चौथो पटक शिलान्यास गरिएको बसपार्क निर्माणको काम पुनः अवरुद्ध

चौथो पटक शिलान्यास गरिएको बसपार्क निर्माणको काम पुनः अवरुद्ध

अनिल पोखरेल, राजविराज । तीन पटकसम्म असफल भई चौथो पटक शिलान्यास गरिएको ‘राजविराज बसपार्क’ निर्माणको काम पुनः अवरुद्ध भएको छ । निजी जग्गा हडपेको भन्दै स्थानीय केही व्यक्तिले राजविराज नगरपालिका विरुद्ध अदालतमा मुद्दा दर्ता गराएपछि निर्माण कार्य प्रभावित बनेको हो । उच्च अदालत जनकपुर, राजविराज इजलासले गत कात्तिक २६ गते नगरपालिकाका नाममा निषेधाज्ञा जारी गरेको थियो । सुरुतीकुमारी, शुभनारायण दास, विष्णुप्रसाद सिंह, रिता दास, घनश्याम दास, रामकुमार दास र ललितादेवी दासले बसपार्क निर्माणका क्रममा आफूहरूको जग्गा हडपेको भन्दै नगरपालिका विरुद्ध मुद्दा दर्ता गराएका छन् । क्रमिकरुपमा एक पछि अर्को मुद्दा…

Read More

भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष विरुद्ध प्रशासनमा निवेदन

भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष विरुद्ध प्रशासनमा निवेदन

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्षमाथि आर्थिक अनियमितताको आरोप लागेको छ। आर्थिक वर्ष २०७४/०७५ मा वडा कार्यालयबाट सञ्चालित बिभिन्न योजना सञ्चालनका क्रममा वडाध्यक्ष लिलाकुमार चौहानले आर्थिक अनियमितता गरेको भन्दै मंगलबार गोपालसिं राई र गजेन्द्र राईले जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि निवेदन दिएका छन्। वडामा सञ्चालित सडक निर्माण, खानेपानी योजना, गोठेमल सुधार, वडा कार्यालयको भवन निर्माण, खानेपानीको हिलट्यांक तथा पाईप वितरण, किवीको बिरुवा खरिद, अपांगता कार्यक्रम लगायतका योजनामा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै निवेदकले प्रशासन समक्ष स्थलगत निरिक्षण गरी अपचलन भएकाे रकम असुल गर्नुका साथै दोषीमाथि कानुनी कारबाही माग…

Read More

लागूऔषध सहित तीन जना पक्राउ

लागूऔषध सहित तीन जना पक्राउ

अभिमन्यु लामीछाने, उदयपुर । लागूऔषध सहित तीन जना मंगलबार बिहान पक्राउ परेका छन् । ठूलो संख्यामा लागुऔषध सहित लालपत्ता चौकीले तीन जनालाई पक्राउ गरेको छ। त्रिनपा १२ बस्ने वर्ष १९ को जेनिश राई र त्रिनपा ११ बस्ने अन्दाजी वर्ष १५ को निशान रिजाललाई बिहान ५ बजे लालपत्ता प्रहरी चौकीले लागू औषध सहित पक्राउ गरेको जानकारी दिएको छ। सिरहा बाट गाईघाट तर्फ आँउदै गरेको स१च १६९७ नं को बलेरो गाडी चेकिङ गर्ने क्रममा ब्याग भित्र रहेको ज्याकेटमा लुकाई राखेको डाइजोलोपाम–८ एम्पुल, लुपिजेसिक–८ एम्पुल, फेनारागन–८ एम्पुल गरी जम्मा २४ एम्पुल लागु औषध…

Read More

खटाएको ठाउँमा नजाने कर्मचारी बर्खास्त : मन्त्री पण्डित

खटाएको ठाउँमा नजाने कर्मचारी बर्खास्त : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा नजाने कर्मचारीलाई बर्खास्त गर्न सकिने बताएका छन्। चिठी दिएको २१ दिनभित्र तोकिएका ठाउँमा जानुपर्छ, ‘कसैले जान्न भन्न पाउँदैन,’ उनले भने, ‘जान्न भन्नेलाई बर्खास्तीको बाटो सुरु हुन्छ, उहाँलाई घर पठाइन्छ।’ स्वास्थ्य, शिक्षा, कृषि, विपद व्यवस्थापन : साझा जिम्मेवारी समृद्धिको पहिचा संघीयता, स्थानीय सरकार र प्रशासन विषयमा सञ्चारकर्मी र मन्त्री पण्डितबीच भएको अन्र्तक्रियामा  मन्त्री पण्डितले समायोजनको फारम भर्ने म्याद नथपिने स्पष्ट पारेका छन्। ‘२१ दिनको समय दिएका छौं, त्यो समयभित्र अनलाइनबाट अनिवार्य रुपमा  फारम गर्नुपर्छ,’ उनले भने, ‘समय एकदिन पनि लम्ब्याउन चाहदैनौं।’ उनले…

