पाउरोटीको मूल्य वृद्धि गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन जारी, २२ जनाको मृत्यु

पाउरोटीको मूल्य वृद्धि  गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन जारी,  २२ जनाको मृत्यु

सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ । मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ ।…

Read More

फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । फिदा हुसेनको हत्याको मुख्य योजनाकार मानिएका दुहबी नगरपालिका–९ छाताबेलीका २८ वर्षीय मोहम्मद सकिम हुसेन, हत्याको योजनामा संलग्न तथा सहयोगी ३१ वर्षीय मोहमद जाविर हुसेन र हत्यामा प्रयोग भएको हतियार लुकाउनका लागि सहयोग गरेका लक्ष्मीनारायण मन्दिरका पुजारी दुहबी नगरपालिका–१२ सीतापुर बस्ने विशम्वर यादवलाई पक्राउ गरी सार्वजनिक गरेको सुनसरीका प्रहरी…

Read More

विश्वकै सर्वाधिक धनी अमेजन कम्पनीका सिईओ बेजोसले गरे सम्वन्ध विच्छेद

विश्वकै सर्वाधिक धनी अमेजन कम्पनीका सिईओ बेजोसले गरे सम्वन्ध विच्छेद

हालै विश्वकै सर्वाधिक धनी व्यक्ति बन्न सफल अमेजन कम्पनीका संस्थापक दम्पत्तिको सम्वन्ध विच्छेद भएको छ । संस्थापक जेफ बेजोस र उहाँकी श्रीमती मक्केन्जीले २५ बर्ष लामो बैबाहिक जीवनलाई अन्त्य गरेको घोषणा गरेका हुन् । अमेजनको सिइओको ट्वीटर एकाउन्टबाट दुवै जनाले बुधबार संयुक्त वक्तव्य सार्वजनिक गर्दै बैवाहिक जीवन राजीखुशीले अत्य गरेको उल्लेख गरेका छन् । उनीहरुले आफुहरु श्रीमान् श्रीमतीका रूपमा नरहेपनि नजिकको साथीका रुपमा भने रहिरहने जानकारी पनि दिएका छन् । “लामो समयसम्मको प्रेमपूर्ण जीवनबाट हामी अव छुट्एिका छौँ, हामीले सम्वन्ध विच्छेद गरेपनि साथीको रूपमा हामी रहिरहने छौँ,” वक्तव्यमा भनिएको छ…

Read More

‘रगत किन दिइस्’ भन्दै निर्मलाका बाबुले कुटे दुर्गादेवीलाई

‘रगत किन दिइस्’ भन्दै  निर्मलाका बाबुले कुटे दुर्गादेवीलाई

निर्मला पन्तको शरीरबाट संकलन गरिएको भजाइनल स्वाब उनकै  हो-होइन एकिन गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएकी छन्। यही विषयमा परिवारमा विवाद उत्पन्न भएको छ। रगतको नमुना मलाई नसोधेर किन दिएको भन्दै यज्ञराज पन्तले घरमै गएर उनलाई कुटपिटको प्रयास गरेका हुन्। धर्नास्थलबाट बिहान सिधै घर पुगेर रगतको नमुना किन दिएको भन्दै यज्ञराजले दुर्गादेवीलाई कुटपिटको प्रयास गरेका हुन्। ‘रगत किन दिइस्, मलाई फसाउन खोज्ने तँ? भन्दै कुटपिटको प्रयास भयो’ दुर्गादेवीले भनिन्, ‘रगत दिएको विषय र राहत बुझ्न खोजेको विषयलाई लिएर घरमै आएर विवाद गरे।’ राहत बुझेमा घरमै आत्महत्या गर्दिने भन्दै धम्कीसमेत…

