बामदेव गौतम चुनाव नलड्ने संकेत, प्रचण्डले हात दिँदा ओलीले साथ दिएनन्


अन्ततः बामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । नेकपा स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली लगायतका नेताहरुले खासै चासो नदेखाएपछि गौतम चुनाव नलड्ने निष्कर्षमा पुगेका हुन् ।

नेकपा स्रोत भन्छ, गौतमका लागि भन्दै आफ्नो पदबाट राजीनामा दिने रामवीर मानन्धरको निर्णय प्रति नै ओली जी असन्तुष्ट हुनुहुन्छ अनि कसरी उहाँ (बामदेव गौतम) चुनाव लड्नुहुन्छ ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगका छलफल पछि गौतम काठमाडौं ७ बाट चुनाव लड्न राजी भएका थिए भने रामवीर आफ्नो सांसद पदबाट राजीनामा दिन तयार भएका थिए ।

पार्टी भित्र र बाहिरबाट पनि चर्को आलोचना भएपछि गौतम चुनाव नलड्ने मनिस्थितिमा पुगेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने तयारीको विपक्षमा देखिए ।


Related posts

Leave a Comment