सरकारको पुस्तकालयप्रति ध्यानाकर्षण भएन्ः सभामुख महरा (भिडियोसहित)


सभामुख कृष्ण वहादुर महराले सरकारको पुस्तकालयप्रति ध्यानाकर्षण नभएको बताएका छन् ।

काठमाडौ उपत्यका सार्वजनिक पुस्तकालय समाजको १५ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौको भृकुटिमण्डपमा आयोजित कार्यक्रममा उनले सरकारले शिक्षा क्षेत्रको बिकासमा तिव्रता दिन खोजिरहेका बेला पुस्तकालयप्रति भने ध्यानाकर्षण हुन नसकेको बताएका हुन् ।

सार्वजनिक पुस्तकालयहरुको बिकासका लागी सरकारले प्रतिवद्धता जनाएपनि सोचे अनुसारको काम हुन नसकेको उनको भनाई छ । उनले पुस्तकालयको बिकासका लागी अध्ययन र अनुसन्धान गर्न जरुरी रहेको बताए । सभामुख महराले पुस्तकालयको बिकासका लागी प्रतिनिधीसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता भए आफुले त्यसलाइ अघि बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा काठमाडौ उपत्यका सार्वजनिक पुस्तकालय समाजका अध्यक्ष डाक्टर नारायण खड्काले सहज र समान पहुच हुने गरि पुस्तकालयको स्थापना गरिनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रमका अन्य सहभागीहरुले पुस्तकप्रति पाठकको आकर्षण भइरहेका बेला पुस्तक नीतिको अभावले पुस्तकालय व्यवस्थापनमा भने समस्या देखिएको धारणा राखेका थिए ।


Related posts

Leave a Comment