पोखरामा ६ करोड लगानीमा ब्राउन आइज पार्टी प्यालेस सञ्चालन

पोखरामा ६ करोड लगानीमा ब्राउन आइज पार्टी प्यालेस सञ्चालन

पोखराको महेन्द्रपुल बाँस्तोलाथरमा ६ करोड लगानीमा ब्राउन आइज रिसेप्सन (पार्टी प्यालेस) सञ्चालनमा आएको छ । युवा व्यवसायी सुवास श्रेष्ठको लगानीमा पोखरामा नै पहिलोपटक दुइतले पार्टी प्यालेस सञ्चालनमा आएको हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको पार्टी प्यालेसमा तीन वटा हलहरु रहेका छन् । ठूलो हलमा ८ सय, मध्यम हलमा ५ सय र सानो हलमा ३ सय जनालाई सेवा दिन सकिने ब्राउन आइज रिसेप्सनका प्रबन्ध निर्देशक श्रेष्ठले बताए । ‘हामीले एकैपटक गरेर १६ सय जना भन्दा बढिलाई सेवा दिन सक्छौं, विवाहका ठूला पार्टीदेखि लिएर विभिन्न कार्यक्रमका साथै सभा सेसिमनारका लागि उपयुक्त हुने…

Read More

दीपक मनाङे भन्छन् – मेरो सांसदको पद कांग्रेसलाई नै दिनुपर्ला

दीपक मनाङे भन्छन् – मेरो सांसदको पद कांग्रेसलाई नै दिनुपर्ला

पोखरा । जेलबाट छुटे लगतै सपथका लागि गण्डकी प्रदेश सचिवालयमा निवेदन दिएका दीपक मनाङे भनिने राजीव गुरुङलाई रेशम चौधरीको सपथले राहत दियो । फौजदारी अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका चौधरीलाई सिंहदरबार ल्याएर सपथ खुवाइयो र फेरि त्यही लगियो । यसले जेलबाट छुटेका मनाङले पनि सपथ लिएर प्रदेशसभामा जाने सपना देखेका थिए । तर, त्यो हुन सकेन । सभामुखले प्रदेश न्यायाधिवक्ता लगायत कानुनविद्सँग छलफल गरे । हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन सदनको कार्यसूची तयार पार्न बोलाइएको बैठकमा छलफल भयो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, मुख्य न्यायाधिवक्ता…

Read More

मन्त्री अधिकारीले पदीय नैतिकताका आधारमा राजीनामा घोषणा गर्ने

मन्त्री अधिकारीले पदीय नैतिकताका आधारमा राजीनामा घोषणा गर्ने

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन सोमवार विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले राजीनामा घोषणा गर्ने सम्भावना रहेको बुझिएको छ । राजीनामा दिनेबारे अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरिरहेका छन्। भोलि नै ११ बजे सार्वजनिक लेखा समिति बैठक रहेको र सो बैठकमा मन्त्रीलाई कारवाही तथा सचिव र निगमका…

Read More

चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

चौबीस घण्टाभित्र चारवटा आपतकालीन अवतरण

भारतका विभिन्न विमानस्थलमा विगत २४ घण्टामा चारवटा आपतकालीन विमान अवतरण गर्नुपरेको छ । विमानमा सवार सबै यात्रु सुरक्षित रहेका छन् । आइतबार, मुम्बईबाट दुर्बइतर्फ गइरहेको एयर इन्डिया एक्सप्रेसको विमान हाइड्रोलिक समस्याका कारण मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो । आइतबार नै नयाँदिल्लीका लागि उडेको स्पाइसजेटको विमान बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि बनारस विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । यो विमान हङकङबाट १४० भन्दा बढी यात्रु बोकेर उडिरहेको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन् । स्पाइसजेटका प्रवक्ताले पाइलटले एक नम्बर इन्जिनमा न्यून परिमाणमा इन्धन आपूर्ति भएको थाहा पाउनासाथ बनारस…

