घाईते

अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा पाँच अफगान सैनिक मारिनुका साथै अन्य ६ जना घाइते भएका छन् । देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । आक्रमण गर्न सैन्य शिविरमा आएका तालिबान लडाकूहरुलाई जवाफी कारबाहीस्वरुप अफगान राष्ट्रिय सेनाको तर्फबाट बन्दुक, रकेटलगायतका हतियारले आक्रमण गरेको थियो । नाम नबताउने शर्तमा यी जानकारीहरु दिएका एक सरकारी अधिकारीले आक्रमण गर्न आएका तालिबान लडाकूहरुको सङ्ख्या भने यकिन भएको बताए । ती सरकारी अधिकारीले सरकारी सुरक्षाकर्मी…

Read More

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य , हेर्नुहोस् केमा कति ?

फेरि घट्यो पेट्रोलियम पदार्थको मूल्य , हेर्नुहोस् केमा कति ?

नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो। स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन भएको निगमले विज्ञप्तिमार्फत् जानकारी गराएको छ। यसअघि प्रतिलिटर ११० पर्ने पेट्रोलको मूल्य १०८ पुगेको छ भने प्रतिलिटर ९७ रुपैयाँमा रहेको मट्टीतेल र डिजेल ९५ रुपैयाँमा झरेको छ।

Read More

चोरीमा संलग्न गिरोह पक्राउ

चोरीमा संलग्न गिरोह पक्राउ

मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित पाँच जना रहेको इप्रका धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । मोबाइलको कल डिटेलका आधारमा उनीहरुलाई पक्राउ गरिएको उनले बताए । उनीहरूले धरान–१७ स्थित सर्दु खोलामा मङ्सिर २७ गते सुनसरी कोशी गाउँपालिका–६ का बेचन मियाको को २ प ७६२० नंको मोटरसाइकल, एक थान मोबाइल र रु एक हजार ३०० नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । भारत अररिया बस्मतियाका…

Read More

मिस नेपाल खतिवडा सद्भावना दूतमा नियुक्त

मिस नेपाल खतिवडा सद्भावना दूतमा नियुक्त

व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत ९ब्राण्ड एम्बास्डर०मा शृङ्खला खतिवडा मिस नेपाल २०१८० लाई नियुक्त गरेको छ । बैंकमा आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिए । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनको छ । बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार…

Read More

सडकमा कष्टकर जीवन गुजार्नेको उद्धार

सडकमा कष्टकर जीवन गुजार्नेको उद्धार

काठमाडौँको गौशालामा सडकमा बस्नै आएका एक व्यक्तिको आज मृत्यु भयो । मङ्गलबार पनि पहिचान नखुलेका एक व्यक्ति जमलमा मृत अवस्थमा फेला परेका थिए । सडकमा बेवारिसे अवस्थामा रहेक व्यक्ति चिसो बढेसँगै ज्यान जानेक्रम बढिरहेका बेला प्रहरीले सडकमा रात बिताउन बाध्य हुनेको उद्धार अभियान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले सडकमा कष्टकर अवस्थामा रात बिताउन बाध्य भएका असहाय, वृद्धवृद्धा तथा बालबालिकाको उद्धार तथा पुनःस्थापना अभियान शुरु गरेको हो । गएरातिदेखि प्रहरीले उक्त अभियान थालेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उक्त अभियानअन्तर्गत कालिमाटी, स्वयम्भू, सीतापाइला क्षेत्रबाट सात जना पुरुषको उद्धार…

Read More

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर– इटहरी उपमहानगरपालिका–८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। इटहरीबाट विराटनगर जाँदै गरेको ट्रकले सोही दिशामा जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको चालक ५० वर्षीय गिरीराज ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

