अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ


अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । लम्कि चुहा नगरपालिका १ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन्। कैलालीको भजनी नगरपालिकाको कुसुम घाटबाट उनलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । जैसीले से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गर्दा पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताए। उनको साथबाट बरामद गरिएको रकम ३० लाख भएको प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।
एद्पी इलाका प्रहरी कार्यालय टिकापुरले भने पैसा गन्ने काम नसकिएको जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीमा ठुलो परिणाममा भारतीय रुपैयाँ बरामद


Related posts

Leave a Comment