Read More

हेल्थ असिस्टेन्टद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

हेल्थ असिस्टेन्टद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

हेल्थ असिस्टेन्ट नेपाल (हान)ले स्वास्थ्य सेवाका कर्मचारी समायोजन तथा स्वास्थ्यका दरबन्दी संरचना तयार गर्दा आफ्ना मागलाई सम्बोधन गर्न भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गरेको छ । हानले मन्त्रालयको मूल ढोकामा धर्ना दिएर आफ्ना माग सम्बोधन गर्न दबाब दिएका थिए । संस्थाका प्रमुख मागमा कर्मचारीलाई कार्य जिम्मेवारी दिँदा खुला प्रतिस्पर्धाबाट सेवा प्रवेश अथवा लोकसेवा आयोगको प्रक्रियामा बढुवा भएबमोजिम नियुक्ति पत्रमा उल्लिखित पदअनुसार गर्नुपर्ने, विशेषगरी स्थानीय तहमा कर्मचारी समायोजन गर्दा तहगत रुपमा नभई जिम्मेवारी तथा कार्यप्रकृति हेरी तहगत निर्देशनमा कुनै असर नपुग्ने गरी सेवा प्रवेश गरेको नियुक्ति पत्रमा उल्लिखित पदअनुसार मात्र…

Read More

‘ए’ डिभिजन लिग : अन्तिम खेलमा मनाङ पराजित

‘ए’ डिभिजन लिग : अन्तिम खेलमा मनाङ पराजित

मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेलमा पराजित भएको छ । लिगअन्तर्गत आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ फ्रेण्डस क्लबसँग १–० गोलले पराजित भएको हो । आजको खेलमा पराजित भए पनि मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । फ्रेण्डसको जीतमा विकास लामाले इञ्जुरी समयमा गोल गरे । ‘ए’ डिभिजन लिगमा मनाङको यो कीर्तिमानी आठौँ उपाधि हो । यसैगरी आजै हल्चोक मैदानमा भएको अन्तिम चरणको खेलमा ब्रिगेड ब्वाइज र एनआरटी क्लबले बराबरी खेलेका छन् । हलचोक मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी…

Read More

भत्ता पाइने आशमा धेरै सन्तान

भत्ता पाइने आशमा धेरै सन्तान

–काशीराम शर्मा बाँके । यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ । ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । उनले काखमा छोरालाई च्यापेकी थिइन्। “तिहारअघि जन्मेको छोराको राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौँ”, उनले भनिन्, “हजुर मेरो छोराको…

Read More

स्वर्गद्वारी नगरका मेयरलाई विप्लवको नेकपाले दल्यो कालोमोसो

स्वर्गद्वारी नगरका मेयरलाई विप्लवको नेकपाले दल्यो कालोमोसो

प्युठानको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायलाई विप्लव नेतृत्वको नेकपाले कालोमोसो दलेको छ । जिल्लाकै सबैभन्दा भ्रष्ट मेयर भन्दै रोकायलाई कालोमोसो दलिएको नेकपाले जनाएको छ । आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदाधिकारी बनाई किर्ते बिल भरपाई गरेर अनियमितता गरेको आरोप मेयर रोकायलाई लगाइउको छ । साथै जनतामाथि अनावश्यक कर थोपरेको आरोप पनि नेकपाले लगाएको छ । मंगलबार नेकपा प्युठानका सेक्रेटरीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा रोकायमाथि गरिएको उक्त कारबाही पहिलो चरण भएको उल्लेख छ ।

Read More

दलहरूबीच ठुलै खिचातानी छ कि भन्ने नठान्नु, हामी सबै मिलेर जान्छौंं: प्रचण्ड

दलहरूबीच ठुलै खिचातानी छ कि भन्ने नठान्नु, हामी सबै मिलेर जान्छौंं: प्रचण्ड

प्रनिश थापा, चितवन, । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्द बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक भएर अगाडि बढ्ने सहमति भएका दावी गरेका छन् । हामी सत्ता पक्ष, प्रतिपक्षबीच राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति छ उनले भने, माथि दलहरूबिच ठुलै खिचातानी छ कि भन्ने नठान्नु । भूकम्प पुननिर्माण सम्बन्धी जिल्ला समन्वय बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र आफुबीच बैठक बसेको र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति भएको स्पष्ट पारेका छन् । प्रचण्डले भुकम्पपछिको पुनर्निमार्ण उत्साहजनक भएको बताए । विगतमा…

Read More

कहिले खुल्छ मलेसियाको रोजगारी ?

कहिले खुल्छ मलेसियाको रोजगारी ?

गत जेठदेखि बन्द भएको मलेसियमा नेपाली कामदार आपूर्ति अझैं सुरु भएको छैन । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति जुटेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो । मलेसियाले नेपाली कामदार आपूर्तिको समस्या समाधान हुन दुई महिना समय लाग्ने बताएको छ । विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने बताएको हो । विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली…

Read More