हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु

हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु

हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो । उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गत गत आइतबार यो घटना भएको हो । मुर्ले आदीवासी समुहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ, बिलुले भने । उनले हतियारधारी समूहको आक्रमणमा परी…

Read More

एक करोड पचास लाख ठगी गर्ने पक्राउ

एक करोड पचास लाख ठगी गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाले विदेश पठाएइदिने भन्दै रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई आज दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी…

Read More

कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउँछ : नारायणकाजि श्रेष्ठ

कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउँछ : नारायणकाजि श्रेष्ठ

आलोक यादव, सिरहा । नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका वडा न ५ बस्तीपुरमा आयोजित किसान नेता जय गोविन्द साहको २९ औँ स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘यही सरकारले नेपाललाई समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराब कामहरूको आलोचनात्मक ढङ्गले विरोध गर्नुपर्ने हुन्छ ।’ नेताहरू बिचको मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुनसक्ने बताउँदै नेता श्रेष्ठले सरकार परिवर्तको कुनै सम्भावना नभएको भन्दै प्रधानमन्त्री केपी ओली नेतृत्वले नै पाँचवर्ष सरकार…

Read More

खप्तड गोल्डकप : नेपाल पुलिसको सहज जित

खप्तड गोल्डकप : नेपाल पुलिसको सहज जित

धनगढी। यहाँ जारी ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप’ प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले मोरङ फुटबल क्लबमाथि सहज जित निकालेको छ । नेपाल पुलिसले मोरङ फुटबल क्लबलाई ३–० गोलले पराजित गरेको हो । तीर्थ रानाले ह्याट्रिक पूरा गरेसँगै नेपाल पुलिसले मोरङमाथि सहज जित निकालेको हो । जितसँगै नेपाल पुलिस क्वाटर फाइनलमा प्रवेश गरेको छ । पुलिसले खेलको शुरुआती समयदेखि मोरङमाथि दबाब बनाएको थियो । खेल शुरु भएको सातौँ मिनेटमा पहिलो गोल गरी तीर्थले पुलिसलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको…

Read More

बुद्ध जन्मस्थलमा भीषणआगलागी

बुद्ध जन्मस्थलमा भीषणआगलागी

बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ । लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिनुभयो । “दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण गर्न गाह्रो भएको छ,” उहाँले भन्नुभयो, “यसपालि आगलागीले विकराल रुप लिँदा समस्या भयो ।” आगो गए रातिबाट नियन्त्रणमा आएको उहाँले बताउनुभयो । एक हप्तादेखि दिनहुँ आगलागी भए पनि कसरी आगो लाग्यो…

Read More

दादुरा खोप लगाएकाे केही बेरमा १५ महिने बच्चाको मृत्यु

दादुरा खोप लगाएकाे केही बेरमा १५ महिने बच्चाको मृत्यु

कैलालीको जानकी गाउँपालिका, ४ का १५ महिने बच्चाको दादुरा खोप लगाएकाे केही समयपछि मृत्यु भएको छ । गाँउमा बुधबार संचालन भएको खोप कार्यक्रममा खोप लगाउँदा बालक चरण चौधरीको मृत्यु भएको हाे । बालकका बुवा बासुदेव चौधरीले भने ‘छाेरालाई कुनै समस्या थिएन्, खोप लगाएको १५ मिनेटमा नै बेहोस भयो । टीकापुर अस्पतालसम्म पुर्‍याउँदा मृत्यु भैसकेको थियो । स्वस्थ बच्चा खोप लगाएको केही बेरमा नै मृत्यु हुनु स्वास्थ्यकर्मीको लापरबाही हो ।’ शिविरमा खोप लगाउँदा बच्चाको मृत्यु भएकाे भन्दै परिवारले दोषी स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन् । टीकापुर अस्पतालका प्रमुख डाक्टर नरेन्द्र खनालले…

Read More

मदन भण्डारी लोकर्मागको सडक विस्तारले कटारीका दलित बस्ती विस्थापित हुँदै

मदन भण्डारी लोकर्मागको सडक विस्तारले कटारीका दलित बस्ती विस्थापित हुँदै

अभिमन्यु लामिछाने, उदयपुर धरान-चतरा-हेटौडा सडक योजना (मदन भण्डारी लोकर्माग)को विस्तारसँगै कटारी नगरपालिका— ४ कटारी बसपार्क नजिकैको मुसहर बस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रशस्त स्थान हुँदाहुँदै पनि नजिकैबाट सडक विस्तार हुँदा कटारीका २२ घर रहेको मुसहर बस्ती विस्थापित हुन लागेका हुन् । सडक विस्तारसँगै बस्ती विस्थापित भएमा त्यहाँका मुसहर पुन सुकुम्वासी हुने छन् । नेपाल सरकारले सुकुम्वासी मुसहरलाई २०५५ सालमा अहिले बसोबास गरिरहेको जग्गामा लालपुर्जा दिएर जग्गाको मालिक बनाएको थियो । सामान्य बसोबास गर्न पुग्नसम्मको जग्गामा नेपाल सरकारले नै जनता आवास अन्तर्गत घर बनाई दिएको छ । सरकारले…

Read More

छोराको हत्यारा खोजी गरी कारबाही गर्न माग गर्दै गंगामाया पुगिन् संयुक्त राष्ट्रसंघको कार्यालय

छोराको हत्यारा खोजी गरी कारबाही गर्न माग गर्दै गंगामाया पुगिन् संयुक्त राष्ट्रसंघको कार्यालय

छोराको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघको कार्यालय पुगेकी छन्। बुधबार दिउँसो उनी ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पुगी छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नमाथि कारबाही गर्न माग गरेकी हुन् । यो पनिः अन्तराष्ट्रिय अदालत जाने तयारीमा गंगामाया  यो पनिः यसो भन्दै तोडीन् गंगामायाले अनसन

Read More

कृषि र पर्यटन चितवन समृद्दीका आधार: चन्द्र प्रसाद ढकाल

कृषि र पर्यटन चितवन समृद्दीका आधार: चन्द्र प्रसाद ढकाल

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला महोत्सवले स्थानीय उत्पादनलाई चिनाई स्थानीय नागरिकको आर्थिक उपार्जन बढाउन भूमिका खेल्ने बताएका छन् । १२ औँ चितवन महोत्सवमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत रहेका ढकालले चितवनलाई पहिला ७६ औँ जिल्लाको रूपमा लिइने गरिएको उल्लेख गर्दै यस्ता महोत्सवले आर्थिक उपार्जनमा मद्दत पुग्ने बताए । प्राचीन ऋषिहरूको तपस्या स्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटनको प्रवद्घन गर्न सकिने उनले बताए । जङ्गली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकहरूको बसाइँ लम्ब्याउन सकिन्छ । त्यसका लागि चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रहरू जस्तै नगर…

Read More

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

उत्तर कोरियाली नेता चीन भ्रमणबाट स्वदेश फिर्ता

बेइजिङ, उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । उत्तर कोरियाली नेता किम मङ्गलबार चीनको भ्रमणमा पुगेका थिए । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता रहेको थियो । नेता किम बेइजिङको केद्रीय रेलवे स्टेशनमा मङ्गलबार अपराह्नमा आइपुगेका थिए । एक दिनको बसाईपछि सो रेल उत्तरपूर्वी सीमा इलाकामा फर्किएको…

Read More