रूसको ग्याँस विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

रूसको ग्याँस विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । विस्फोटनपछि बेपत्ता भएकाहरुको खोजी गर्ने क्रममा थप व्यक्तीहरुको पनि शव भेटिएकाले मृत्यु हुनेहरुको संख्या बिहीबार ३७ पुगेको हो । नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरुलाई पनि असर परेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा छ जना बालबालिका रहेको आपतकालिन मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ । घटनास्थलबाट दुई जना बालबालिका सहित छ जनालाई उद्धार गरिएको छ । अत्यन्त न्युन तापक्रमका कारण उद्धार तथा…

Read More

राप्रपाद्वारा सपथको विरोध

राप्रपाद्वारा सपथको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ । पार्टीका नेता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ । उक्त घटनामा सात प्रहरी तथा अढाई वर्षे बालकको मृत्यु भएको थियो । घटना लगत्तै फरार चौधरीले निर्वाचन आयोगमा वारिसनामार्फत उम्मेदवारी दर्ता गराइ विसं २०७४ मङ्सिर २१ मा भएको चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचनपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीलाई प्रहरी हिरासतमा…

Read More

सशस्त्रका पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर

सशस्त्रका पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर

विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ । न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो । अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ । अदालतले भट्टराईको कूल सम्पत्ति रु तीन करोड १७ लाख ६७ हजारमध्ये रु एक करोड…

Read More

चन्द्रागिरी नगरपालिकाकाे कपास उद्योगमा भिषण आगलागी

चन्द्रागिरी नगरपालिकाकाे कपास उद्योगमा भिषण आगलागी

चन्द्रागिरि नगरपालिका–१६ स्थित दीपक कपास उद्योगमा आगलागी भएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार आज साँझ लागेको उक्त आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् । आगो अझै नियन्त्रणमा आएको छैन । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दमकल र खानेपानीका ट्याङ्करको प्रयोग गरिएको छ । उक्त आगो कसरी लागेको र के–कति क्षति भएकोबारे विवरण आउन बाँकी छ ।

Read More

खोटाङमा प्रमुखलेनै गाउँपालिकाको भवन भत्काइदिएपछि …

खोटाङमा प्रमुखलेनै गाउँपालिकाको  भवन भत्काइदिएपछि …

खोटाङको रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहिन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौलाले भत्काएका छन्। गाउँपालिकाको निर्माणाधिन भवन गुणस्तरहिन बनेपछि पटक–पटक सच्याउन आग्रह गर्दा पनि ठेकेदारले अटेर गरेपछि गाउँपालिका प्रमुख निरौलाले कोदालो र गैंती लगाएर भत्काइदिएका हुन्। ७६ लाखको लागतमा तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्सट्रक्शन प्रा.लि.ले निर्माणकाे जिम्मा लिएकाे १ तले ४ कोठे भवन गुणस्तहिन बनेपछि गाउँपालिका प्रमुख निरौलाले भवनको भित्री भागको भुँइमा गरिएको ढलान, भवनको पर्खाल र बाहिरपट्टी गरिएको प्लास्टर कोदालोले खनेर भत्काइदिएका हुन् । भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहिन भवन बनाएकाले कोदालोले…

Read More

अब उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ

अब  उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्युनतम खरिद मूल्य ५३६ रुपैयाँ तोकेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले उखुको न्यूनतम् खरिद मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । जसमध्ये चिनी मिलहरुले ४७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदानवापत ६५ रुपैयाँ २८ पैसा दिने बास्कोटाले बताए । उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ ।

Read More

हत्या आरोपितलाई जन्मकैद

हत्या आरोपितलाई जन्मकैद

सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ । महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए। सुतिरहेका सोही ठाउँका ६५ वर्षीय खटर सदालाई कथित बोक्सो भन्दै ०७३ मङ्सिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको आरोपमा भोलालाई त्यसको भोलि पल्टै प्रहरीले पक्राउ गरेको थियो । मृतककी पत्नी ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कारवाहीका लागि उजुरी दिएकी थिइन् । जिल्ला…

Read More

वाइडबडी खरिद प्रकरण : अनियमितताबारे छानविन गर्न सरकारले गठन गर्‍यो जाँचबुझ आयोग

वाइडबडी खरिद प्रकरण : अनियमितताबारे छानविन गर्न सरकारले गठन गर्‍यो जाँचबुझ आयोग

वाइडबडी विमान खरिद प्रकरणमा भएको अनियमितताबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्य न्यायाधीश गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । आयोगका सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मा रहेका छन् । आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए । विहीबार बसेको मन्त्रिपरिषद बैठकले जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम यो जाँचबुझ आयोग गठन गरिएको मन्त्री बास्कोटाले  जानकारी दिए…

Read More

ठगी गिरोह पक्राउ

ठगी गिरोह पक्राउ

सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ रु ४० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको जनाइएको छ । यसरी पक्राउपर्नेमा काठमाडौँ टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा जनकपुर नगरपालिकाका मनिष ढुङ्गाना, काठमाडौँ काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् । यस्तै काठमाडौ बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र सङ्गीता राई, काठमाडाँै बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडाँै तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा,…

Read More

आइएमई दसैँमा २० लाख योजना अन्तर्गत धिरेन्द्रले जिते २० लाख

आइएमई दसैँमा २० लाख योजना अन्तर्गत धिरेन्द्रले जिते २० लाख

रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले २०७५ सालका दसैँ, तिहार र छठलाई लक्षित गर्दै ल्याएको दसैँमा बीस लाख योजना अन्तर्गत सर्वाधिक ठुलो राशिको भाग्यशाली विजेता घोषणा गरेको छ ।मलेसियाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही धिरेन्द्र कुमार झागडले बीस लाख जित्न सफल भएका हुन् । सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट उनी विजेता घोषित भएको आईएमई द्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आज आयोजित भाग्यशाली विजेता छनोट गरिएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्डएम्बासडर द्वय दीपक राज गिरि र…

Read More