वेकरी पसलमा विष्फोट हुँदा दुई जनाको मृत्य

वेकरी पसलमा विष्फोट हुँदा दुई जनाको मृत्य

पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार निधन भएको छ । ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर गम्भि घाइते बनेका दुई उद्धारकर्मीको निधन भएको पेरिसको अभियोजनकर्ताको कार्यालयले जनाएको छ । घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । घाइतेमध्ये १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने २४ जनालाई सामान्य चोट लागेको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकोमा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो ।

Read More

आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि

आइसिसीको नयाँ बरियताः पारस र सोमपाल एक स्थानमाथि

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका कप्तान पारस खड्का र सोमपाल कामीको बरियतामा सुधार आएको छ भने बलर वसन्त रेग्मी यथावत स्थानमा रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताको ब्याटिङतर्फ शीर्ष सयभित्र परेका कप्तान पारसको बरियता एक स्थान सुधार गर्दै ९६ औँ स्थानमा रहेका छन् । अघिल्लो महिना पारस ९७ औँ स्थानमा रहेका थिए । यसैगरी बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र पर्न सफल भएका छन् । वसन्त ३९७ अङ्क प्राप्त गर्दै ७४औँ र ३३८ अङ्क जोडेका सोमपाल ९३ औँ…

Read More

दुई प्रदेशमा मेडिकल कलेज खोल्ने गरी विधेयक

दुई प्रदेशमा मेडिकल कलेज खोल्ने गरी विधेयक

सरकारले आफ्नै लगानीमा दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ । संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा स्थापना गर्ने प्रस्ताव ल्याएको हो । व्यवस्थापिका–संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमा अबका पाँच वर्षभित्र प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज स्थापना प्रस्ताव ल्याइएको आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा समितिका सदस्य योगेश भट्टराईले जानकारी दिए । दुई प्रदेशमा मेडिकल कलेज खुले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज हुनेछन् । उनले विधेयकमा दुई प्रदेशमा मेडिकल कलेज…

Read More

नेपाली सेनाबाट किशोरी माथि बलात्कारको प्रयास, उद्धार गर्नेमाथी खनियो प्रहरी

नेपाली सेनाबाट किशोरी माथि बलात्कारको प्रयास, उद्धार गर्नेमाथी खनियो प्रहरी

आलोक यादव, टिभी अन्नपूर्ण सिरहा। सिरहाको मिर्चैयामा एक किशारी माथि नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १ किशोरीलाई बलात्कारको प्रयास गरेका हुन् । मिर्चैया ६ मटियर्वा ९पानी टँकी० नजिकै आफ्नै घरमा रहेकी किशोरीलाई नेपाली सेनाका ३ जना जवानले जबर्जस्ती करणी गर्न खोज्दा उनी चिच्याएर गुहार मागेकी थिइन् । आवाज सुनेर स्थानीयहरुले किशोरीलाई उद्धार गरी सेनाका जवानहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भाग्न खोजेका थिए । खेद्दैजाँदा १ जना समातिएपनि दुईजना…

Read More

हिन्दुराष्ट्र पुनःस्थापना गराएरै छाड्छौंः कमल थापा

हिन्दुराष्ट्र पुनःस्थापना गराएरै छाड्छौंः कमल थापा

ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रलोभनमा पारेर धर्म परिर्वतन गर्ने क्रम जारी रहे मुलकमा धार्मिक युद्व हुने खतरा औल्याएका छन् । ललितपुरमा आयोजित सनातन हिन्दु राष्ट्र पुनःस्थापना जनजागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म निरपेक्षता आन्दोलनको माग नभएको तर, राजनीतिक लेप लगाएर जबर्जस्ती थोपरिएको दाबी गरे । नेपालीहरुको एकताको आधार सनातन धर्म भएको  भन्दै हिन्दु राष्ट्र पुनःस्थापना गराएरै छोडने बताए ।

Read More

अमेरिकाले सिरियाबाट सैनिक नभई उपकरणहरु फिर्ता गर्ने

अमेरिकाले सिरियाबाट सैनिक नभई उपकरणहरु फिर्ता गर्ने

संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ । यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो । तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो । अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एकजना अधिकारीले भनेका छन्, अहिलेका लागि हामी सैनिक फिर्ता गर्दैनौँ तर पनि केही औजार, उपकरण या सामग्रीहरु भने फिर्ता गर्ने तयारी थालेका हौँ । तर पनि सैनिक भने कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमाा केही खुलाइएको छैन । ती अधिकारीले त्यहाँबाट सैनिकसँग सम्बन्धित नभई अन्य उपकरण र औजारहरु…

Read More

६० हजार कर्मचारी समायोजनका लागि तयार, तोकिएको क्षेत्रमा नजानेलाई बर्खास्त

६० हजार कर्मचारी समायोजनका लागि तयार, तोकिएको क्षेत्रमा नजानेलाई बर्खास्त

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिनुभयो । मन्त्री पण्डितले माघ २ गतेसम्म समायोजनको सीमा रहेको र त्यसको २१ दिनभित्र तोकिएको क्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गरिने प्रष्ट पार्नुभयो । सङ्घ, प्रदेश र स्थानीय निकायमा गरी एक लाख ३८ हजार कर्मचारीको दरबन्दी रहेको र आवश्यक अपुग कर्मचारी सङ्घीय लोक सेवा आयोगले छोटो प्रक्रियाबाट पदपूर्ति गर्ने मन्त्री पण्डितले जानकारी दिनुभयो । उहाँले स्तरोन्नति,…

Read More

मानव सेवा आश्रम बनाउन सहयोग गर्ने मेयर शाक्यको घोषणा

मानव सेवा आश्रम बनाउन सहयोग गर्ने मेयर शाक्यको घोषणा

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमका लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार आश्रमले गरेको पत्रकार सम्मेलनमा मेयर शाक्यले भने, ‘आश्रमले जग्गा खोजोस् । भवन बनाउन काठमाडौं महानगरपालिकाले सहयोग गर्छ ।’ उनले अघि भने, ‘मैले आश्रम अवलोकन गरेको छु । त्यहाँको दृश्य देख्दा म धेरै प्रभावित भएँ । आश्रमका साना-साना भाइबहिनीहरुले त्यहाँ भएका विरामीहरु स्याहारेको देख्दा त म झनै प्रभावित भएँ । त्यति हाम्रो घर परिवारका सदस्यहरुले पनि आफ्नै मान्छे विरामी हुँदा स्याहारसुसार गर्दैनन् होला ।’ उनका अनुसार सामाखुशी र बुढानीलकण्ठमा सञ्चालित दुवै आश्रमको…

Read More

साउदी युवतीलाई क्यानडाले शरण दियो

साउदी युवतीलाई क्यानडाले शरण दियो

धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताएका छन् । क्यानडा विश्वभरीको मावन अधिकार र महिला अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री ट्रु«डोले बताएका छन् । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्र्थी निकायले पेश गरेको शरणार्र्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको प्रधानमन्त्रीले बताएका छन् । साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन क्यानडाको मागको कारण क्यानडा तथा साउदी अरेबियाबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढङ्गबाट बिग्रिएको थियो । तर पनि क्यानडाले साउदी…

Read More

घुर्मीपुलबाट सुनसहित छ जना पक्राउ

घुर्मीपुलबाट सुनसहित छ जना पक्राउ

आलोक यादव, सिरहा । सशस्त्र प्रहरीको टोलीले आज बिहान करीब दुई बजे सिरहाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको टोलीले काठमाडौंतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिप चेकजाँच गर्दा सुन भेटाएको हो । उनीहरुमध्ये लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काँचो सुन, २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा…

Read More