बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु , १२ घाइते

बस दुर्घटना हुँदा ६ जना स्कुले बालबालिकाको मृत्यु , १२  घाइते

भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरु १२ जना घाइते भएको र उनीहरुलाई उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएको छ । सिरमाउर जिल्लाका वरिष्ट प्रहरी अधिकृत रोहित माल्पानीले दुर्घटनामा मारिने बालबालिकाहरु चारदेखि १४ वर्ष उमेरका रहेको बताउनुभयो । दुर्घटनाको वास्तविक कारण अझै नखुलेको प्रहरीले जनाएको छ । लापरबाही गरी सवारी चलाउने, साँघुरा र कमसल सडकका कारण हिमाचलका पहाडी इलाकाहरुमा बारम्बार सवारी दुर्घटना हुने गरेका छन् । भारतमा हरेक वर्ष सडक दुर्घटनामा औसतमा…

Read More

हुम्लामा भिषण आगलागी, तेह्र घर जलेर नष्ट

हुम्लामा भिषण आगलागी, तेह्र घर जलेर नष्ट

हुम्ला।  जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा आज भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

Read More

डिपिएल अक्सन : छ टोलीले किने ७२ खेलाडी, हेर्नुहोस् कुन क्लबले कुन

डिपिएल अक्सन : छ टोलीले किने ७२ खेलाडी, हेर्नुहोस् कुन क्लबले कुन

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज सम्पन्न भएको छ । यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् । आज सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । अक्सनमा…

Read More

गुटउपगुटले कांग्रेस ध्वस्त हुन लाग्यो : महामन्त्री कोइराला

गुटउपगुटले कांग्रेस ध्वस्त हुन लाग्यो : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टी गुटउपगुटले ध्वस्त हुन लागेको वताएका छन्। नेपाली कांग्रेस रत्ननगर नगरसमितिले शनिवार रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा कोइरालाले पार्टीलाई एक ढिक्का वनाई अघि वढ्न नेतृत्वमा परिवर्तनको विकल्प नभएको बताएका हुन्। कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको स्पष्ट समेत पारे। साथै आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली कांग्रेसलाई कसैले जित्न नसक्ने उनको दाबी थियो। अहिले आम नेतृत्वले कांग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको महामन्त्री कोइरालाको भनाइ थियो। त्यस्तै सोही कार्यक्रममा कांग्रेस नेता महेश आचार्यले पार्टीभित्रको…

Read More

मकवानपुरका सञ्चलालको हत्या बम्जनको आश्रममै भएको आशंका

मकवानपुरका सञ्चलालको हत्या बम्जनको आश्रममै भएको आशंका

सिन्धुपाल्चोक । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको प्रहरीले मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक भेटाएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो । आश्रममा खान तलासी गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको थियो । बम्जनको आश्रमबाट मकवानपुरका सञ्चलाल वाइबा र फूलमाया रुम्बा हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी शुरु गरेको थियो । अनुसन्धानको क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘हामीले शुक्रबारदेखि आश्रमभित्र…

Read More

बौद्धको मिनी क्यासिनोमा छापा, २३ जना पक्राउ

बौद्धको मिनी क्यासिनोमा छापा, २३ जना पक्राउ

प्रहरीले बौद्ध स्तुपास्थित फुलबारी भन्ने ठाउँमा सञ्चालित एक मिनी क्यासिनोमा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।जुवातास खेलाइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ७ लाख १९ हजार ८२० रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।लोप्साङ लामाले घर भाडामा लिएर उक्त मिनी क्यासिनो सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

Read More

एउटै माछाको मूल्य ३४ करोड ७२ लाख

एउटै माछाको मूल्य ३४ करोड ७२ लाख

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अर्थात ३४ करोड ७२ लाख रुपैयाँमा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछाको मूल्य प्रतिकेजी झण्डै १२ लाख ४९ हजार रुपैयाँ पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना प्रजातिको माछा किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई…

Read More

वाइडबडी प्रकरणमा सरकारी छानविन भ्रष्टाचार लुकाउने बाटो: देउवा

वाइडबडी प्रकरणमा सरकारी छानविन भ्रष्टाचार लुकाउने बाटो: देउवा

विपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् ।सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको प्रति उनको असन्तुष्टि ब्यक्त गरेका हुन् । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए । मोरङमा भएको एक कार्यक्रममा बोल्दै उनले भने , ‘वाइडबडीमा जुन भ्रष्टाचार भएको छ, छानविन कमिटी बनाएर त्यसलाई लुकाउन खोजेको हो कि रु बचाउन खोजेको हो कि भन्ने जायज शंका उठेको छ ।’ हाम्रो पार्टीले विपक्षमा…

Read More

हत्या गरेर फरार एक आरोपी पक्राउ

हत्या गरेर फरार एक आरोपी पक्राउ

अनिल पोखरेल सप्तरी ,पुष २१ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका कर्मचारी परशुराम मिश्रा हत्याको आरोपीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । वडा नम्वर १ निवासी मिश्रको बञ्चरो प्रहारबाट पुस १ गते मृत्यु भएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा वडा नम्वर २ का ४० वर्षीय शैलेन्द्र मुखिया रहेका छन् । सघन खोजतलास गर्ने क्रममा पक्राउ गरिएको मुखियामाथि म्याद थप गराई अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् । गत मंसिर २९ गते साँझ गाउँपालिकाको चौकीदार समेत रहेका मिश्रले लागुपदार्थ प्रयोग नगर्न सम्झाउने क्रममा विवाद…

Read More

स्पेनको एक अपार्टमेन्टमा आगलागी हुँदा तीनको ज्यान गयो

स्पेनको एक अपार्टमेन्टमा आगलागी हुँदा तीनको ज्यान गयो

स्पेनको उत्तरपूर्वी भेगमा रहेको एक अपार्टमेन्टमा शनिबार आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । आगलागीमा एक बालक सहित १६ जना घाइते भएको उद्धारकर्मीहरुले बताएका छन् । प्रहरीले आगलागीबाट मृत्यु भएकाहरुको पहिचान गर्न सकेको छैन । आगो बिहान मात्र नियन्त्रणमा आएको थियो ।

Read More