अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त

विवादित अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्तमा परेकी छन् । शुरुदेखि नै विवादमा रहेकी लक्कीलाई सरकारले बर्खास्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनी मानव बेचबिखनको आरोप लागेका कारण विवादमा रहेकी थिइन् । परराष्ट्र मन्त्रालयद्वारा गठित समितिले छानविन गरेपछि शेर्पालाई सफाइ दिए पनि सरकारले शेर्पाका गतिविधिलाई गलत ठहार्‍याउँदै बर्खास्त गर्ने निर्णय गरेको हो। उनलाई यसअघि पनि राजिनामा दिन निर्देशन दिइएको थियो तर उनले अटेरी गरेकी थिइन् । शेर्पालाई उनकै ड्राईभर वाङछु शेर्पाले मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । लक्कीले…

Read More

सिरहामा आगलागी, लाखौको क्षति

सिरहामा आगलागी, लाखौको क्षति

आलोक यादव, टिभी अन्नपूर्ण, सिरहा । सिरहाको नवराजपुर गाउँपालिका १ स्थित गेरुवामा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय रामेश्वर यादवको घरमा फालेको खरानीबाट निस्किएको आगोले घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । सोमवार बिहान करिब दुई बजे भएको आगलागीमा गोठमा बाँधिएको अवस्थामा भैँसीको पाडो, बाख्रा, गोरु र भैँसी जलेका छन् । आगलागीमा परि ४० मुरी धान तथा अन्य खाद्यान्न भाडा वर्तन, लत्ताकपडा, २ दुई लाख २५ हजार मूल्य बराबरको घरायसी सामाग्री जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय महेशवारि सिरहाबाट खटिएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा…

Read More

प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोज्दा श्रेष्ठ पक्राउ

प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोज्दा श्रेष्ठ पक्राउ

काठमाडौँ : प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोज्दा एकजना सवारी चालक हिरासतमा पुगेका छन् । काठमाडौँको कुलेश्वरमा आइतवार साँझ चेकजाँचको क्रममा महानगरीय प्रहरी बृत्त कालिमाटीको टोलीलाई घुस दिन सिन्धुलीको झाँगाझोली गाउँपालिका–७ का जितबहादुर श्रेष्ठ पक्राउ परेका हुन् । काठमाडौँको मनमैजु बस्ने बा.२ ख ६५२४ नम्बरको निशान गाडीका चालक ३१ वर्षीय श्रेष्ठले २ सय रुपैयाँ घुस दिन खोजेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Read More

निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री

निजी क्षेत्रको सहकार्यबाट तीव्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताएका छन् । चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्सको ६८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहो¥याए । सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु ढुक्क भएर अगाडि बढ्नुहोस्, निजी क्षेत्रका उद्यमी, व्यापारीलाई अप्ठ्यारो पार्ने कानून संशोधन तथा नयाँ कानून निर्माण गर्नुपर्ने भए सरकारलाई सुझाव दिनुहोस् ।” प्रधानमन्त्रीले मौजुदा ऐन कानूनका कारण उद्यमी, व्यवसायीलाई कुनै अप्ठ्यारो परेको भए संशोधन…

Read More

बलात्कारका अभियुक्तलाई कैद

बलात्कारका अभियुक्तलाई कैद

बालिका बलात्कार गरेको आरोपमा मुद्दा चलाइएका यहाँका एक व्यक्तिलाई अदालतले कैद सजाय तोकेको छ । गुलरिया नगरपालिका–१० का १८ वर्षीय काशिम पठानलाई छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोख्रेलको एकल इजलासले आज पाँच वर्ष ६ महीना कैद सजाय तोकेको हो । बालिकालाई गत वैशाख २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पठानविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएको थियो । प्रहरीले घटनाका आरोपितलाई गत वैशाख २९ गते गिरफ्तार गरेकामा अदालतको आदेशअनुसार गत जेठ २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो

Read More

ए डिभिजन लिग : सङ्कटा एपिएफसँग पराजित

ए डिभिजन लिग : सङ्कटा एपिएफसँग पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपविजेता बनेको सङ्कटा क्लब सशस्त्र प्रहरी बल (एपिएफ)सँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको आफ्नो लिग चरणको अन्तिम खेलमा उपविजेता सङ्कटा क्बल विभागीय टोली एपिएफसँग २–१ गोल अन्तरले पराजित भएको हो । एपिएफको जितमा युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे । खेलको २३ औँ मिनेटमा युवराजले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ७१ औँ मिनेटमा राजनले ‘हाण्ड’ गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । यता पराजित सङ्कटाका लागि लक्ष्मण रुचालले खेलको…

Read More

कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिएको बताइएको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्को चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन । अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन । स्थान र मिति तय गर्ने बारेमा तयारी भइरहेको जानकारी भइरहेको छ ।…

Read More

त्रिशूलीमा खस्दा एकको मृत्यु

त्रिशूलीमा खस्दा एकको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार साँझ बिग्रेपछि सबै यात्रुसँगै आगो तापिरहेका कुशवाहा अचानक कालीखोलाको भिरबाट त्रिशूलीमा खसेका थिए । रातभर खोजी गर्दा पनि कुशवाहालाई नभेटिएपछि बसका यात्रुले चितवन प्रहरीलाई खबर गरेका थिए । सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले आज दिउँसो साढे १२ बजे कुशवाहाको शव त्रिशूली किनारमा फेला पारेको छ ।…

Read More

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ : परराष्ट्रमन्त्री

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उनले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिए । नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् । नागढुङ्गा–नौबीसे…

Read More

अख्तियारद्वारा गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्वारा गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा दायर गरेको छ । गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । खड्काले नेपाल बयल निगमकाे कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा आफ्नो वैध आय भन्दा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बढी आर्जन गरेको अख्तियारको भनाइ छ ।

Read More