पहिलो नेपाल आइडल बुद्ध लामा एक्कासी बेहोस


पहिलो नेपाल आइडल बुद्ध लामा एक्कासी बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।

सोमबार बिहानैदेखि सामान्य ज्वरो आएपनि बुद्ध लामा आफ्नो नयाँ गीत रेकर्डिङका लागि कृपा डिजिटल स्टुडियो पुगेका थिए । तर ज्वरो बढेपछि रेकर्डिङ छोडेर आराम गर्न भन्दै घर गएका उनी आगँनमा पुगेलगत्तै बेहोस भएका हुन् ।

बेहोस भएर लडेका लामालाई तुरुन्तै नर्भिक अस्पताल लगियो । अहिले नर्भिक अस्पतालमा उनको उपचार चलिरहेको छ ।

चिकित्सकहरुले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

उनको रगतमा समस्या देखिएको नर्भिक अस्पताल श्रोतले जनाएको छ ।


Related posts

Leave a Comment