अव्यवस्थीत तरिकाले सडक मर्मत गर्दा सवारी जाममा, यात्रुलाई सास्ती (भिडियोसहित)


काठमाडौँको ठमेल सोह्रखुट्टे सडक खण्डमा सडक मर्मतको काम भइरहेको छ । अव्यवस्थित तरिकाले सडक मर्मतको हुँदा सवारीचालकहरु घण्टै जाममा बस्न बाध्य भएका छन् ।

विकासको नाममा हतारमा गरिएको सडक मर्मत न त दिर्घकालीन हुन सक्छ न त सवारी चालक र यात्रुहरुले सहजता नै पाउन सक्छन् ।

अव्यवस्थीत तरिकाले बाटो मर्मत भैरहदा यता आफूहरुलाइ निकै सास्ती भैरहेको सवारी चालक तथा यात्रुहरु बताउँछन् ।

बाटो मर्मत भएको त राम्रै हो तर व्यवस्थीत तरिकाले, सार्वजनिक बिदाकोबेला या रात्रीकालिन समयमा बाटो मर्मत भए मर्मत कार्य पनि टिकाउ र यात्रुहरुले पनि सहजता पाउने थिए की ?


Related posts

Leave a Comment