कोकमा रक्सी मिसाएर १५ वर्षीया किशोरीको सामूहिक बलात्कार

कोकमा रक्सी मिसाएर १५ वर्षीया किशोरीको सामूहिक बलात्कार

 कोकको बोतलमा रक्सी मिसाएर दुई युवकले भद्रपुरकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न दुई युवकमध्ये एकजनालाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको छ। अर्का एक फरार रहेको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ पर्नेमा झापा भद्रपुर नगरपालिका ४ फागुचोकका ३२ वर्षीय घरबहादुर लिम्बू र फरार भएकामा सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी हुन्। श्रेष्ठका अनुसार उनीहरुले २२ पुसमा राति ८ बजे १५ वर्षीया किशोरीलाई बलात्कार गरेको जाहेरी परेपछि अनुसन्धानका क्रममा लिम्बु पक्राउ परेका हुन् । राजवंशी भारतको सीमाना नजिकै…

Read More

५१ जनाले पाए कृत्रिम खुट्टा

५१ जनाले पाए कृत्रिम खुट्टा

विभिन्न घटनामा खुट्टा गुमाएका ५१ जनाले आज कृत्रिम खुट्ट पाएका छन् । भारतको भगवान महावीर अपाङ्गता सहायता समितिले आज काठमाडौँमा उनीहरुलाई कृत्रिम खुट्टा प्रत्यारोपण गरेको हो । चौधरी फाउण्डेसन र नर्भिक अस्पतालसँगको सहकार्यमा समितिले आयोजना गरेको कृत्रिम खुट्टा प्रत्यारोपण शिविरमा उनीहरुले कृत्रिम खुट्टा पाएका हुन् । शिविरमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले छ वर्षकी बालिका रियाकुमारी कुशवाहलाई खुट्टा लगाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । मन्त्री यादवले नेपालमा कृत्रिम खुट्टा राख्ने स्थायी संरचना नभएको भन्दै कसैले संस्था स्थापना गरेमा सरकारले सहयोग गर्ने वचन दिए । मन्त्री यादवले खुट्टाको अभावमा…

Read More

डा. गोविन्द केसीको मागअनुसार सरकारले गर्‍यो मेडिकल कलेजको सम्भाव्यता अध्ययन

डा. गोविन्द केसीको मागअनुसार सरकारले गर्‍यो मेडिकल कलेजको सम्भाव्यता अध्ययन

इलाममा पाँच दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको मागअनुसार नै इलाममा आज मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको छ । पहाडी क्षेत्र ताप्लेजुङ, पाँचथर र तेह्रथुम क्षेत्रको मध्यमार्गी क्षेत्र इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने डा केसीको माग हो । प्रजिअ श्रवणकुमार तिम्सिनाका अनुसार एक सरकारी टोलीले आज दिउँसो इलाम आएर मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरेको हो । टोलीले इलामका छ स्थानको अध्ययन गरेको थियो । यसअघि डा केसीसँग इलाम, पाँचथर, उदयपुरलगायत स्थानमा मेडिकल कलेज खोल्ने विषयमा भएको सम्झौताअनुसार सरकारले सम्भाव्यता अध्ययन थालेको प्रजिअ तिम्सिनाको भनाइ छ । “मेडिकल कलेजका लागि…

Read More

मनाङलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा

मनाङलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा

ए डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ‌। आइतबार धनगढी रंगशालामा निरकुमार राईको एकमात्र गोलमा पुलिस १-० ले विजयी रहयो । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको दोस्रो हाफमा भने मनाङको पोष्टमा पुलिसले गोल छिराउन सफल भयो । खेलको ६८ औं मिनेटमा पुलिसले अग्रता लियो । तेज तामाङको कर्नरमा रिबाउन्ड भएको बललाई निरकुमारले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्न सफल भए । ८० औं मिनेटमा पुलिसका अब्दु करिमको प्रहार क्रसबारभन्दा थोरै…