मुटुरोगी एक वर्षीय छोरीलाई बचाइदिन बुवाले मागे सहयोग

मुटुरोगी एक वर्षीय छोरीलाई बचाइदिन बुवाले मागे सहयोग

अभिमन्यु लामिछाने, उदयपुर । उदयपुरको बेलका नगरपालिकाका एक स्थानीयले मुटुको बिरामी रहेकि आफ्नो एक वर्षकी छोरी बचाउन सहयोग मागेका छन । बेलका नगरपालिका वडा नं. ७ बस्ने मेसन राईकी एक वर्षिया छोरीको मुटुको उपचार गर्न आर्थिक अभाव भएकोले सहयोगको याचना गरेका हुन् । बालिका अपेक्षा राई मुटुको भल्बमा समस्या भएर विगत केही महिनादेखि गंगालाल ह्दय रोग निवारण केन्द्र बाँसबारीमा उपचाररत रहेको बुबा मेसनले जानकारी दिए । ‘छोरीको मुटुको भल्ब बन्द भएको र चिकित्सकले अप्रेसन गरेर भल्ब खुलाउनु पर्ने बताएकाले अप्रेसन गर्न आर्थिक अभाव भएको छ ।’ बालिकाका बुबा मेसनले भने…

Read More

संकटाको दोस्रो स्थान पक्का, मनाङको विजयी यात्रा कायमै

संकटाको दोस्रो स्थान पक्का, मनाङको विजयी यात्रा कायमै

अमित तामाङको दुई गोलमा संकटा क्लबले बुधबार थ्री स्टारलाई २–१ ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थान पक्का गरेको छ । मनाङ मस्र्याङ्दीसँग ३–१ ले पराजित भएपछि उपाधि होडबाट बाहिरिएको संकटाले बिहीबार थ्री स्टारलाई हराउँदै दोस्रो स्थान पक्का गरेको हो । जितसँगै लिगमा एक खेलमात्र बाँकी रहँदा संकटाले थ्री स्टारलाई ४ अंकले पछि पारेको हो । हारपछि थ्री स्टार २३ अंकका साथ तेस्रो स्थानमा यथावत् छ । जुन चौथो स्थानको त्रिभुवन आर्मीको भन्दा एक अंकले मात्र माथि हो । त्यसैले तेस्रो स्थान जोगाइराख्नका लागि थ्री स्टारलाई लिगको अन्तिम…

Read More

वाइड बडी खरिद प्रक्रियामा संलग्नताबारे पर्यटन मन्त्रिको यस्तो गुनासो

वाइड बडी खरिद प्रक्रियामा संलग्नताबारे पर्यटन मन्त्रिको यस्तो गुनासो

संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएका निश्कर्ष निकाल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायतलाई कारबाही सिफारिस गरेपछि देशभर यसकै चर्चा छ । वाइडबडी खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले नै भइसकेको बताउँदै मन्त्री अधिकारीले अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा रहेकाले नाम जोडिएको बताए ।मन्त्रालयको नेतृत्वमा भएकाले नाम जोडिनु स्वाभाविक हो । तर, योखालको प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ,’ मन्त्री अधिकारीले भने, ‘वाइड बडी खरिद प्रक्रियामा मेरो संलग्नता छैन भन्ने बेला आएपछि पुष्टि हुन्छ ।’ मन्त्री अधिकारीका पालामा जहाज खरिदको अन्तिम किस्ता भुक्तान भएको…

Read More

किन भए अनसन बस्न इलाम पुगेका गोविन्द केसी एकाएक ‘ब्याक’ (विज्ञप्तिसहित)

किन भए अनसन बस्न इलाम पुगेका गोविन्द केसी एकाएक ‘ब्याक’ (विज्ञप्तिसहित)

काठमाडौं– १६ औं अनसन बस्न इलाम पुगेका डाक्टर गोविन्द केसीको अनसनको कार्यक्रम स्थगित भएको छ ।डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी पुस २५ गतेसम्मको लागि अनसनको कार्यक्रम स्थगित भएको जनाएका छन् ।संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्झौता अनुसार ऐन जारी गर्ने प्रतिबद्धता जनाएकाले २५ गतेसम्मका लागि अनसनको कार्यक्रम स्थगन गरेको केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केसीले जारी गरेको विज्ञप्तिको पूर्णपाठ आदरणीय पत्रकार मित्रहरु मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सुशासन, सबै विपन्न नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार तथा सबै…

Read More