जलवायु परिवर्तनका मुद्दामा राजनीतिक प्रतिबद्धता

जलवायु परिवर्तनका मुद्दामा राजनीतिक प्रतिबद्धता

काठमाडौँ, वातावरण विषयका जानकारले जलवायु परिवर्तनका क्षेत्रमा राजनीतिक तहबाट गरिएका प्रतिबद्धतालाई कार्यान्वयन गर्न आवश्यक रहेकामा जोड दिएका छन् । स्वच्छ ऊर्जा नेपालद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरिएका राजनीतिक प्रतिबद्धता कार्यान्वयन भए जलवायु परिवर्तनका धेरै समस्या समाधान गर्न सहज हुने धारणा व्यक्त गरेका हुन् । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनका असरसँग जुध्न नेपालमा स्थानीयस्तरमा धेरै काम स्वतःस्फूर्त भइरहेको बताउँदै त्यस्ता कार्यलाई औपचारिकता दिई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिको पक्ष राष्ट्रको २४ औँ…

Read More

सुकुम्वासी समस्या : जग्गा बाँड्दा समाधान भएन समस्या

सुकुम्वासी समस्या : जग्गा बाँड्दा समाधान भएन समस्या

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हालसम्म एक लाख ५४ हजार ८५६ सुकुम्वासी परिवारलाई ४६ हजार ६९४ बिघा जग्गा वितरण गरेको छ । हालसम्म १२ सुकुम्वासी आयोग गठन भएपनि अव्यवस्थित बसोवासको समस्या समाधान हुन नसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले स्वीकार गर्नुभयो । विशेषगरी तराईका जिल्लामा अव्यवस्थित बसोवासको समस्या छ । केही पहाडी जिल्लामा समेत यो समस्या रहेको मन्त्रालयले जनाएको छ । पछिल्लोपटक २०७१ असार २ गते मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको सुकुम्वासी समस्या समाधान आयोगले उपत्यका बाहेक ७२ जिल्लामा जिल्ला समस्या समाधान समिति गठन गरेको थियो । आयोगमा आठ लाख ६१…

Read More

कङ्गोमा हिंसाका कारण १६ हजार विस्थापित

कङ्गोमा हिंसाका कारण १६ हजार विस्थापित

लोकतान्त्रीक गणतन्त्र कङ्गोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन् । देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको साम्प्रदायीक झडपमा परी उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले शुक्रबार जनाएका छन् । माइ एनडोम्बे प्रदेश अन्तर्गत पर्ने युम्बीमा कङ्गो—ब्राज्जाभिल्लेका नाममा हिंसात्मक गतिविधिहरु भइरहेको छ । राष्ट्रसंघको शरणार्थीसम्वन्धी उच्च आयुक्तको कार्यालयका प्रवक्ता अन्द्रेज माहेसिसले युम्बीमा दुई समूदायबीच भएको द्वन्द्व लामो समयदेखि तनाबको विषय बनेको जानकारी दिए । पुराना झगडालु बानुनुस र बातेन्डे समूदाय बीचको विवादले अहिले फेरी साम्प्रदायिक झडपको अवस्था सृजना गराएको माहेसिसले बताए । यी झडपमहरुमा परी…

Read More

न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिए : प्रधानन्यायाधीश

न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिए : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग आज भएको भेटमा उहाँले आफूले न्यायपालिकाको गरिमाका लागि नचाहेर पनि सो अप्रिय निर्णय लिनुपरेको बताउनुभयो । प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पार्नुभयो । बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गर्दै सहमति र सौर्हादपूर्ण…

Read More

शेरबहादुर देउवा भन्छन् : शान्ति सुरक्षामा लाचार बन्दै सरकार

शेरबहादुर देउवा भन्छन् :  शान्ति  सुरक्षामा लाचार बन्दै सरकार

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरीलाई किन सपथ गराइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले चौधरीलाई सरकारले किन सपथ गराएको हो आफूले बुझ्न नसकेको बताएका हुन् । ‘सपथ किन खुवायो थाहा छैन, उनले भने ‘टीकापुरमा विना हतियार गरएका प्रहरीमाथि आक्रमण भएको हो ।’ टीकापुर घटनाका अभियुक्त चौधरी पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा बिहीबार प्रतिनिधिसभा  सदस्यको हैसियतमा सपथ लिएका थिए । पत्रकारसँगको कुराकानीमा देउवाले वर्तमान सरकार फ्लप (असफल) भएको दाबी गरेका छन् ।…

