ए डिभिजन लिगः सरस्वतीले ब्रिगेडलाई पराजित गर्यो


शहीद स्मारक ए डिभिजन लिग अन्गर्तत मंगलबार भएको पहिलो खेलमा सरस्वती युथ क्लब विजयी भएको छ । विहान ११ बजे भएको खेलमा सरस्वतीले ब्रिगेड ब्वाइजलाई २—१ गोलले हराएको हो । सरस्वतीका खेलको तेस्रो मिनेटमा नै विनोद केसीले गोल गरे । सातौँ मिनेटमै ब्रिगेडका लागि अबुद एनसिहले बराबरी गोल फर्काए।

५२औँ मिनेटमा फ्रान्सिस ओन्यामाले गोल गर्दै सरस्वतीले पुन: अग्रता दिलाए।

पहिलो हाफ १—१ को बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा अनयेमाले सरस्वतीका लागि निर्णायक गोल गरे । सरस्वतीले चार खेलबाट ६ अंक जोडेको छ । ब्रिगेडको चार खेलबाट तीन अंक छ । मंगलबार हुने अर्को खेलमा मनाङ मर्स्याङ्दीले शसस्त्र प्रहरी बल –एपिएप)m क्लबसँग खेल्दै छ ।

दिउँसो साढे २ बजे सुरु हुने खेलमा जित हात पारे मनाङ शीर्षस्थानमा उक्लने छ । उसले अघिल्ला तीनवटै खेल जितेको थियो । पछिल्लो खेलमा थ्रीस्टारलाई २—१ गोलले हराएको मनाङ उच्च मनोबलमा छ। तीन खेलबाट ९ अंक भएको मनाङ तेस्रो स्थानमा छ ।


Related posts

Leave a Comment