अब मोटरसाइकल दर्ता हुँदैनन् ! (विस्तृतमा भिडियो)


विमल खड्का टिभी अन्नपूर्ण

राजधानी तथा राजधानी भन्दा बाहिरका मानिसहरुमा पछिल्लो समय मोटरसाइकल चड्नेहरुको होड नै लाग्ने गरेको छ । तर बागमतिमा अञ्चलमा मोटरसाईकल दर्ता एक सय लट पुग्न लाग्दा पनि दर्ता कसरी गर्ने भन्नेमा अन्योल जस्तै देखिएको छ ।

यातायात व्यवस्था विभाग २०५० ले बनाएको निमावलीका अनुसार मोटरसाईकल ९९ सम्म मात्र दर्ता हुने प्रावधान छ । विभागकै निमावलीमा सय लट भन्दा माथि दर्ता गर्ने नपाइने व्यवस्था छ । अहिले मोटरसाइकल ९९ लटमा प्रवेश गरिसकेको छ ।

दशै तिहारमा मोटरसाईकल बढि बिक्रि हुने भएकाले पनि अब सय लट पुग्न कहि समय भन्दा लाग्र्दैन् तर सय लट पछि के गर्ने भन्ने बिषयमा नै यातायात व्यवस्था विभाग अझै अन्योल जस्तै छ ।

विभागका निर्देशक गोकर्ण प्रसाद उपाध्ययका अनुसार नियमावली २०५० अनुसार सय भन्दा माथिको दर्ता हुने व्यवस्था छैन् ।


Related posts

Leave a Comment