Read More

मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति गठन

मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा छानबिन समिति गठन

काठमाडौं । प्रदेश २ मा मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति बनाएको छ । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका थिए । त्यस विषयमा आइतबार नै बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् । उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्…

Read More

प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

हेटौँडा, प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालन सम्बन्धमा अध्ययन कार्यदल गठन गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश आर्थिक ऐन, २०७५ संशोधन र प्राकृतिक स्रोत शुल्कको विषयलाई पनि स्वीकृत गरेको छ । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी…

Read More

यी हुन् विवेकशील साझा पार्टी फुट्नुका कारण (पूर्ण पाठसहित)

यी हुन् विवेकशील साझा पार्टी फुट्नुका कारण (पूर्ण पाठसहित)

विवेकशील साझा पार्टीका संयोजक उज्वल थापाले पार्टी एकीकरणपछिको अवधिमा भए गरेका कामहरुको समिक्षा प्रतिवेदन तयार गरेर पार्टी भित्र छलफल चलाउन नपाउँदै सो दल टुक्रिएको छ। थापाको प्रतिवेदनमाथि छलफल नै नगरि केन्द्रीय सदस्यको संख्या बढाएर अल्पमतमा पार्ने चलखेल रविन्द्र मिश्र पक्षले गर्न लागेको भन्दै उज्वल थापा समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गत शुक्रवार निवेदन दिएको छ। उज्ज्वल थापाले समिक्षा प्रतिवेदनमा लेखेका छन्, ‘विवेकशील साझा पार्टी अहिले समग्रमा गलत बाटोतर्फ गइरहेको छ।’ आफ्नो पार्टीका समस्याहरु उनले बुँदागत रुपमा औंल्याएका छन्। चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको, डरको राजनीति हावी भएको,…

Read More

चिनी उद्योगीले बढाए चिनीको मूल्य

चिनी उद्योगीले बढाए चिनीको मूल्य

काठमाडौं : चिनी उद्योगीले चिनीको मूल्य बढाउने निर्णय गरेका छन्।चिनीको कारखाना द्वार मूल्य ६३ रुपैयाँ थियो। सरकारले उखुको नयाँ मूल्य निर्धारण गरेको भन्दै उद्योगीले चिनीको मुल्य ७८ रुपैयाँ पुर्‍याएका हुन्। उद्योगीहरुको संलग्नता बिनानै उखुको मुल्य निर्धारण गरेको उनीहरुको जिकिर छ। सरकारले उखुको नयाँ मुल्य चार सय ७१ रुपैयाँ प्रति क्विन्टल राखेको थियो।

Read More

यस्ता छन् नेपाल टेलिकमका विन्टर अफर प्याकेजहरु

यस्ता छन् नेपाल टेलिकमका विन्टर अफर प्याकेजहरु

नेपाल टेलिकमले विन्टर अफर प्याकेज ल्याएको छ। टेलिकमले आफ्ना सेवामा उपभोक्ताका लागि छुट तथा सहुलियतसहितको प्याकेज अफर ल्याएको जानकारी दिएको छ। भ्वाइसदेखि इन्टरनेटसम्मका विभिन्न सेवा ल्याइएका यस्ता प्याकेज २२ वटा रहेका छन्। यो अफर पुस २९ देखि चैत २८ गतेसम्म लागू हुने टेलिकमले जानकारी दिएको छ। यस्ता छन् प्याकेजः १. ह्याप्पी विके प्याक  जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिने ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ। सो प्याक एक सय रुपैयाँमा प्राप्त हुने र सात दिनसम्म यसको…

Read More

आन्दोलनरत चिकित्सकसँग छलफल गर्न वार्ता टोली गठन

आन्दोलनरत चिकित्सकसँग छलफल गर्न वार्ता टोली गठन

कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली आज गठन भएको मन्त्रालयले जनाएको छ । टोलीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाँई र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले भोलि ती दुवै सङ्घसँग मागका विषयमा वार्ता हुने जानकारी दिए ।

Read More