निर्मला प्रकरणः सत्ता र प्रतिपक्षका नेताहरुलाई भेटेर न्यायका लागि कुरा गर्छुः गगन थापा


महेन्द्रनगर । नेपाली कांग्रेसका युवा नेता गगन थापा कञ्चनपुर पुगेका छन् । कार्यकर्ता भेटघाटका लागि कञ्चनपुर पुगेका थापाले निर्मला पन्तका आमाबुवासँग भेट गरेका छन् ।

बुधबार कार्यकर्ता भेटघाटका लागि कञ्चनपुर पुगेका नेता थापाले निर्मलाका आमाबुवा भेट्दै अहिलेम्म हत्यारा पत्ता नलाग्नुमा सरकार र प्रतिपक्षी दुबै उत्तिकै दोषि रहेको बताए ।

भेटमा थापाले गृहमन्त्रीले न्यायको अनुभुति दिलाउन नसकेकोमा दुःख व्यक्त गरे । सिंगो देश अपराधसित लड्न खोजिरहेका बेला गृहमन्त्रीले मात्र नभई जनताले समेत हारेको उनले बताए ।

कार्यकर्ता भेटघाटपछि थापा निर्मलाका बुवाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडि धर्नास्थल पुगेका थिए । सरकारको नेतृत्व गरेकाहरुले नै निर्मला हत्या प्रकरण हलुका ढंगले लिएको भन्दै उनले निर्मलाको न्यायका निम्ति सरकार र प्रतिपक्ष दलका नतोहरुलाई भेटेरै कुराकानी गर्ने आश्वासन दिए ।


Related posts

Leave a Comment