ए डिभिजन लिगः ब्रिगेड ब्वाइजद्वारा एपिएफ पराजित


सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले पहिलो जित निकाल्ने क्रममा एपिएफलाई ३—१ ले पराजित गरेको हो ।

खेलको ६० औं मिनेटमा रुपबाहादुर रानाको गोलबाट अग्रता लिएको सशस्त्रले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्यो । केही समयपछि नै ब्रिगेडका मनोज राईले फ्रिकिममार्फत उत्कृष्ट गोल गरेका थिए।

६९ औं मिनेटमा ब्रिगेडले २—१ को अग्रता बनायो । ताजुदिनले ब्रिगेडका लागि दोस्रो गोल गरे । ७६ औं मिनेटमा ब्रिगेडले तेस्रो गोल गर्न सफल भयो।

एपिएफ ८९ मिनेटमा १० खेलाडीमा सीमित भयो। एपिएफका विश्वास उदासलाई रेफ्रीले सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। यसअघिका दुवै खेलमा पराजित भएको ब्रिगेड पहिलो जित हात पारेसँगै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ। एपिएफले यसअघिक २ मध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेलेको थियो।


Related posts

Leave a Comment