सरकार सुपथ मूल्य पसल चलाउने, व्यापारी कालोबजारी गर्ने ? (भिडियोसहित)


दशैं, तिहार तथा छठ जस्ता पर्वहरुको अवशरमा सरकारले सुपथ मुल्य पसल सञ्चालन गरेको बताइरहँदा व्यापारीहरुले भने उपभोग्य सामानको मूल्य बढाएका छन् ।

आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ । यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ ।

तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको तेल, सुर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ ।

अहिले भटमासको तेल प्रतिलिटर १४०, सुर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यु १४० रुपैयाँ पुगेको अनामनगरमा अवस्थित भण्डारी स्टोरका सञ्चालक सुस्मा भण्डारीले बताइन् । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दावी छ ।

अहिले बजारमा भएका यी वस्तु ३ महिनाअघि ल्याइएको हो’, उनले भनिन्, ‘ठूला व्यापारीले नै बढाएपछि खुद्रा मूल्य त स्वतः बढिहाल्छ ।’ अमेरिकी डलरको भाउ आकासिएपछि भारतमा नै मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि भाउ बढेको व्यापारीहरुले बताउने गरेका छन् । पहिल्यै सामान ल्याएर स्टक गरिसकेका व्यापारीले चाडपर्वका बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने गरेका छन् ।

पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको खुद्रा व्यापारीले बताएका छन् ।

यता राष्टिय उपभोक्ता मञ्चका उपाअध्यक्ष पुष्पराम पौडेल भने खाद्यनमा मूल्य दशैंसम्म अझै बढ्ने देखिएको बताउँछन् । उनका अनुसार चाडपर्वको मुखमा कालोबजारी तथा उपभोक्ता ठगिने क्रम रोक्न आफुहरुले कढाइका साथ बजार अनुगमन भइरहेको छ । उनले उपभोक्तालाइ आफू ठगिने बारे सचेत हुन समेत आग्रह गरेका छन् ।


Related posts

Leave a Comment