सरकारी कार्यालयमा भारतले बनाएको नक्सा प्रयोग ! (भिडियोसहित)


देशभक्त जनगणतान्त्रीक मोर्चाले नेपालको केहि भूभाग नै नभएको नक्सा प्रयोग भईरहेको भन्दै तत्काल नेपालको पूर्ण आकारको नक्सा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार काठमाडौ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझउदै नेपालको १ लाख ४७ हजार १ सय ८१ वर्गमिटर क्षेत्र फल भएको पुरा नक्शा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारी कार्यालय र स्थानीय कार्यालयमा कालापानी वाहेकको नेपालको नक्शाको प्रयोग भएको अनुगमनपछि पुरा नक्शा प्रयोग गर्न ध्यानाकर्षण गराईएको मोर्चाका काठमाण्डौ ईन्चार्ज सुरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै उनले भारतद्धारा निर्मित नेपालको नक्कली नक्सा खारेज गर्न पनि माग गरे ।

मोर्चासंगै क्रान्तिकारी युवा लिग काठमाडौंले नापी बिभाग , प्रहरी परिसर र जिल्ला शिक्षा शाखामा पुगी पुरा नक्शा प्रयोग गर्न ध्यानाकर्षण गराएको थियो ।

यसअघि मोर्चाले काठमाडौं जिल्लामा रहेको १० वटा नगर पालिका र महानगरपालिकामा वास्तविक नेपालको नक्सा प्रयोग गर्न स्मरण पत्र बुझाएको थियो ।


Related posts

Leave a Comment