छाउगोठमा आगलागी हुँदा दुई छोरासहित आमाको मृत्यु(भिडियोसहित)


छाउगोठमा भएको आगलागीमा दुई छोरासहित आमाको मृत्यु भएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउपानीमा मंगलवार राति भएको आगलागीमा परी ३५ वर्षीया अम्बा बोहरा र उनका छोराहरु ९ वर्षीय सुरेश र ७ वर्षीय रमितको मृत्यु भएको हो । ‘मृतकको कपडा मात्रै जलेको पाइएकोले आगलागीबाट निसासियर उनीहरको मृत्यु भएको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । बिहान अबेरसम्म बाहिर नआएपछि सोधिखोजी गर्ने क्रममा गोठभित्र हेर्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए । घरभन्दा १ सय मिटर टाढा रहेको छाउगोठमा महिनावारी भएको ४ दिनदेखि आमा छोराहरू सुत्दै आएका थिए ।

फोटो/भिडियोः जनक थापा

 


Related posts

Leave a Comment