Read More

प्रविधिको अभावमा अपराध अनुसन्धानमा समस्याः प्रहरी महानिरीक्षक खनाल

प्रविधिको अभावमा अपराध अनुसन्धानमा समस्याः प्रहरी महानिरीक्षक खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई आधुनिक प्रविधिको अभावमा अपराध अनुसन्धान गर्न समस्या भएको बताएका छन् । रौतहट सदरमुकाम गौरमा आज सीसी क्यामरा जडानको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले आधुनिक प्रविधिको अभावमा आपराधिक गतिविधिको अनुसन्धान र नियन्त्रण गर्न कठिनाइ भएको बताए। “प्रहरीलाई प्रविधियुक्त बनाइनुपर्छ,” उनले भने, “केही आचरण बिग्रेका प्रहरीका कारण सिङ्गो सङ्गठन नै बदनाम भइरहेको छ, आचरण नसुधार्नेलाई कारवाही गरिन्छ ।” गौर नगरपालिकाले विभिन्न १० स्थानमा रु ३० लाखको लागतमा सीसी क्यामरा जडान गरेको छ । प्रहरी उपरीक्षक केदार ढकालले सीसी क्यामरा जडानले बढीजसो रातको समयमा हुने आपराधिक गतिविधि न्यून…

Read More

लागुऔषध कारोवारी पक्राउ

लागुऔषध कारोवारी पक्राउ

प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० पत्ता ७५० चक्की झोलामा लुकाइछिपाइ तराईबाट बिपी राजमार्ग हुँदै धुलिखेल आउने क्रममा नमोबुद्ध नगरपालिका–७ स्थित मङ्गलटारमा जाँचका क्रममा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित पुपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई पक्राउ गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रविराज खड्काले प्रारम्भिक अनुसन्धानबाट सो लागुऔषध प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुनेगरेको बताए…

Read More

चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला

चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला

चितवनका छुट्टाछुट्टै ठाउँमा आज दुई जनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका–३ बेलचोकमा ४० वर्षीय राज गुरुङ मृत अवस्थामा फेला परेको हो । प्लाष्टिकको छाप्रोमा बस्दै आएका गुरुङ मागेर खाँदै हिँड्ने गरेको स्थानीयवासीले बताएका छन् । जाडोले कठ्याङ्ग्रियर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–९ सिमलटाँडीमा इनारभित्र अर्का एक जनाको शव भेटिएको छ । स्थानीयवासी बुद्धिराम चौधरीको इनारमा सोही भलाई महतोको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विगत १० दिनदेखि हराइरहेका उनको शव सडेको अवस्थामा फेला परेको हो । दुवै…

Read More

झापामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु

झापामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु

झापाको कमल गाँउपालिकास्थित सितापुरीमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार दमक–१ का ४२ वर्षीय शिव लामिछानेको ट्रकको ठक्करबाट मृत्यु भएको हो।मे१ख १९५७ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री लामिछानेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार साँझ घरबाट निस्किएका लामिछानेलाई पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो।

Read More

रेशम चौधरीको सपथः कानुनी राज्यको उपहास कि जनमतको कदर !

रेशम चौधरीको सपथः कानुनी राज्यको उपहास कि जनमतको कदर !

टीकापुर घटनाका मुख्य अभियुक्त सांसद रेशम चौधरीले विहिबार संसद सचिवालयमा सपथ लिए । गएको फागुनबाट डिल्ली बजार कारागारमा रहेका चौधरीले सपथपछि संक्षिप्त प्रतिक्रिया दिए । प्रतिक्रियामा उनले मतदाताले न्याय दिएको बताए । सँगसगै उनले न्यायालयले पनि न्याय दिने विश्वास ब्यक्त गरे । सपथ कार्यक्रममा उनी सँगै श्रीमती रन्जीता र छोरा पनि थिए । सपथ लिएर उनलाई पुनः कारागरमै फर्काइयो । त्यसपछि सुरु भयो एउटा बहस । राजनीतिज्ञ, बुद्दीजीवी, सामाजिक सञ्जाल, मिडिया यतीसम्मकी कानुनविद समेत दुई कित्तामा बाँडिए । कतिले यसलाई जनमतको कदर ठाने भने कतिपयले कानुनी राज्यको उपहास । सपथ…

Read More