काठमाडौं सफा गर्न आछामबाट आएको हुँः केपी खनाल (भिडियोवार्ता)


अध्ययन र रमाइलोमा दिन बिताउने उमेरका एक युवा बिहानदेखि साँझसम्म सडकमा देखिन्छन् । उनको उमेर हाल १८ वर्ष मात्रै भयो । सिंहदरबार देखि काठमाडौंका गल्ली गल्ली झाडु बोकेर उनी पुग्छन् ।

मन्त्रीसम्मलाई सडकमा उतार्न सफल उनी हाल बाजुरामा एउटा अनाथ बाल गृह निर्माणमा जुटेका छन् । ४० लाख लागतमा निर्माण हुन लागेको यो बाल गृह अहिले निमाणधीन छ ।

देशका धेरै ठाउँमा पुगेका युवा सामाजिक अभियन्ता केपी खनालसँग टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले कुराकानी गर्नु भएको छ । प्रस्तुत छउहाँसँग गरिएको कुराकानीः

१) पछिल्लो समय मिडियामा कम मात्रै आउनुहुन्छ । तपाईको अभियान पनि ओरालो लागेको हा की ?

सफाइसँगै बाज’रा जिल्लामा अनार्थ बालगृह बनाउदै छु । हिजो आज त्यतै व्यस्त छ’ । मिडिमा त्यती समय दिन भ्याइरहेको छैन । म जुन किसिमले मिडियामा आउन चाहान्थे त्यो भैसकेको ।

अब मेरो काधमा थप जिम्मेवारी थपिएको छ । मिडियामा आइरहन पर्छ भन्ने छैन । पछिल्लो समय म मिडियामा कम देखा परे पनि म मेरो अभियानलाई निरन्तर अगाडी बढाइ रहेको छु ।

२) उमेरले किशोर अवस्थामा नै हुनुहुन्छ । तर तपाइको सोच, सपना निकै ठूलो छ । प्रेरणा कहाँबाट मिल्यो ?

यो प्रेरणा चाही आफ्नो वस्ती आफ्नो ठेगना, त्यो सर्कलले नै दियो जस्तो लाग्छ । गरीब निमु’खाहरुको बिचमा हुर्केकोले समाजसँग बढि नजिकिने मैका पाए । सायद यही परिवेसले नै समाजको लागि केही गर्नुपर्छ हौ भन्ने प्रेरणा दियो जस्तै लाग्छ ।

३) तपाइको यो उमेर साथीभाइसँग रमाइलो गर्ने, बुवा आमाको कमाइ खाने उमेर तर तपाइ अरु भन्दा किन फरक ?

समाज र मेरो प्रेम बस्यो भन्छु म । समाजसँग मैले प्रेम प्रस्ताप राखे र समाजले स्वकार गर्यो । म सँग रमाइलो गर्ने साथीभाइ भन्दा नी समाजसेविहरु बढी घुलमील भए ।

गल्ली गल्लीमा केटी जिस्काउदै हिड्ने, फिल्म हेर्ने त्यो खाले साथी भेटिन त्यसैले होला मैले यो समयमा अहिले समाज परिवर्तन गर्छ’ भन्दै हिडिरहेको छु र गरेर पनि देखाएको छु ।

४) हालसम्म समाज परिवर्तनका लागि के कस्ता कार्य गर्नुभयो ?

सानो हुँदा रेडियोमा कार्यक्रम चलाउने गरेको थिए । विभिन्न बाल क्लबहरुसँग नजिक रहेर काम गरे । प्लस टु अध्ययन गर्दे गर्दा बिभिन्न संघसस्थासँंग काम गर्ने मौका मिल्यो मलाई , साँस्कृतिक कार्यक्रम देखि लिएर, गाउँ सरसफाइ गर्ने कार्य गरे ।

हुम्लामा गरिब, अशक्तहरुको लागि राहत वितरण गरे । त्यस पछि काठमाण्डौ आएर क्लिन काण्टमण्डप अभियान चलाए र अहिले बाजुरामा बाल गृह बनाउन तर्फ लागिरहेको छु ।

५) यस्ता सामाजिक कामहरु गर्दै जाँदा निकै चुनौतीहरुको समामना गगर्नुपर्यो होला ?

