लेबनानमा बेलायती रेडियोकर्मी मृत फेला


लेबनानको प्रसिद्ध मनोरञ्जनात्मक कार्यक्रममा प्रस्तोता रहेका एक जना बेलायती रेडियोकर्मी गाभिन फोर्ड आफ्नै घरमा मङ्गलबार मृत फेला पर्नुभएको लेबनानको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

फर्डको मृत शरीर बेरूतबाट पूर्वमा रहेको बेइट मेरी शहरस्थित उहाँकै निवासमा भेटिएको थियो ।

फोर्डले काम गर्दै आएको ‘रेडियो वन’ समेत रहेको शहरमा बस्दै आएका रेडियोकर्मीको मृत्युबारे रोजगारदाता संस्थाले सामाजिक सञ्जालमा प्रेषित शोक सन्देशमा भनेको छ, “हाम्रा प्रिय मित्रको निधनको खबरले रेडियो परिवारलाई दुःखी बनाएको छ । हामीले उनीसँग बर्षौंसम्म हासीखुशी विताएका पलहरूले हाम्रो स्मृतिमा उहाँ सधैँ टाढा हुनुहुने छैन ।”

प्रहरी तथा उनी कार्यरत रेडियोले मृत्युको कारण भने उल्लेख गराएका छैनन् । लेबनानको राष्ट्रिय समाचार समितिले बताएअनुसार सुरक्षा निकायले उहाँको मृत्युबारे अनुसन्धान अघि बढाउने कुरालाई इन्कार गरेको छैन ।

फोर्डको मृत्युको खबरपछि दुःख व्यक्त गर्दै आएका श्रद्धाञ्जलिका सन्देशहरूले सामाजिक सञ्जाल भरिएका छन् । उहाँलाई लेबनानीहरूले धेरै बर्षदेखिको लोकप्रिय रेडियो कार्यक्रम प्रस्तोताका रूपमा सम्झेका छन् ।


Related posts

Leave a Comment