कञ्चनपुरमा फेरी ६ वर्षिया बालिका बलात्कृत


कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अपराधि पत्ता नलाग्दै फेरी कञ्चनपुरमा अर्कि बालिका बलात्कारको शिकार भएकि छन् । जिल्लाको कृष्णपुरमा ६ वर्षीया बालिका बलात्कृत भएकि हुन् ।

बलात्कारको प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका बण्डकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार त्यही ठाँउका १० वर्षीय बालक पक्राउ परेका हुन् ।

बालकले आफूलाई बलात्कार गरेको बालिकाले बताएको पीडितकी आमाले बताइन् ।

बालिका कक्षा २ मा अध्ययनरत छिन् । उनको विद्यालयमा बलात्कार भयो वा बिदा भएपछि घर आउने बेलामा बलात्कार भयो भन्ने खुल्न सकेको छैन् ।

प्रहरीले बालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । उनी त्यसै विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।


Related posts

Leave a Comment