डाहा गर्ने , कुरा काट्ने ,मेरो खुट्ट तान्ने मेरा लागी मलाई सफल बनाउन नजिक पुर्याउने व्यक्ती हुन् आज म तिनीहरुकै कारण यो स्थानमाा छु । यती माथी ुगेको छु र मलाइ तिनीहरुसँग केही सरोकार पनि छैन् ।

साथ दिन्छ भने दिन्छ , कुरा काट्छ , खुट्टा तान्छ तान्छ र म चुनैतीसँग घुलमिल हुन चाहान्छु । मलाइ गरिबको मनमा बस्न छ । नेपाल भनेको के हो भन्ने थाहा छैन उस्को लागी केह्री गर्न छ । मलाई खुट्टा तान्नेसँग केही सरोकार छैन ।

७) कति सामाजीक अभियानताहरु चर्चामा आएपछि बिचमै हराउने पनि गर्छन् , के छ हामीले केपी जी लाइ दिर्घकालीन रुपमा देख्न पाउछौ ?

यसका लागी त समयले साथ दिन जरुरी छ । समाजसेवा गरेको आज ८ बर्ष भयो । म अझै अगाडी बढ्नको लागी मलाइ समाजले साथ दिन जरुरी छ । हो कति पइले सस्था बनाउने चर्चामा पुगेपछि अलपत्र रुपमा छोड्ने । तर मैलै कुनै स्वार्थ को लागि समाज सेबा गरिरहेको छैन ।

स्बार्थको लागी नै भए बिभिन्न सस्था खोलेर पैसा कमाउने काम गर्थे होला तर मलाइ यो इच्छा छैन । जनताले जबसम्म मलाइ साथ दिन्छन् तबसम्म म समाज परिबर्तनमा लागिरहने छु ।

८) बिभिन्न अभियान चलाउने तर त्यसलाइ निरन्तरता नदिने, जस्तै क्ल्नि कास्ठमाडौँ, तपाइको यो अभियानले के परिवर्तन आयो त काठमाडौमा ?

मन परीबर्तन भयो । हामीले चाहेको पनि यही नै थियो । बिचार परिबर्तन भएको छ । कुनैबेला काठमाण्डौको गल्ली गल्लीमा फोहोर फाल्नेहरुले नै आज सफाइ अभियान चलाइरहेका छन् ।

फोहोर बाटोमा फाल्नु हुन्न डस्टबिनमा फाल्नुपर्छ भन्नेसम्म सुसुचित भएका छन् । मैलै कुनै फलको आस गरेको छैन मेरो अभियान विचार परिवर्तन गर्ने थियो त्यसमा म सफल भए त्यह्री नै हो र यो अभियान निरन्तर जारी पनि छ ।

९) अन्त्यमा तपाइको पछिल्लो अभियान बाजुरा अनाथ बालगृह निमार्ण कहाँ पुग्यो ४० लाखको लगातमा बनाउने भन्नुभएको थियो आर्थिक रकम कसरी जुटाउदै हुनुहुन्छ ? त्यसको पारदर्शीता के छ ?

यस्को लागी देश बिदेशमा बस्दै आइरहनु भएका सम्पूर्णले सहयोग गर्दै आउनुभएको । मैलै कुनै चन्दा संकलन गरेको छैन । सहयोगी मन हरुले र मेरो यो कार्यलाइ सराहनीय गर्ने ले सहयोग गर्नुभएको छ ।

अनाथ बाल गृहको लागी ४० लाख चाहिने हो अहिले सम्म २५ लाख संकलन भएको छ । पारदर्शीताको कुरा गर्नुपर्दा भोली मलाइ धेरै माथि पुग्नु छ । मैले कसैलाइ ठगेर यो कार्य गरिरहेको छैन । मैले सबै सहयोगीहरुलाइ फेसबुक लाइभ बाट धन्यबाद समेत दिदै आएको छु ।


Related posts

Leave a Comment