थारू पहिरनमा सजिँदै खानेपानी मन्त्री मगरले भनिन् ‘विकासको काममा कसैले अवरोध नगरौं’

थारू पहिरनमा सजिँदै खानेपानी मन्त्री मगरले भनिन् ‘विकासको काममा कसैले अवरोध नगरौं’

खानेपानी मन्त्री बिना मगरले विकासको काममा रचनात्मक र सकारात्मक भूमिका खेल्न प्रतिपक्ष दललाई आग्रह गरेकी छन् । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुगेकी खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भूमिका अपरिहार्य भएको बताएकी छन् । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुर्‍याउन नहुने धारणा मन्त्री मगरको थियो । थारू संस्कृतिको संवर्द्धनको विषयमा उनले गाउँगाउँ बिच संस्कार तथा परम्पराहरू आदानप्रदान हुनुपर्ने बताइन्। नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको भन्दै उनले घरआँगनमा सीमित भएको माघी पर्व अब मेला…

Read More

विश्वविद्यालयलाई नयाँ सम्बन्धन नदिन कार्यदलको आग्रह

विश्वविद्यालय सम्बन्धमा गठन गरिएको कार्यदलले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा देवराज अधिकारीको समूहले तयार पारेको सो प्रतिवेदन ‘विश्वविद्यालयले सम्बन्धन सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्ग निर्देशन –२०७५’ मन्त्री पोखरेललाई बुझाउनु भएको हो । प्रतिवेदनमा विश्वविद्यालयले दिँदै आएको सम्बन्धन प्रक्रिया (नयाँ सम्बन्धन तथा थप कार्यक्रम) रोक्ने भनिएको छ । प्रतिवेदनमा सङ्घीय र प्रादेशिक विश्वविद्यालय ऐन, नियमावली पूर्ण रुपमा कार्यान्वयन नभएसम्म वा विश्वविद्यालय आफ्नो आङ्गिक क्याम्पसमा कार्यक्रम सञ्चालन भई कार्य प्रगतिको अनुगमन तथा मूल्याङ्कन गर्न सक्ने संरचना वा…

Read More

खप्तड गोल्डकप : गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

खप्तड गोल्डकप : गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

संकटा क्लब तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरको छ । धनगढी रंगशालामा शुक्रबारको भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० गोलअन्तरले पराजित गर्दै संकटा क्वार्टरफाइनलमा पुगेको हो । शुक्रबार दुवै हाफमा १-१ गोल गरेको संकटाले अब क्यामरुनको धाउफिन्स एफसीसँग माघ १ गते अन्तिम चार प्रवेशको निम्ति खेल्नेछ । धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । लगत्तै सुभाष गुरुङले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार पोस्टभन्दा थोरै बाहिर जाँदा संकटा अग्रता लिनबाट चुक्यो । तर पनि पहिलो हाफको इन्जुरी…

Read More

डा. केसीको स्वास्थ्यमा समस्या, उपचार गर्न मानेनन्

डा. केसीको स्वास्थ्यमा समस्या, उपचार गर्न मानेनन्

सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै इलाममा १६ औं सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ। उनलाई बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएको हो। राति समस्या देखिएपछि इलाम अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ परीक्षण गरेका थिए। राति डा. केसीको प्रेसर घटेको थियो।  रगत परीक्षण गर्न चिकित्सकको टोलीले अनुरोध गरेपनि अस्वीकार गरेको उनका समर्थक धर्म गौतमले जानकारी दिए। शुक्रबार दिउँसो केसीले रगत परीक्षण गर्न अनुमति दिएपनि बिहान रगतको नमूना लगिएको थियो। डा. रामकृष्ण आचार्यले डा. केसीको ब्ल्डप्रेसर निक्‍कै कम र ग्लोकुजको मात्रा पनि कम भएको जानकारी…

Read More

एक किलो गाँजा सहित एक युवक पक्राउ

एक किलो गाँजा सहित एक युवक पक्राउ

अभिमन्यु लामीछाने, उदयपुर । उदयपुरबाट प्रहरीले एक किलो गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । चौडण्डीगढी नगरपालिका — ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने वर्ष २४ का गोविन्द परियारलाई आज साँझ साढे ५ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बेल्टार प्रहरी निरिक्षक गंगा पौडेलले बताए । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले परियारलाई सुन्दर बजारबाट पक्राउ गरेको प्रहरी निरिक्षक गंगा पौडेलले वताए । पक्राउ परेका परियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पौडेलले बताएका छन् । भरूवा बन्दूक सहित…

Read More

घट्यो आन्तरिक हवाइ भाडा, हेर्नुहोस् कहाँको कति ?

घट्यो आन्तरिक हवाइ भाडा, हेर्नुहोस् कहाँको कति ?