Read More

नेपालमा गरिब र धनीबिचको खाडल पुरिन १ लाख वर्ष

नेपालमा गरिब र धनीबिचको खाडल पुरिन १ लाख वर्ष

–प्रकाश सिलवाल नेपालमा सबैभन्दा धनी व्यक्ति र अति कम गरीब नेपालीको सम्पत्ति असमानताको अन्तर कति होला ? मुलुकमा समृद्धि र समानताको सपना देखाइएका बेला यो प्रश्न सान्दर्भिक हुन गएको छ । सम्पत्ति र अवसरको असमानता चुलिँदै जाँदा आम जनतामा निराशा उत्पन्न हुने र धनी झन धनी हुने अवस्थाको अन्त्यका लागि समाजवादउन्मुख संविधान जारी भए पनि त्यस्तो विषयमतामा भिन्नता आएको देखिँदैन । राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग, राष्ट्रिय जनगणना, राष्ट्रिय जीवनयापन सर्वेजस्ता सरकारी आँकडालाई विश्लेषण गर्दा विश्वका अन्य मुलुकमा झैँ नेपालमा आर्थिक तथा पारस्परिक असमानताले गरीब तथा सीमान्तकृत जनसङ्ख्यालाई अझ…

Read More

मिनी बसको ठक्करबाट चित्तलको मृत्यु

मिनी बसको ठक्करबाट चित्तलको मृत्यु

प्रनिश थापा, चितवन। चितवनको टिकौली जंगलमा मिनी बसको ठक्करबाट एक चित्तलको मृत्यु भएको छ । नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको लु१ख ६९९१ नम्बरको बसले बाटो काट्दै गरेको चित्तललाई ठक्कर दिँदा अन्दाजी ३५ किलो तौलको पोथी चित्तलको मुत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्त चित्तललाई चितवन राष्ट्रिय निकुन्जको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।

Read More

कुमारी बैंक आइएमई पे वालेटमा आवद्ध

कुमारी बैंक आइएमई पे वालेटमा आवद्ध

आइएमई पेका ग्राहकहरुले कुमारी बैंकको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न पाउने भएका छन् । बैंकका सेवाग्राहीहरूले पनि बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने सेवा समेत पाउने छन् । साथसाथै बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध सेवा समेत पाउने भएका छन् । ‘आइएमई डिजिटल’ र कुमारी बैंक लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने कार्य प्रारम्भ भएको हो। कुमारी बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हो ।

Read More

नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)

नयाँ मर्यादाक्रम सार्वजनिक, कसको स्थान कहाँ ? (सूचीसहित)

सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको मर्यादाक्रम तोकेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले मर्यादाक्रम स्वीकृत गरेको हो । मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री तथा चौंथोमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाअध्यक्ष छन् । संघीय सरकारका मन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीसम्म सातौं तथा संघका सहायक मन्त्री र प्रदेशका मन्त्री तथा काठमाडौं महानगरपालिकाका मेयर नवौं वरीयतामा परेका छन् । काठमाडौं बाहेक बाँकी महानगर, उपमहानगर, नगर र गाउँपालिकाका मेयर भने वरीयतामा परेका छैनन् ।

Read More

पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशः मातृभूमिको अस्तित्वमा प्रतिघातको कालो बादल मडारिएको छ(पूर्णपाठसहित)

पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशः मातृभूमिको अस्तित्वमा प्रतिघातको कालो बादल मडारिएको छ(पूर्णपाठसहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले देश यती बेला सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रीदै गएको दावी गरेका छन् । पृथ्वीनारायण शाहको २ सय ९७ औं जन्मजयन्ती एवम राष्ट्रय एकता दिवसको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी गरेका हुन् । उनले नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभअवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र…

Read More

मेयरका दाईको घरमा हतियार देखाएर लुटपाट

मेयरका दाईको घरमा हतियार देखाएर लुटपाट

आलोक यादव, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका-३ स्थित इटारीप्रसाही गाउँमा हतियारधारी समूहले लुटपाट गरेका छन् । बिहीबार राति १ बजेतिर गाउँमा समुहले लुटपाट गरेका हो । कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलका दाई रामदेव मण्डलको घरमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले बताएका छन् । प्रहरीका अनुसार लुटेराले रामदेवको टाउकोमा पेस्ताल तेर्साएर लुटपाट गरेका थिए । लुटेराहरुले मण्डलको घरबाट १८ तोला सुन, ४० हजार नगद, तमसुक कपाली र चाँदी लुटपाट गरेको डिएसपी खरेलले बताए। उनका अनुसार लुटपाट भएको एक घण्टापछि प्रहरीलाई खबर भएको थियो । खबर पाएपछि प्रहरीले…

Read More