कुन कलाकारले कति महंगा कार चढ्छन् ? (भिडियोसहित)


केही वर्षअघिसम्म सिनेमा अभिनय, निर्माणबाट जीविकोपार्जन गर्न गाह्रो परिरहेको गुनासो गर्ने फिल्म सेलिब्रेटीहरू पछिल्लो समय यो क्षेत्रमा नाम र दाम दुवै पर्याप्त रहेको बताउने गर्छन् ।

नेपाली फिल्म निर्माणमा आएको तीव्रता, फिल्म तथा कलाकारको स्वदेश तथा विदेशमा मागका कारण पनि सेलिब्रेटीको जीवनशैली महँगो देखिएको छ ।अहिले चल्तीमा रहेका अधिकांश सेलिब्रेटी आफ्नै निजी सवारीसाधनमा हुइँकिने गर्छन् ।

कार फेरिफेरी चढ्ने अभिनेतामा अग्रस्थानमा आउँछन् भुवन केसी । उनी हिरो बन्नुअघि नै कार चलाउने गर्थे । ‘फिल्ममा आउनुअघिदेखि नै गाडी चढ्ने गरेको हुँ,’ भुवन भन्छन्, ‘बजारमा नयाँ मोडलको कार आउनेबित्तिकै खरिद गर्ने गरेको छु ।’ भुवन अचेल हुन्डाईको क्रेटा चढ्छन् ।

तीन वर्षअघिसम्म उनी ४७ लाख रुपैयाँ पर्ने किया स्पोर्टेज चढ्थे । आफू गाडीका सौखिन भएकाले फेरिरहने तर्क उनको छ ।भुवनपुत्र युवास्टार अनमोल भने बाइकका सौखिन हुन् । उनीसँग १५ लाख मूल्य पर्ने दुइटा महँगा बाइक छन् । उनी कहिलेकाहीँ बाबुको कार लिएरसमेत हिँड्ने गर्छन् ।

कुन कलाकारले कस्तो कार चढ्छन ? विस्तृतमा हेर्नुहोस् भिडियो


Related posts

Leave a Comment