Read More

खाली टिप्पर वैकल्पिक मार्गबाट संचालन गरिने

खाली टिप्पर वैकल्पिक मार्गबाट संचालन गरिने

अभिमन्यु लामीछाने, उदयपुर । उदयपुरको कटारी नगरपालिकाभित्र चुन ढुङ्गा ढुवानी गर्ने टिप्परका लागी वैकल्पिक मार्ग खोजिने भएको छ। आइतबार नगरप्रमुखसहित सरोकारवालाहरूबिचको छलफलले यस्तो निष्कर्ष निकालेको हो । छलफल कार्यक्रममा प्रदेश सभा सांसद कला घले, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, वडाध्यक्षहरु नवराज पोखरेल, प्रेम बहादुर थापा, राम पोखरेल, कृष्णराज दनुवार लगायतका सरोकारवालाहरूको उपस्थित थियो। छलफलमा जनताको आवाज तत्काल ट्रिपरका लागी वैकल्पिक बाटो खोज्ने भएकाले यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष प्रेम बहादुर क्षेत्रीले बताए। सिमेन्ट उत्पादनको हबका रूपमा रहेको उदयपुरका बासिन्दा धूलो धुवाँबाट पीडित छन् । ३ वटा कम्पनीका १५ सय देखी २ हजार…

Read More

ए डिभिजन लिग : थ्रिस्टार तेस्रो स्थानमा रहेर लिगको यात्रा टुंग्यायो

ए डिभिजन लिग : थ्रिस्टार तेस्रो स्थानमा रहेर लिगको यात्रा टुंग्यायो

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले तेस्रो स्थानमा रहेर लिग यात्रा टुंग्याएको छ । एन्फा मैदानमा आइतबार भएको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पामाथि २–० को जित निकाल्दै थ्रीस्टार २६ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको हो । शेर्पामाथि सुरुदेखिनै दबाबमा राखेको थ्रीस्टारले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । थ्रीस्टारका लागि २८औं मिनेटमा बुद्धराज लिम्बुले गोल गर्दै सुरुआती अग्रता दिलाए । पहिलो हाफमा १ गोल गरेको थ्रीस्टारले दोस्रो हाफमा १ गोल गरेको थियो । ८९औं मिनेटमा रन्जन विष्टले गोल गर्दै थ्रीस्टारलाई २–०को जित…

Read More

हुम्लामा हवाईसेवा ठप्प

हुम्लामा हवाईसेवा ठप्प

शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको स्थानीयवासी लोकेन्द्र बोहराले बताए । एक मात्र यातायात सेवाका रुपमा रहेको हवाईसेवा बन्द हुँदा यात्रु मारमा परेका छन् । हिउँ परेपछि कर्मचारी तथा स्थानीयवासी आगो तापेर बस्न बाध्य छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा विभिन्न कामकाजले आउने सेवाग्राहीको चाप ह्वात्तै घटेको छ । उत्तरी हुम्लाका चाला, मुचु, यारी, नारा, न्यालु, लिमी, जाङग, हल्जीलगायत गाउँमा अत्यधिक हिमपात भएको छ ।

Read More

आगलागीमा परी मृत्यु

आगलागीमा परी मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेका अवस्थामा नजिकै बालेको कुपीबाट ओछ्यानमा आगो सल्किँदा उनको सुतेकै अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । आगलागीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी कार्यालयका प्रमुख टेकेन्द्र पौडेलले बताए । मृतक टुडुको शव परीक्षणका लागि आम्दा अस्पताल दमक पठाइएको छ ।

Read More

देउवालाई रामचन्द्र पौडेलको प्रश्न : जबरजस्ती सँगै हात समातेर फोटो खिच्दैमा पार्टी एकता हुन्छ ?

देउवालाई रामचन्द्र पौडेलको प्रश्न : जबरजस्ती सँगै हात समातेर फोटो खिच्दैमा पार्टी एकता हुन्छ ?

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरिदमा भएको घोटालालाई ढाकछोप गर्न लागि परेको बताएका छन् । वाइड बडी विमान खरिदमा भएको घोटालाबारे संसदीय उपसमितिले प्रतिवेदन दिएपछि सरकारले छानबिन आयोग बनाउनु ठीक नभएको उनले बताए । पौडेलले भने ‘यो छानबिन समिति होइन, कुनै आयोग होइन, यो त ढाकछोप आयोग हो ।’ उनले छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए । आइतबार नवलपरासीको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले सरकार भ्रष्टचारी नै भ्रष्टचारीको सरकार भएको आरोप लगाए । नेता पौडेलले एजेण्डाको विषयमा कुरा मिलेमा सभापति शेरबहादुर देउवासँग एकता…

Read More

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजाले गद्दी त्याग गरेको घोषणा

मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रसाद अधिकारीहरुले बताएका छन् । यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ । मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो । राजप्रसाद कार्यालयको वक्तव्यमा भनिएको छ, “महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ ।” तर राजप्रसाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको…

Read More