 काठमाडौं । आन्तरिक उडानतर्फको हवाइ भाडा घटेको छ । नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको मूल्य घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको हो । आयल निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको थियो । यसअघि निगमले १ सय ४ रुपैयाँ ५० पैसा लिटरमा आन्तरिक वायुसेवालाई हवाई इन्धन बेच्ने गरेको थियो । इन्धनको मूल्य घटेसँगै हवाइ भाडा पनि समायोजन गरिएको विज्ञप्ति जारी गरी संघले जानकारी दिएको छ । माउन्टेन फ्लाइटसहित ११ आन्तरिक गन्तब्यका लागि घटेको भाडादर आइतबारदेखि लागू हुनेछ । संघका अनुसार आन्तरिक…

Read More

१०० किलो सुनको सिक्का चोरीको सुनुवाइ सुरु

१०० किलो सुनको सिक्का चोरीको सुनुवाइ सुरु

जर्मनीमा राजधानी बर्लिनस्थित एउटा सङ्ग्रहालयबाट सन् २०१७ मा शुद्ध सुनको एउटा ठूलो सिक्का चोरी भएको घटनाका सम्बन्धमा चार व्यक्तिविरुद्ध मुद्दाको सुनुवाइ आरम्भ भएको छ। एक सय किलो तौल भएको र २४ क्यारेट शुद्धताको उक्त क्यानेडेली सिक्काको तत्कालीन मूल्य ४३ लाख डलर रहेको थियो। अपराध अनुसन्धानकर्ताहरूले अझैसम्म पनि उक्त सुनको सिक्का फेला पार्न सकेका छैनन्। त्यसलाई कि त काटेर टुक्रा पारेर कि त पगालेर बेचिएको हुनसक्ने अनुमान गरिएको छ। उक्त सिक्का क्यानडाको सरकारी टक्सारले टकमरी गरेको पाँचवटा सिक्कामध्ये एक थियो। त्यो सिक्का एकजना अज्ञात दाताले बर्लिनस्थित उक्त सङ्ग्रहालयलाई दान दिएका थिए।…

Read More

सञ्चारकर्मी र सञ्चारगृहलाई सक्षम बनाउनुपर्छ: मुख्यमन्त्री राई

सञ्चारकर्मी र सञ्चारगृहलाई सक्षम बनाउनुपर्छ: मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको परिवर्तनमा सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेको बताएका छन्। प्रेस काउन्सिल नेपालले धनकुटामा आज आयोजना गरेको प्रदेशस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का सञ्चारकर्मी र सञ्चारगृहलाई थप व्यावसायिक मर्यादित र सक्षम बनाउँदै अगाडि बढाउनुपर्ने बताए । उनले त्यसमा केही सहयोग पु-याउनुपर्ने भए निर्णय गर्न प्रदेश सरकार तयार छ भने । नकारात्मक कुराको बढी खोजी गर्ने र सकारात्मक कुरालाई कम प्राथमिकता दिने क्रम केही बढेजस्तो देखिएको भन्दै त्यसमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको मुख्यमन्त्री राईको भनाइ थियो ।

Read More

एक अर्ब ३० करोडको हकप्रद शेयर बिक्रीको स्वीकृति

एक अर्ब ३० करोडको हकप्रद शेयर बिक्रीको स्वीकृति

धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई रु एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर रु १४ करोड तीन लाख ३२ हजार…

Read More

जुनियर राष्ट्रिय सेवा दलको खेलकुदमा अमर माध्यामिक विद्यालयको उकृष्ट प्रदर्शन

जुनियर राष्ट्रिय सेवा दलको खेलकुदमा अमर माध्यामिक विद्यालयको उकृष्ट प्रदर्शन

जुनियर नेपाल राष्ट्रिय सेवा दलको २१ दिने तालिममा रहेको अमर माध्यमिक विद्यालयले महोत्तरीको बर्दिवासमा सञ्चालित अन्तर विद्यालय स्तरीय पुरूष भलिबल प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको छ । भलिबल प्रतियोगितामा सहभागी १५ विद्यालय मध्ये आज भएको फाइनल खेलमा अमर माध्यमिक विद्यालयले ज्ञानज्योती नमुना माध्यमिक विद्यालय लमजुङलाई ३ सेट आफ्नो खातामा पारी प्रथम पुरस्कारको उपाधी प्राप्त गरेको हो । त्यसैगरी आजै सञ्चालन गरिएको छात्रा फुटबल प्रतियोगितामा यस विद्यालयले तृतीय स्थान हाँसिल गरेको छ । साथै ८०० मिटरको छात्रा दौड ३ मिनेट १७ सेकेन्डमा पूरा गरि प्रथम स्थान हाँसिल गरेको छ भने १०००…

Read More